आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

(नेप्से) परिसूचक आज  दोहोरो अंकले  बढ्यो

(नेप्से) परिसूचक आज दोहोरो अंकले बढ्यो

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४९ अंकले बढेर १ हजार ६ सय ४८ दशमलव ५८ विन्दुमा कायम भएको छ ।  नेप्सेका अनुसार आज ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ को कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य सबैमा हरियाली छाएको छ ।  आइतबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । ...
क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाको २ करोड आर्थिक सहयोग

क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाको २ करोड आर्थिक सहयोग

आर्थिक
कात्तिक २२ काठमाडौं । भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप २ करोड आर्थिक सहयोग प्रदान गरेको छ ।महानगरले शुक्रवार धुर्मुस सुन्तली फाउन्डेसनलाई थप २ करोड आर्थिक सहयोग प्रदान गरेको हो । महानगरका प्रमुख रेणु दाहालले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आर्थिक रकम हस्तान्तरण गरिन् ।यस अघि पनि महानगरले रंगशालालाई २ करोड सहयोग गरिसकेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । हालसम्म रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत सकिएको छ । ...
चिनियाँ बैंकसँग नेपाली बैंकले जिते मुद्दा , डेढ अर्ब रुपैयाँ फिर्ता आउने

चिनियाँ बैंकसँग नेपाली बैंकले जिते मुद्दा , डेढ अर्ब रुपैयाँ फिर्ता आउने

आर्थिक
कात्तिक २२ काठमाडौं । चिनियाँ बैंक, ठेकेदार कम्पनी र चीनियाँ अदालतको लामो चक्करपछि नेपालका हिमालयन बैंक र बैंक अफ काठमान्डुले मुद्दा जितेका छन् । मुद्दा जितेसँगै उनीहरुको डेढ अर्व रुपैयाँ बराबरको रकम फिर्ता आउने भएको छ। ८ बर्षअघि मेलम्ची खानेपानी आयोजनाको जमानतको रकम फिर्ता सम्बन्धी चीनमा चलेको मुद्दा दुवै बैंकले जितेपछि उनीहरुको रकम फिर्ता आउने भएको हो। यद्यपी विपक्षीहरु पुनरावेदनका लागि उच्च अदालतमा जाने सम्मावना भने अझै रहेको छ। विहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्द जितेका हुन्। दुवै बैंकले शुक्रबार नै रकम फिर्ताको लागि दावी सहितको पत्र पठाउने बताएका छन्। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले आफूले शुक्रबार मुद्दा जितेको खवर पाएको जानकारी दिदै दुवै बैंकले सल्लाह गरी रकम फिर्ताको लागि तत्काल पहल थाल्ने जानका...
सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी आएन,तिहार र छठमै अभाव हुने

सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी आएन,तिहार र छठमै अभाव हुने

आर्थिक
सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो ।त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो  । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन । खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए । उनल...
चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

अन्तराष्ट्रिय, आर्थिक
कात्तिक २२ काठमाडौं । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको जनाएको हो । अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४।६ प्रतिशतले वृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । त्यसैगरी चीनको निर्यात बजारमा पनि वृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ । रासस ...
मनिचेञ्जर विनियमावली २०७७,नियम उल्लघंन गरे ५ लाखसम्म जरिवाना

मनिचेञ्जर विनियमावली २०७७,नियम उल्लघंन गरे ५ लाखसम्म जरिवाना

आर्थिक, समाचार
 नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँसम्म जरिवान हुने गरी मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ल्याएको छ । भारतीय रुपैयाँ र परिवत्र्य विदेशी मुद्राको खरिद बिक्री कारोबार गर्ने मनिचेञ्जरहरूले राष्ट्र बैंकले तोकेको नियम उल्लघंन गरेमा यसको प्रकृति हेरी उक्त रकमसम्मको जरिवाना गर्ने व्यवस्था गरेको हो ।  नियमावलीमा मनिचेञ्जरको व्यवसायीक प्रमाणपत्र निलम्बन तथा रद्द समेत गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ । राष्ट्र बैंकले आफूले गरेको निर्देशन पालना नगर्ने व्यवसायीलाई नगद धरौटी जफतदेखि अन्य सम्पूर्ण धरौटी समेत जफत गर्न सक्ने छ । नियमावलीले मनिचेञ्जर सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई समेत कारवाहीको छुट्टै व्यवस्था गरेको छ । उनीहरूलाई सचेत गराउँदै नियम उल्लघंन गर्ने कर्मचारी तथा पदाधिकारीलाई २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना समेत गर्न सक्ने व्यवस्था विन...
आज फेरि बढ्यो सुनको मूल्य

आज फेरि बढ्यो सुनको मूल्य

आर्थिक, समाचार
 नेपाली बजारमा सुनको मूल्यमा आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।     ...
नेप्से लगातार ओरालो

नेप्से लगातार ओरालो

आर्थिक
कात्तिक २० काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन विहिबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४.४७ अंकले घटेर १६३६.१७ अंकमा झरेको छ । यो सातामा मंगलबार बजार सामान्य बढेपनि अरु दिनमा भने घटेको छ । बुधबार नेप्से २.३९ अंकले घटेको थियो । विहिबार नेप्से घटेपनि कारोबार रकम बढेको छ । यसदिन २०० कम्पनीका ९१ लाख २३ हजार कित्ता सेयर किनबेचबाट २ अर्व ८४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।बुधबार २०२ कम्पनीको १ अर्व ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्से घटेपछि विहिबार अधिकांश समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन होटल, विकास बैंक, हाइड्रोपावर र जीवन बीमा समूह बढेपनि बैंकिङ, व्यापार, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमुलक र अन्य समूह भने घटेका छन् । ...
तिहारका लागि मुस्ताङका च्याङ्ग्रा ल्याइँदै

तिहारका लागि मुस्ताङका च्याङ्ग्रा ल्याइँदै

आर्थिक
कात्तिक २० काठमाडौं । तिहारका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौँ ल्याउन थालिएको छ ।तिहार पर्व नजिकिदै गर्दा बिक्रीका लागि मुस्ताङबाट पोखरा तथा काठमाडौँका लागि च्याङ्ग्रा ल्याइएको हो । दशैँमा च्याङ्ग्राको व्यापार राम्रो नभएपछि व्यापारीहरु तिहार लक्षित गरी च्याङ्ग्रा ल्याएको व्यापारीले बताएका छन् । ...
सुन तोलामा १ सय रुपैयाँले घट्यो

सुन तोलामा १ सय रुपैयाँले घट्यो

आर्थिक
कात्तिक २० काठमाडौं । बिहीवार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।बुधवार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य १ सय रुपैयाँले घट्दा चाँदी भने ५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो । ...