आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता

माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, २४ कार्तिक-मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्यदुत नवराज ढकाल र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरु बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्ता नेपाल र तिब्बत बीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा केन्द्रित रह्यो । भेटवार्ताका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना एवम् समस्याहरु बारे जानकारी गराए । संघले तिव्बतका व्यापारीक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता लगायतका विविध बिषयमा सहकार्य गरी अघि बढीरहेको उनले जनाए । अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाका पूर्ण रुपमा सुचारु हुन नसकेकोले यातायात सु...
नेप्से  आज पनि उकालो

नेप्से आज पनि उकालो

आर्थिक
कात्तिक २४ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.२२ बिन्दुले बढेर एक हजार ६५२.८० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.६१ बिन्दुले घटेर ३२५.३३ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर रु तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बीमा १७.१९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार ५८.८, वित्त ०.९२, निर्जीबन बीमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र लघुवित्त ३१.६२ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा ...
नेपाल वायुसेवा निगमले हवाइ उडानमा प्रतिस्पर्धा गर्न चार्टर्ड उडानको भाडादर घटाउने

नेपाल वायुसेवा निगमले हवाइ उडानमा प्रतिस्पर्धा गर्न चार्टर्ड उडानको भाडादर घटाउने

आर्थिक, समाचार
नेपाल वायुसेवा निगमले चार्टर्ड उडानको भाडादर घटाउने तयारी गरेको छ। हवाइ उडानमा प्रतिस्पर्धा गर्न चार्टर्ड उडानको भाडादर घटाउन लागेको कम्पनीले बताएको छ। निगमले चार्टर्ड उडानको भाडादरसम्बन्धी अध्ययन कार्यदल निर्माण गरेको थियो। कार्यदलको सुझावअनुसार निगमले भाडादर घटाउन लागेको हो। निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा वाइडबडी (ठूलो आकारका) र दुईवटा न्यारोबडी (सानो आकारका) विमान रहेका छन् भने आन्तरिक उडानमा दुईवटा ट्विनअटर विमान रहेका छन्। समय–समयमा पुनरवलोकन गर्दै आएको निगमले उडान घण्टाको आधारमा भाडादर तय गर्दै आएको छ। यसअनुसार एयरबस ३३० वाइडबडी प्रतिघण्टा उडानको १८ हजार १०० अमेरिकी डलर लिँदै आएको छ। अब त्यसलाई घटाएर १५ हजार ५०० डलरमा झार्ने प्रतिवेदन पेश भएको छ। त्यसैगरी एयरबस ३२० न्यारोबडीको ९ हजार डलर लिँदै आएकोमा अब ७ हजार डलर मात्रै लिन उपयुक्त हुने कार्यदलको निष्कर्ष रहेको छ।...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय

आर्थिक, समाचार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय सुनाएको छ । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकारलगायतका दर्जनौँ म्याद गुज्रेका उपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्री गर्ने आयान डिस्टिब्युर्टसका म्यानेजर रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजालासले आइतबार एक वर्ष कैद र जनही तीन लाख रुपैयाँ जरिवाना सुनाएको छ । तर आयानकी मुख्य सञ्चालक पुष्पादेवी अग्रवाल, कामदार मुन्ना ठाकुर, पुष्पकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र बिक्रमप्रसाद गुप्तालाई जनही ३ लाख १२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले यस्ता मुद्धामा सुरु कारबाही गर्ने अधिकार विभागका महानिर्देशकलाई नै दिएको छ । तर कम्पनी सञ्चालकलाई जरि...
सोमबार सुनचाँदीको बजार भाउ बढ्याे

सोमबार सुनचाँदीको बजार भाउ बढ्याे

आर्थिक
कात्तिक २४ काठमाडौं । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार हुँदा त्यसको अघिल्लो दिन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
कुमारी बैंकको पहिलो त्रैमासिक विवरण, खुद नाफामा ५० प्रतिशतको वृद्धि

कुमारी बैंकको पहिलो त्रैमासिक विवरण, खुद नाफामा ५० प्रतिशतको वृद्धि

आर्थिक
कात्तिक २४ काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा बैंकको खुद नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५० प्रतिशत धेरै देखिएको छ । प्रथम त्रैमासमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वषको सोही अवधिमा बैंकले ४० करोड १९ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहीलो त्रैमासिक विवरण अनुसार बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ भने सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैयाँ ५ पैसा रहेको छ । १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९...
आज १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

आज १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

आर्थिक
कात्तिक २४ काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरीबिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ ।उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ । उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रु १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो ।उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । रासस ...
दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

आर्थिक
कात्तिक २४ काठमाडौं । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो । खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं अघिसम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले २५ प्रतिशतले वृद्धि भई बजारमा १ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने चनाको मूल्य यति बेला करीब १४ प्रतिशतले वृद्धि हुँदै १ सय २५ रुपैयाँसम्म पर्न थालेको छ । त्यसैगरी हरियो केराउको मूल्यमा पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि हुँदै १ सय १५ बाट १ सय ३५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८० रुपैयाँ पर्ने चिनी ९० रुपैयाँसम्म पर्न थालेको छ । सनप्mलावर तेलको मूल्य करीब ९ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ७० बाट...
गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई

गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई

आर्थिक, समाचार
काठमाडौं, विराट बाबु खनाल र सकुन्तला गुरुङ ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको सचिव चुनिएका छन् । खनाल र गुरुङको नियुक्तीसँगै परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी चयन कार्यले पुर्णता पाएको छ । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषद महाधिवेशन अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट भएको थियो । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे उक्त महाधिवेशनले युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा कार्य समिती चयन गरेको थियो । को हुन खनाल विराट बाबु खनाल गोरखा समाज जापानका सचिव हुन । गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा खरो उतार्न सफल खनाल अब्बल सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सिंगो नेपाली समुदाय र गोर्खालीको पक्षमा विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने, दिन दुखिह...
हेटौंडा औद्योगिक क्षेत्रको ७५ प्रतिशतभन्दा बढी उद्योग गुणस्तर तथा नापतौलको कारबाहीमा

हेटौंडा औद्योगिक क्षेत्रको ७५ प्रतिशतभन्दा बढी उद्योग गुणस्तर तथा नापतौलको कारबाहीमा

आर्थिक, समाचार
 हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्र्तगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर, २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्री वितरणका लागि नापतौल अनुमतिपत्र लिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । कार्यालय प्रमुख शशिभुषण यादवका अनुसार उद्योगहरूले नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमतिपत्र लिनुपर्छ । उनले कानूनी दायरामा नआउने उद्योगलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिने बताए । पटकपटक जानकारी गराउँदा समेत अटेर गरेकाले अनुगमन गरी कारबाहीस्वरुप जरिवाना तथा मुद्दा दायर गर्ने उनको भनाइ छ । उपभोक्ता हितका लागि पनि नापतौल यन्त्रको कानूनी रुपमा जाँच आवश्यक रहेको छ । तौलमा ठगिने समस्या रहेको छ ...