शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

सोमबार सुनचाँदीको बजार भाउ बढ्याे

कात्तिक २४ काठमाडौं । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार हुँदा त्यसको अघिल्लो दिन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *