आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

मूल्य घट्यो डिजेल र मट्टितेलको

मूल्य घट्यो डिजेल र मट्टितेलको

आर्थिक
असोज १५ काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट केही मूल्य घटेर आएकाले समायोजन गरिएको जनाएको छ । निगमका अनुसार डिजेल र मट्टितेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने छ । दुवैको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ।पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। निगमका अनुसार रतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ । ...
नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

आर्थिक
असोज १५ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर रु दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् २४.७६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बीमा १५७.३३ बिन्दुले उकालो लाग्यो । कारोवारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको ...
उदयपुर सिमेन्टमा प्रदेश १ सरकारले लगानी गर्ने प्रस्ताव

उदयपुर सिमेन्टमा प्रदेश १ सरकारले लगानी गर्ने प्रस्ताव

आर्थिक, समाचार
संघीय सरकार मातहतको उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने प्रस्ताव गरेको छ। प्रदेश १ सरकारले उद्योगको क्षमता विस्तारसहित सेयर लगानी गर्ने प्रस्ताव गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको एक संस्थानको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगले गैँडा छाप ब्राण्डमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल घाटामा रहेको यो उद्योगको क्षमता विस्तारका लागि प्रदेश १ सरकारले चासो देखाएको हो। प्रदेश १ सरकारले अहिले ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएकोमा आफ्नै क्लिङ्कर उत्पादन गर्न सक्ने क्षमता विस्तारसहित लगानीको प्रस्ताव उद्योग मन्त्रालयमा पठाएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार प्रदेश १ सरकारले लगानीको प्रस्ताव मन्त्रालयसमक्ष गरिसकेको छ। तर लगानी स्वीकार गर्ने वा नगर्नेे निर्णय भने भएको छैन। ‘सरकारको चालू आर्थिक वर्षको नीति तथ...
भरतपुर विमानस्थलमा यात्रु बढेपछि दैनिक पाँच उडान

भरतपुर विमानस्थलमा यात्रु बढेपछि दैनिक पाँच उडान

आर्थिक, समाचार
 भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताए । उनले भने, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ ।” यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ । भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान शुरु भएको थियो । शुरुमा दैनिक चार उडान भएको थियो । “यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो”, कुँवरले भने, “अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ ।” बुद्धएयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताए । “जहाजमा यात्रुको सङ्ख्या भरिभराउ नै छ”, उनल...
झापामा खुल्यो प्रदेशकै पहिलो पाँचतारे होटल

झापामा खुल्यो प्रदेशकै पहिलो पाँचतारे होटल

आर्थिक, समाचार
झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ। बङ्गलादेश, भुटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर-८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन्। होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं. १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए। चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा  एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिए। होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ। होटलमा...
नयाँ रेकर्ड राख्दै फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

नयाँ रेकर्ड राख्दै फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

आर्थिक
असोज १४ काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५ सय रुपैयाले बढेको हो ।मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९४ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । ...
आज पुन ओरालो लागेको  शेयर बजार

आज पुन ओरालो लागेको शेयर बजार

आर्थिक, समाचार
 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मंगलबार) पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने ९ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ । कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु...
शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

आर्थिक
असोज १३ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ । कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको र...
आज मंगलबार सुनको मूल्य वृद्धि

आज मंगलबार सुनको मूल्य वृद्धि

आर्थिक
असोज १३ काठमाडौं । आज मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ । महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० र तेजाबी सुनको मूल्य रु ९२ हजार ८०० पुगेको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ । ...
गभर्नर अधिकारीको कोभिडको प्रभावबाट वित्तीय क्षेत्रलाई जोगाउनु मुख्य प्राथमिकता

गभर्नर अधिकारीको कोभिडको प्रभावबाट वित्तीय क्षेत्रलाई जोगाउनु मुख्य प्राथमिकता

आर्थिक, समाचार
 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्रलाई जोगाउनु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । बाणिज्य बैंकका अध्यक्षहरुसँग मंगलबार भर्चुअल मिटिङमा बोल्दै गभर्नर अधिकारीले पहिलो प्राथमिकता कोभिड १९ को असरबाट बाहिर आउनु र दोस्रो प्राथमिकता मर्जर रहेको जानकारी दिए । ‘अहिले तत्कालको प्राथमिकता भनेको कोभिडको असरबाट वित्तीय क्षेत्रलाई जोगाउनु हो’ उनले भने, ‘त्यसपछि मात्र मर्जरको विषयलाई प्राथमिकता दिनुपर्छ ।’ गभर्नर अधिकारीले कोभिडको असरबाट वित्तीय क्षेत्रलाई जोगाउन विभिन्न उपाय अपनाइएको समेत जानकारी दिए । उनले नगद लाभांस वितरणमा कडाइ गरेर बैंक तथा वित्तिय संस्थालाई समस्यामा पर्नबाट जोगाएको दावी गरे । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजभन्दा बढी नगद लाभांश बाँड्न नपाउने ब्यवस्था गरेको छ । यसै...