आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

यतीएयरलाइन्सले आजदेखि दुई हजार भाडादरमा सिमरा उडान शुरु गर्दै

यतीएयरलाइन्सले आजदेखि दुई हजार भाडादरमा सिमरा उडान शुरु गर्दै

आर्थिक, समाचार
 निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ। कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो। यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्राे गन्तव्य हो। एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए। उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ। दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ । “अब सिमरा नियमितरुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ। उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ”, प्रवक्ता बर्तौलाले भने। आज पहिलो दिन काठमाडौँ–सिमरा...
आज सुनको मूल्य बढ्यो,

आज सुनको मूल्य बढ्यो,

आर्थिक, समाचार
 नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा कारोबार भएको आज तोलामा ८ सयले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ सय निर्धारण गरिएको छ ।  त्यस्तै, चाँदी प्रतिशत तोला १ हजार २ सय रुपैयाँ रहेको छ ।     ...
सरकारले विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म अन्तःशुल्क घटायो

सरकारले विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म अन्तःशुल्क घटायो

आर्थिक, समाचार
सरकारले विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म अन्तःशुल्क घटाएको छ । सरकारले  ५० किलोवाटदेखि ३०० सय किलोवाटसम्मको विद्युतीय सवारी साधनमा कर घटाएको हो । गत बिहीबार असोज १५ गते बसेको मन्त्री परिषद्को बैठकले घटाएको अन्तःशुल्क हेर्दा कम किलोवाट क्षमता भएका गाडीमा बढी र बढी क्षमता भएको कार, जीप तथा भ्यानमा कम कर घटाएको देखिएको छ ।  राजस्व सचिव रामशरण पुडासैनी द्वारा हस्ताक्षरित राजपत्रमा उल्लेख गरे बमोजिम सरकारले ५० किलोवाट देखि १०० किलोवाटसम्मको विद्युतीय सवारी साधनमा ८० प्रतिशतले अन्तःशुल्कमा लाग्दै आएको कर घटाएर ६ प्रतिशतसम्म झारेको छ  ।यस अघि  अर्थात चालु आर्थिक वर्षको आर्थिक ऐनले १०० वाटसम्म कार, जीप तथा भ्यानमा ३० प्रतिशत अन्तःशुल्क लगाएको थियो ।  उक्त क्षमताको विद्युतीय सवारी साधनमा अब ६ प्रसिशतमात्रै अन्तःशुल्क लाग्ने भएको छ ।  अर्थात यदि कुनै ग्राहकल...
दशैँको लागि नयाँ नोट अब आफ्नै खाता रहेको बैंकबाट पाइन्छ

दशैँको लागि नयाँ नोट अब आफ्नै खाता रहेको बैंकबाट पाइन्छ

आर्थिक, समाचार
अब दशैँका लागि नयाँ नोट चाहिए नेपाल राष्ट्र बैंकमै लाइन लाग्नुपर्ने झण्झट हट्ने भएको छ। राष्ट्र बैंकले आफ्नै खाता रहेको बैंकबाट नयाँ नोट पाइने व्यवस्था मिलाउने भएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आफ्नो खाता भएको बैंकमा गएर नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए। उनले भने, ‘कारोना संक्रमणको कारणले नयाँ नोट वितरण गर्ने वा नगर्ने विषमा छलफल हुँदा बैंक मार्फत विरतण गर्दा सबै भन्दा उचित देखिएकोले यो व्यवस्था मिलाउन लागिएको हो।’ दशैँको लागि राष्ट्र बैंकले नै ५ , १०, २०, ५० र १०० दरको नोट सटही वितरण गर्ने चलन छ। तर यो वर्ष भने कोरोना संक्रमणको नेपाल राष्ट्र बैंक आफैँले नयाँ नोट वितरण गर्ने भएको छ। नयाँ नोट सटहीको व्यवस्था अब बैंकहरुले गर्ने भएका छन्। बैंकहरुले निश्चित रकम सटहीको व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ। गतवर्ष राष्ट्...
सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित

सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित

आर्थिक, समाचार
दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन । सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उपत्यका मात्रै नभएर देशका प्रमुख सहरहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आएका छन । बजारमा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य बस्तु किन्न पाउँदा उपभोक्ता हर्षित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सहकार्य गरेर सुपथ पसल सञ्चालन गरिरहेका छन् । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री विक्रि वितरण भइरहेका छन् । पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरिएको छ । बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु ...
सरकारले १० अर्वको विकास ऋणपत्र जारी गर्दै

