आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु

साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु

आर्थिक, समाचार
काठमाडौं – करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ । विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ । दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक...
लकडाउनले ब्यबसायमा मार परेको भन्दै नाई संघले बढायो कपाल काटेको रेट

लकडाउनले ब्यबसायमा मार परेको भन्दै नाई संघले बढायो कपाल काटेको रेट

आर्थिक, समाचार
काठमाडौं- नेपाल नाइ संघले काठमाडौं उपत्यकामा अब कपाल काटेको नयाँ रेट तोकेको छ। संघले लकडाउनले आफ्नो व्‍यवसाय मारमा परेको भन्‍दै कपाल काटेको नयाँ रेट कायम गरेको जिल्ला अध्‍यक्ष राजेश ठाकुरले जानकारी दिए। उनले भने, ‘अब कपाल काटेको १५० र दारी काटेको एकसय देखि २ सय रुपैयाँ तोकेका छौँ।’ उनका अनुसार लकडाउनपछि बजारमा कपालमा लगाउने सामग्रीको मूल्‍य बढेकाले कपाल, दाह्रीलगायतको मूल्‍यमा वृद्धि गर्नु परेको हो। यस्तै उनले संघले जारी गरेको विज्ञप्ति अनुसार नै उपत्‍यकाभरि यही रेट लागू हुने समेत बताए। उनले भने, ‘असार १७ देखि नाइ संघले तोकेको रेटमा उपत्यकाका सैलुनमा यही रेट कायम हुन्छ। यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।’ नाइ संघको विज्ञप्ति अनुसार अब कपाल डिजाइनिङ कटिङ गरेको (नेटबाट)३५० देखि ५ सय, दाढी डिजाइनिङ गरेको २५० देखि ३ सय, टाउको मसाज गरेको २५०, सैम्पू ...
आज ११ अन्तर्राष्ट्रिय उडान, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

आज ११ अन्तर्राष्ट्रिय उडान, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

आर्थिक, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ । सोही एयरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन आज राति दोहा र आबुधाबी प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ । त्यसैगरी कतार एयरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ । भोलि आइतबार पनि नौ अन्...
भोलिबाट यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने

भोलिबाट यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने

आर्थिक, समाचार
काठमाडौं, २० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ । सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ । उपत्यकाका ट...
शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ उडान अवतरण

शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ उडान अवतरण

आर्थिक, समाचार
काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुल ११ उडान-अवतरण सम्पन्न भए । कोरोना भाइरसको संक्रमणपछि विदेशमा अलपत्र नेपालीलाई घर फर्काउने अभियान अहिले जारी छ । यस क्रममा शुक्रबार विभिन्न ६ गन्तब्यबाट जहाज आएका छन् । यी जहाजले कुल ९१८ जना यात्रुलाई नेपाल ल्याएका छन् । नेपालबाट भने कुल २ सय ५५ जना व्यक्ति विदेश गएका छन् । शुक्रबार २ वटा शवसमेत नेपाल ल्याइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले दोहाबाट १४५ यात्रु र २ वटा शवलाई नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले आवुधावीबाट १ सय ४२ जना यात्रुलाई नेपाल भित्राएको छ । नेपाल एयरलाइन्सले दुवईबाट १ सय ४७ जना यात्रुलाई नेपाल ल्याएको छ । दुबईमा एक यात्रु गएका छन् । मालिन्दो एयरले मलेसियाबाट १ सय ७६ जनालाई नेपाल ल्याएको छ । कतार एयरवेजले दोहाबाट १४१ जना यात्रुलाई नेपाल ल्याएको छ । यो जहाजले...
टुटल–पठाओ सञ्चालनमा आए कारबाही गर्छौं : ट्राफिक प्रहरी

