आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

शेयर कारोबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो

शेयर कारोबार नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो

आर्थिक
असोज २५ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थ...
काठमाडौंमा कुखुराको मासु तीन वर्षयताकै सस्तो

काठमाडौंमा कुखुराको मासु तीन वर्षयताकै सस्तो

आर्थिक
असोज २५ काठमाडौं । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । ‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन,’ संघका प्रथम उपध्यक्ष श्रय ढकालले भने ।यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको ढकालले बताए । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए । खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्...
राष्ट्र बैंकले दशैंमा नयाँ नोट नसाट्ने

राष्ट्र बैंकले दशैंमा नयाँ नोट नसाट्ने

आर्थिक
असोज २५ काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ।कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने राष्ट्र बैंकले जनाएको छ।खासगरी दशैं र तिहारका लागि मात्र लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएको छ। यसपटक सो सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा पनि सटही सुविधा दिँदै आएको छ । ...
महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्या अनलाईन व्यापारबाट टेवा पुग्ने :उर्मिला श्रेष्ठ, अध्यक्ष महिला चेम्बर

महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्या अनलाईन व्यापारबाट टेवा पुग्ने :उर्मिला श्रेष्ठ, अध्यक्ष महिला चेम्बर

आर्थिक, समाचार
काठमाडौं, २५ आश्विन- नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो । देशैभर छरिएर रहेका नेपाल महिला चेम्बरका शाखा संजाल सम्बद्ध करिब ४० महिला उद्यमीहरुको सहभागीता माझ सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले अनलाईन व्यापारको प्राविधक र व्यवहारिक पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिने क्रममा लोहनीले अनलाईन व्यापार गर्दा सामानको सहि सुचना आवश्यक रहने, सामाग्री गुणस्तरयुक्त र भरपर्दो मुल्यको हुनुपर्ने, अफर बनाउदा केही नयाँपन दिने, शिप र उत्पादन विकासमा ध्यान दिने, उपयुक्त फोटोको प्रयोग गर्ने जस्ता कार्यहरु गर्नुपर्ने जनाएका थिए । लोहनीले मोबाईल एप र वेब साईट मार्फत भरपर्दो रुपमा अनलाईन व्यापार गर्न सकिने बताउदै सोचेको डटकमले...
मासुको मूल्य तीन वर्ष यताकै सस्तो,प्रतिकिलो २०५

मासुको मूल्य तीन वर्ष यताकै सस्तो,प्रतिकिलो २०५

आर्थिक, समाचार
 कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । ‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन,’ संघका प्रथम उपध्यक्ष श्रय ढकालले भने । यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको ढकालले बताए । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए । खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम्...
‘कोभिड १९ को संक्रमित बढ्दै जाँदा फेरि लकडाउन हुने डरले पनि बुकिङ नगरेको हुनसक्छ।’

‘कोभिड १९ को संक्रमित बढ्दै जाँदा फेरि लकडाउन हुने डरले पनि बुकिङ नगरेको हुनसक्छ।’

आर्थिक, समाचार
सामान्य अवस्थाभन्दा करिब ५० प्रतिशत मात्रै उडान हुँदा पनि दशैँलक्षित प्रि–बुकिङ हुन नसकेको हो। हवाइ व्यवसायीले ६ महिना बन्द रहेको आन्तरिक उडान दशैँको समयमा रौनक आउने विश्वास गरे पनि प्रि–बुकिङ हुनसकेको छैन। हाल करिब ५० प्रतिशत मात्रै उडान हुँदा पनि फुल अकुपेन्सी हुनै गाह्रो रहेको व्यवसायी बताउँछन्। पछिल्लो समय कोभिड–१९ का संक्रमित बढ्दै जाँदा मानिसहरुले यात्रा गर्न अनिच्छा देखाएका छन्। अत्यावश्यक मानिस मात्रै बाहिर जाँदा हवाइ कम्पनीलाई यात्रु पाउन मुस्किल रहेको छ। सरकारले दशैँ तिहारमा सकेसम्म जुन ठाउँमा छौँ, त्यही बस्न आग्रह गरेको छ। हरेक दशैँमा उपत्यका छाडेर जाने लाखौं भए पनि यो वर्ष धेरै नजाने व्यवसायीको आँकलन रहेको छ। ‘सरकारले दशैँमा सकेसम्म बाहिर नजानु। जहाँ छौँ, त्यही भर्चुअल माध्यमबाट आशीर्वाद लिनु भनेको छ’, यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले...
भ्याली होम्सको ‘टेरेस्स व्यबस्थापन समिति’को साधारण सभाबाट नयां कार्य समिती चयन, अध्यक्षमा ओमदेवी सचिवमा रिन्कु श्रेष्ठ

