साना जलविद्युत आयोजनाले पनि पुनर्कर्जा पाउने
अब साना (१०मेगावट) जलविद्युत आयोजनाले पनि पुनर्कर्जा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले १ खर्ब भन्दा माथिको पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोरोना प्रभावित व्यवसाय अनुसार थप लगानी गर्न कार्यविधि संशोधन गरिएकोे जनाएको छ ।
हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । यस्तो पुर्नकर्जा ४२ अर्ब ५० करोड लगानी गर्न सक्ने क्षमता भएकोमा हालसम्म ३९ अर्ब ५० करोड लगानी गरिसकेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, सो संशोधनमा गर्भनरले पुनरकर्जाको सीमा घटबढ गराउन सक्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका गर्भनरले एकमुष्ट प्रदान ...









