आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

हवाई नाका थप्ने विषय निष्कर्षमा पुर्याउन छलफल

हवाई नाका थप्ने विषय निष्कर्षमा पुर्याउन छलफल

आर्थिक
असोज २४ काठमाडौं । लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै नेपालगञ्ज र महेन्द्रनगरबाट पनि उडान अनुमतिका लागि गरिएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउने छलफल भएको हो । नेपाल र भारतबीच २०७५ असार २ गते नेपाललाई थप चारवटा हवाई रुट दिने विषयमा सहमतिमा औपचारिक हस्ताक्षर भएको थियो । सहमतिअनुसार महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट समेत भारतीय आकाश हुँदै नेपाल उडान अनुमति प्रदान गरिने उल्लेख गरिएको थियो । हाल तेस्रो देशबाट नेपाल उडान गर्ने जहाजले भारतीय आकाश प्रयोग गरेर सिमरा नाका हुँदै प्रवेश गर्छन् । नेपालबाट भारततर्फ उडानका लागि महेन्द्रनगर, भैरहवा नाकाको प...
दसैं अफर ३ लाख पर्ने मोटरसाइकल अब १.५ लाखमै : यी हुन् २ लाख पनि नपर्ने मोटरसाइकलहरु

दसैं अफर ३ लाख पर्ने मोटरसाइकल अब १.५ लाखमै : यी हुन् २ लाख पनि नपर्ने मोटरसाइकलहरु

आर्थिक
असोज २४ ललितपुर – ललितपुरको हरिसिद्धि बस्दै आउनुभएका रमेश न्यौपानेले गत साता मोटरसाइकल किन्नुभयो । सातदोबाटोमा कस्मेटिक्स पसल रहेका उहाँ पहिले दैनिक सार्वजनिक यातायातमा आउने जाने गर्नुभएको थियो । अहिले को,रो,नाका त्रासका कारण आफ्नै साधनमा हिँड्ने उहाँको सोच छ । सामान्य अवस्थाभन्दा पनि विपद्का समयमा आफ्नो सवारीसाधन नहुँदा समस्या हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “समस्या भएकैले अहिले नै किनेर सिक्दै छु ।” को,भिड–१९ त्रा,सका कारण सरकारले गरेको बन्दाबन्दीमा उहाँ घरमै बस्नुभयो र मोटरसाइकल सिक्नुभयो । सरकारले असार १ देखि निजी सवारीसाधन खुलाए पनि त्यतिबेला आफूसँग सवारीसाधन नभएकै कारण उहाँ पसल खोल्न सक्नुभएको थियो । त्यसपछि कति दिन हिँडेरै गएको उहाँले बताउनुभयो । दैनिक पाँच किमी हिँडेर जाने र आउने गर्दा गाह्रो भएको उहाँले बताउनुभयो । अहिले उहाँ सार्वजनिक बसबाटै आवतजावत गर्नुहुन्छ । अहि...
दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा

दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा

आर्थिक, समाचार
काठमाडौँ-दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ।यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको सङ्घले जनाएको छ । देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ। “बन्दाबन्दी अगाडि दानामा...
वर्डलिंक र फेसबुकबीच सहकार्यको घोषणाः ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने

वर्डलिंक र फेसबुकबीच सहकार्यको घोषणाः ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने

आर्थिक
असोज २३ काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ड लिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रम मार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् । उक्त सेवा बिहिबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वर्ड लिंकले जनाएको छ । तर उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ । वर्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ  र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ । यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वर्ड लिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ । ...
हिरोले ल्यायो नयाँ स्कुटर

हिरोले ल्यायो नयाँ स्कुटर

आर्थिक
असोज २२ काठमाडौं । हिरो मोटोकर्पले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ‘मेस्ट्रो एज १२५’ नयाँ अप्सन सार्वजनिक गरेको हो।यसलाई कम्पनीले ‘मेस्ट्रो एज १२५ स्टिल्थ’ नाम दिएको छ। नवभारत टाइम्सका अनुसार यो स्कुटरको इन्जिन क्षमता १२५ सिसी छ। यो स्कुटरको फ्यूल एन्जेक्टेड भेरियन्टले ७ हजार आपिएममा ९.२ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै कार्वोरेटर भेरियन्टको स्कुटरले ६ हजार ७ सय ५० आरपिएममा ८.८३ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क जेनेरेट गर्छ।यसमा रहेको स्टार्ट स्टप टेक्नोलोजिले (हिरो आई३एस)ले माइलेज धेरै दिने कम्पनीको दावी छ। यसको सिटमुनी युएसपोर्ट दिइएको छ। जसले गर्दा यात्राको समयमा मोवाइल चार्ज गर्न सकिन्छ। यसको अगाडिको चक्का १२ इन्च र पछाडिको १० इन्चको छ। यो ४ वटा रङ्गमा उपलब्ध छ। कम्पनीले भारतमा यसको मूल्य ७२ हजार ९ सय ५० रुपैयाँ निर्धार...
नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक आज दोहोरो अङ्कले घट्यो

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ। लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ। बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.६५ ले घटेर ३१४.७४ मा झरेको छ। कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर रु दुई अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए। कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ। वित्त ३१.७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ। यस्तै बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०ं९९, जलविद्युत् ४४.५७, निर्जिवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ। कारोवार...
नयाँ बसपार्क पनि अनलाइन टिकटमा

नयाँ बसपार्क पनि अनलाइन टिकटमा

आर्थिक
असोज २२ काठमाडौं । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौँको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो । यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ । बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ । आफ्नो गन्तव्य र रुट अनुसारक...
नेपाल महिला चेम्बर र सोचेको डटकम बीच ई कमर्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

नेपाल महिला चेम्बर र सोचेको डटकम बीच ई कमर्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर

आर्थिक, समाचार
नेपाल महिला चेम्बर र सोचेको डट कम बीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ । ई कमर्सको माध्यमद्धारा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बजारिकरण गर्न गराउन तथा ब्यापार अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेपाल महिला चेम्बरको तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठ र सोचेको डट कमका तर्फबाट प्रवन्ध निर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौता पस्चात आफनो धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यम उपयोगी हुने विश्वास व्यक्त गर्दै एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रि वितरण गर्न लागिएको जनाईन् । साथै, उनले कोभिड–१९ बाट श्रृजित समस्याबाट ब्यापारीक क्षेत्रमा देखिएको शिथिलतालाई हल गर्दै अर्थ...
आजबाट डिभी खुला

आजबाट डिभी खुला

अन्तराष्ट्रिय, आर्थिक, समाचार
सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुल्दै छ। नेपाली समयानुसार आज राति ९ः४५ बजेबाट डिभीका लागि आवेदन खुल्ने छ। आज रातिबाट खुलेर कार्तिक २५ गते नेपालमा स्थानीय समयानुसार रातको १०:४५ बजेबाट बन्द हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। त्यस्तै, आवेदन भर्दा कन्सल्टेण्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ। आवेदन खुलेपछि कसरी नि:शुल्क आँफैंले आवेदन दिने त? – आवेदन निशुल्क : डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन। – कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी स...
रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढे

रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढे

आर्थिक, समाचार
रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ। आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेका छन्। नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए। कोभिड – १९ उत्पत्ति भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म रू ५० करोड राजश्व असूल भएको जनाइएको छ। परीक्षणका लागि दैनिक आठ÷दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ। सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र रसुवागढीबाट टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ। कोभिड –१९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै ब...