भ्याली होम्सको ‘टेरेस्स व्यबस्थापन समिति’को साधारण सभाबाट नयां कार्य समिती चयन, अध्यक्षमा ओमदेवी सचिवमा रिन्कु श्रेष्ठ

आर्थिक, समाचार, समाज
ललितपुरको सुनाकोठी स्थित भ्याली होम्सद्वारा निर्माण गरिएको आवास क्षेत्रमा रहेका घरधनीहरुको हक हित र सुरक्षाका लागी गठन गरिएको 'द टेरेसेस व्यबस्थापन समिति'को पांचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २४ गते सम्पन्न उक्त साधारण सभामा सरकारले तोकेको कोभिड १९ को सुरक्षा मापदण्ड अनुसार विभिन्न सूरक्षाका उपायहरु अवलम्वन गर्दै ४० जना सदस्यहरुको उपस्थितीमा साधारण सभा समापन गरिएको जानकारी समितिमा सोही साधारण सभाबाट चयन हुनुभएकी सचिब रिन्कु बज्राचार्य श्रेष्ठले जानकारी दिनुभयो । ५४ जना सदस्य रहेको उक्त समितिमा उपस्थित ४० सदस्यहरुको उपस्थितीले नयां कार्यकाल का लागी पदाधिकारीहरु चयन गरेको थियो । जस अनुसार ओम देबी मल्ल अध्यक्ष, नबिन ज्योती तुलाधर उपाध्यक्ष रिन्कु बज्राचार्य श्रेष्ठ सचिब तथा गगन प्रधान कोषाध्यक्षमा चयन हुनु भएको छ । सोही कोलोनीमा रहनुभएका वरिष्ठ एवं प्रख्यात कलाकार मदन कृष्ण श्रेष्ठल...
कोरोना महामारीले नगद रित्तियो, ऋणले चुलुम्म डुब्ने अवस्थामा पुग्यो सरकार

कोरोना महामारीले नगद रित्तियो, ऋणले चुलुम्म डुब्ने अवस्थामा पुग्यो सरकार

आर्थिक
असोज २५ काठमाडौं । कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ। गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो। भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो। तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भए पछि सरकारको नगद पुरै रित्तिएको हो। असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३ करोड हुन पुगेको छ। आर्थिक वर्षका १२ महिनामध्ये सबैभन्दा बढी चालु खर्च हुने असोजमा हो। निजामती, शिक्षक, सुरक्षाकर्मीलगायतका सबै कर्मचारी र पेन्सन पाउने पूर्व कर्मचारीलाई असोजमा दुई महिना बराबरको तलब सुविधा दिनुपर्छ। यस्तै सामाजिक सुरक्षा भ...
वागमती प्रदेश सरकारले युवा उद्यमीलाई १० लाखम्म ऋण दिने

वागमती प्रदेश सरकारले युवा उद्यमीलाई १० लाखम्म ऋण दिने

आर्थिक
असोज २४ काठमाडौं । वाग्मती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रमअन्तर्गत तीन अर्ब बजेट विनियोजन गरेको छ। जसअनुसार विभिन्न व्यावसायिक क्षेत्रका लागि एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा पाँच वर्षको लागि वार्षिक तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाखदेखि अधिकतम दश लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख घनश्याम पन्थीले जानकारी दिए। कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, म...
डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण

डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण

आर्थिक
असोज २४ काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ। शुक्रबार केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालक गरेको डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण गरेको हो। अब सरकारलाई बुझाउने दर अनुसार प्रति कारोबार ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म लाग्ने छ। त्यस्तै राष्ट्र बैंकले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ। त्यसपछि भने शुल्क लाग्नेछ। नयाँ व्यवस्था अनुसार एक हजार रुपैयाँसम्मको कारोबार निशुल्क हुनेछ भने त्यसपछि एक हजारदेखि ३ हजारसम्मको कारोबारमा प्रति कारोबार पाँच रुपैयाँ, ३ देखि १० हजार रुपैयाँ सम्मको कारोबारमा प्रति कारोबार १० रुपैयाँ र दश हजारदेखि माथिको कारोबारमा प्रति कारोबार ३० रुपैयाँ तिर्नुपर्ने छ। वालेटको माध्यमबाट गरिने फन्ड...