सरकारले १० अर्वको विकास ऋणपत्र जारी गर्दै

आर्थिक, समाचार
सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ७ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो। २०७७ असोज २१ गते जारी हुने ऋणपत्र २०८४ असोज २१ गते परिपक्व हुनेछ। यसमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै सर्वसाधारणले समेत खरिद गर्न पाउँछन्। ऋणपत्र खरिद गर्न चाहनेहरुले असोज २० गते ३ बजेसम्ममा अनलाइनमार्फत बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ। ऋणपत्रको ब्याज दर भने बोल कबोलको माध्यमबाट निर्धारण हुने व्यवस्था छ। ऋणपत्र मध्ये प्रतिस्पर्धी बोलकवलकर्तालाई कुल निश्कासनको ८५ प्रतिशत अर्थात ८.५ अर्व र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात् १.५ अर्व छुट्ट्याइएको छ । प्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्ध...
प्राकृतिक विपद्बाट घरवारविहीनलाई पुनस्र्थापना गरिने

प्राकृतिक विपद्बाट घरवारविहीनलाई पुनस्र्थापना गरिने

आर्थिक, समाचार
नेपालमा बाढी, पहिरोलगायतका प्राकृतिक विपद्बाट घरवारविहीनलाई पुनस्र्थापित गर्न विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान वितरण कार्यविधि २०७७ ल्याइने भएको छ ।विपद्बाट क्षतिग्रस्त भएका निजी आवासलाई पुनर्निर्माण गर्न र बस्ती अर्को कुनै स्थानमा स्थानान्तरण गर्नका लागि यस कार्यविधिमार्फत सरकारले काम अगाडि बढाउने भएको छ । भएको घरजग्गा बगेर वा पुरिएर विकल्पविहीन भएको अवस्थामा तत्काल घर बनाउन सरकारले सहयोग गर्ने छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको यही मङ्गलबार बस्ने कार्यकारी समितिबाट यो कार्यविधि पारित हुँदैछ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बस्ने बैठकले कार्यविधि गरेलगत्तै यसलाई कार्यान्वयनमा लगिने प्राधिकरणले जनाएको छ ।कार्यविधि अनुसार प्राकृतिक विपत्तिमा परेर घरबास गुमाएर त्रिपाल र खुला आकाशमुनि बसेकालाई तत्काल बासका लागि राहतस्वरूप केही...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आज तोलामा २ सयले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार  निर्धारण गरिएको छ ।      त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ । ...
विद्युतीय गाडीको कर घट्यो

विद्युतीय गाडीको कर घट्यो

आर्थिक
असोज १६ काठमाडौं । चालू आर्थिक वर्षकाे बजेटमार्फत सरकारले बढाएको विद्युतीय गाडीको कर घटेको छ। आयात गर्दा लाग्ने अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याएकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो। त्यसको कानुनी प्रावधान मिलाउन राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताए। जसमा विद्युतीय गाडीमा करको महसुल दर पनि पर्छ। मन्त्रिपरिषले मुनाफारहित सार्वजनिक संस्थान, सामुदायिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थालाई ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा कर घटाउन वा बढाउन अर्थमन्त्रालयले सक्ने गरी राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ। ...

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने युवाको माग जायज:डा. डीआर उपाध्याय

आर्थिक, समाचार
नेपाल विद्युत् प्राधिकरणमा कुलमान कै खाँचो छ अहिले सरकारका कमीकमजोरीलाई जनताले खबरदारी गरिरहेका छन् । सरकारका कामकारवाही प्रति आम नागरिकको तीव्र असन्तुष्टि छ । तर, सरकारले त्यस्ता असन्तुष्टिबारे खासै चासो देखाएको छैन । अझै समाजमा गरिबी, अभाव, विभेद कायम छ । जनताले सुरुवाती दिनमा यो सरकारबाट जुन किसिमको आशा गरेका थिए । त्यस अनुसार काम हुन नसक्दा आम नागरिक निराश छन । बर्तमान सरकारले आफूले प्रतिवद्धता जनाए बमोजिम देशलाई विकास र सुशासन दिन सकेन । यो नै आम नागरिकको गुनासो हो । सरकारले जनताको पक्षमा राम्रो काम गरेर देखाउने समय हो यो । तर सत्तारुढ दल र उसको नेतृत्वमा बनेको सरकार कता कता अल्झिरहेको छ । यति बेला कोरोना भाईरसका कारण धेरै क्षेत्र समस्याग्रस्त छन् ।समस्याग्रस्त क्षेत्रहरु माथि उठन धेरै समय लाग्ने देखिन्छ । बर्तमान सरकारले जनतालाई अभिभावकत्व दिन सकेको छैन । आम नागरिकको अभिभावकत्व न...