टुटल–पठाओ सञ्चालनमा आए कारबाही गर्छौं : ट्राफिक प्रहरी

आर्थिक, समाचार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने चेतावनी दिएको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न सिसिएमसीले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन पाउने निर्देशन दिएकोले टुटल–पठाओले सेवा दिन नपाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए। ‘अहिले पनि बिरामी बोकेको र अत्यावश्यक कामको लागि दुई जना सवार मोटरसाइकलबाहेक अरूलाई कारबाही गरिरहेका छौं। अहिलेको अवस्थामा टुटल–पठाओले यसरी सेवा सञ्चालन गर्न पाउँदैन,’ ढकालले भने। पठाओ के भन्छ ?अत्यावश्यक व्यक्तिलाई मात्र सेवा दिन सुरू गर्न लागिएको पठाओका क्षेत्रीय निर्देशक अशिम मान सिंह बस्न्यातले जानकारी दिए। ‘हामीसँग ६० हजार राइडर भए पनि अहिलेसम्म १ सय १२ जानलाई मात्र अनुमति दिएका छौं। हामीले त्यस्तै अत्यावश्यक परेकालाई सेवा दिनलाई राइड सुरू गरेका...
समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु

समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु

आर्थिक, समाचार
आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ । बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले समयमै कर बुझाए वा नबुझाएको अध्ययन गरिने भएको हो । हामीलाई उद्योग–व्यवसाय सञ्चालन छन् वा छैनन् भन्ने कुरा सबैले जानकारी दिइरहनुपर्ने छैन, आन्तरिक राजस्व कार्यालय मोरङका प्रमुख कर अधिकृत विमल सापकोटाले भने, “तर सम्बन्धित निकायमा जानकारी दिएर सञ्चालनमा भए÷नभएको हामीले हेर्नुपर्ने हुन्छ । ” उनले सरकारले सञ्चालनका लागि तोकेका वा जिल्ला प्रशासन कार्यालयमा सञ्चालन जानकारी गराएका उद्योगको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए । मोरङका तीनवटा मदिरा उद्योगले आन्तरिक राजस्व कार्यालयमा जानकारी गराएर बन्द गरेका थिए । उनीहरूको नियमन गर्ने नि...
राजस्व छली गरेको अभियोगमा तीन कम्पनीविरूद्ध ४० करोड ७१ लाख बिगोसहित मुद्दा

राजस्व छली गरेको अभियोगमा तीन कम्पनीविरूद्ध ४० करोड ७१ लाख बिगोसहित मुद्दा

आर्थिक, समाचार
काठमाडौं। राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा तीन कम्पनीविरूद्ध मुद्दा चलाएको छ। उच्च अदालत पाटनमा आज दर्ता गरिएको मुद्दामा ती कम्पनीहरूबाट ४० करोड ७१ लाख रूपैयाँ बिगो कायम गरी उक्त रकम असुली, त्यसको दोब्बर जरिवाना र सञ्चालकलाई कैद सजायको मागदाबी गरिएको छ। राजस्व छलीको अभियोगमा मुद्दा दर्ता भएका कम्पनीमा काठमाडौं महानगरपालिका-५ का न्यू सागर प्लास्टिक कन्सर्न र सुप्रिम प्लास्टिक कन्सर्न तथा काठमाडौं महानगरपालिकाकै बिकोई/स्काई / बंगलामुखी जेभी रहेका छन्। विभागका अनुसार न्यू सागर प्लास्टिक कन्सर्नका सञ्चालकले नक्कली भ्याट बिल प्रयोग गरी २६ करोड ८२ लाख रूपैयाँ राजस्व छली गरेको पाइएको छ। यसैगरी सुप्रिम प्लास्टिक कन्सर्नका सञ्चालकले नक्कली भ्याट बिलमार्फत पाँच करोड ७७ लाख रूपैयाँ राजस्व छली गरेको विभागले जनाएको ...
तोलाको ९१ हजार ७०० रुपैयाँ पुग्यो

तोलाको ९१ हजार ७०० रुपैयाँ पुग्यो

आर्थिक, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो ।यसअघि सुनको मूल्य यतिधेरै कहिल्यै भएको थिएन । संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ। महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ९६० रुपैयाँमा कारोबार भएको हो ...
पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

आर्थिक, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ । ...