नेप्से ७.४२ अंकले ओरालो
असोज २८ काठमाडौं । शेयर बजार परिसुचक नेप्से ७.४२ अंकले ओरालो लागेको छ । बुधबार नेप्से सुचक १५ सय ६१ दशमलव १७ अंकको विन्दुमा बजार बन्द भएको छ ।यस्तै ‘क’ वर्ग का कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक पनि १.६६ अंकले ओरालो लाग्दै ३ सय ९ दशमलव ७५ अंकमा बजार बन्द भएको छ ।
०.४७ प्रतिशतले घटेको बजारमा होटल समुहको परिसुचक मात्र ०.१४ प्रतिशतले बढेको छ । बाँकि ११ समुहको परिसुचक सबैम ागिरावट देखिएको छ । जसमध्य विकासबैंक, फाइनेन्स र जलविद्युत समुहको परिसुचक १ प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ भने बाँकि सबै समुहको परिसुचक १ प्रतिशत भन्दा थोरैले ओरालो लागेका छन् ।
१३.६ प्रतिशत लाभांश धोषणा गरेको सानिमा बैंकको ७ करोड २५ लाख ४३ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शेयर संख्याका आधारमा नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको सर्वाधिक २ लाख ७७ हजार ४ सय ३१ कित्ता शेयर खरिदविक्र...









