नेपाल महिला चेम्बरको अनलाईन ट्रेडिङ्ग ईकमर्सको शुभारम्भ,महिला उद्यमीहरुबाट उत्पादित वस्तुको प्रवद्र्धनमा सकरात्मक पहल
चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षकोअवसरमा नेपाल महिला चेम्वरबाट सोचेको डटकमसंगको सहकार्यमा प्रारम्भ गरिएको अनलाइन ट्रेडिङ इ–कमर्स ) को नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समुद्घाटन गरेका छन् । अनलाइन ट्रेडिङ उद्घाटनका अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रलाइ समृद्ध बनाउन महिलाहरुलाइ घरायसी कार्यमा मात्र सिमित नराखी उद्यमशीलताको विकास गरी आर्थिक कृयाकलापमा संलग्न गराउन आवश्यक रहेको औल्याए ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत अनलाइन ट्रेडिङको माध्यमबाट महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न प्रेरणा मिल्ने बताउदै हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताए । त्यस अवसरमा नेपाल महिला चेम्वरबाट भएको सत्प्रयासका लागि महिला चेम्वर तथा सोचेको डटकमलाई धन्यबाद ज्ञापन गर्नु हुंदै यो नाफा कमाउने कार्य नभइ समाजसेवा पनि भए...









