आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

सौन्दर्य व्यबसायलाई सहुलियत कर्जा उपलब्ध गराउन माग

सौन्दर्य व्यबसायलाई सहुलियत कर्जा उपलब्ध गराउन माग

आर्थिक, समाचार
कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्न...
नेप्से ओरालो लागेर ४९८.८६ मा

नेप्से ओरालो लागेर ४९८.८६ मा

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ११.६८ अङ्कले घटेर दुई हजाार ७७१.१५ मा ओर्लेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ ले ओरालो लागेर ४९८.८६ मा पुगेको छ। कूल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मूल्यमा खरिद बिक्री भए। आजको कारोवारपछि बजार पूँजीकरण रु ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार ९५१ बराबर पुगेको छ। कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको मात्रै शेयर मूल्यमा सुधार आएको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ। विकास बैंक २१.४१, वित्त १.८८ र अन्य १४.७१ अङ्कल...
बजेट सुन्दा राम्रो देखिए पनि व्यबसायीले प्रत्यक्ष लाभ लिन नसक्ने:कमल शर्मा,होटल व्यबसायी

बजेट सुन्दा राम्रो देखिए पनि व्यबसायीले प्रत्यक्ष लाभ लिन नसक्ने:कमल शर्मा,होटल व्यबसायी

आर्थिक, समाचार
काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेका छन् ।मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहेपनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘बजेट भाषण आफँैमा खराब हुँदैन । बजेटमा सरकारले दिन्न भन्ने केहि छैन । सबैचिज दिन्छु भनेको छ । तर कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्नेमा ध्यान दिनुपर्ने देखिन्छ ।’उहाँले गत वर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गर्नुभयो । तल्लो तप्काका जनता जो कमाएर साँझ बिहान हातमुख जोड्नुपर्ने अवस्थाका छन् उनीह...
मेडिकल एसोसिएसनद्वारा चेम्बरको सहकार्यमा टेलिमेडिसन सेन्टर स्थापना,साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोग

मेडिकल एसोसिएसनद्वारा चेम्बरको सहकार्यमा टेलिमेडिसन सेन्टर स्थापना,साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठानको सहयोग

आर्थिक, समाचार
आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी नेपाल मेडिकल एसोसिएशनले सञ्चालनमा ल्याउन लागेको टेलिमेडिसिन सेवालाई नेपाल चेम्बर अफ कमर्शको अगुवाईमा साल्ट ट्रेडिङ कर्पोरेशन र सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले सहयोग गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको अगुवाइमा अन्य दुई संस्थाले टेलिमेडिसिनका लागि आवश्यक सहयोग उपलब्ध गराएका हुन् । उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले गरेको छ भने सामाजिक संस्था ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले जानकारी दिइन् । टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्पmत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार टेलिमेडिसिन सेवाब...
चुनावी सरकारको नियमित बजेट सार्वजनिक

चुनावी सरकारको नियमित बजेट सार्वजनिक

आर्थिक, समाचार
निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको खबर नागरिक दैनिकमा छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका सबैलाई खुसी बनाउने प्रयास गरिएको छ। सरकारले संसद् विघटन गरेर यसै वर्षका लागि ९कात्तिक २६ र मंसिर ३ मा० निर्वाचन घोषणा गरेको र त्यसविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालतमा गएको अवस्थामा बजेटसम्बन्धी सरोकार राख्ने सबै व्यक्ति र राजनीतिक दलहरूले कामचलाउ मात्र बजेट ल्याउन सुझाव दिएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई टेरेको देखिएन। संसद् नभएको अवस्थामा ल्याइने बजेटमा भन्सार र करका दर...
(नेप्से)मा आज नयाँ रेकर्ड कायम

(नेप्से)मा आज नयाँ रेकर्ड कायम

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज नयाँ रेकर्ड कायम भएको छ। नेप्सेमा आज एकैदिन १३ अर्बमाथिको कारोबार भएको छ। यो हालसम्मकै धेरै हो। यसदिन नेप्से परिसूचक पनि हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। आज बजार ३ अंकले बढेर २८२३.०७ को बिन्दुमा पुगेर बन्द भएको छ। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.५० को बिन्दुमा पुगेको छ। ...
नेपालमा अहिले तातोपानी नाका हुँदै चीनबाट दैनिक अक्सिजन सिलिन्डर आयात

नेपालमा अहिले तातोपानी नाका हुँदै चीनबाट दैनिक अक्सिजन सिलिन्डर आयात

आर्थिक, समाचार
तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए । उनका अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको खबर गोरखापत्र दैनिकमा छ । पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए । चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले बताए । सिल्क ट्रान्सपोर्ट कम्पन...
कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि  घट्न थाल्यो

कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थाल्यो

आर्थिक, समाचार
बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञासँगै बजारमा मासुको खपत घट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको खबर कारोबार दैनिकमा छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले निषेधाज्ञासँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३४० रुपैयाँमा झरेको बताए । कोरोना संक्रमण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उनको भनाइ छ । कोभिडका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन थालेपछि मासुको खपत घट्दै गएको हो । संघका अनुसार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमा...
निषेधाज्ञाका कारण कोही जनता भोकले मरेको सुन्न नपरोस्

निषेधाज्ञाका कारण कोही जनता भोकले मरेको सुन्न नपरोस्

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय,अहिले सिंहदरबारको अधिकार गाउँमा गाउँमा छ । स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले भनेको जनतामा परिरहेको पीर मर्कालाई बुझनु पर्ने बेला हो । यति बेला जनता आपतमा छन । जनता आपत बिपतमा पर्दा जनताका प्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हुन्छ । यो बेलामा जनताले दैनिकी कसरी चलाइरहेका छन् ? जनताको अवस्था कस्तो छ ? जनताको घरमा चुल्लो बलेको छ की छैन ? निषेधाज्ञाका कारण काम गर्न नपाएर जनता भोक भोकै छन की के छन ? यी सवै कुराको ध्यान दिनुपर्ने बेला आएको छ । निषेधाज्ञाका कारण कोही जनता भोकले मरेको सुन्न नपरोस् । निषेधाज्ञा बढ्दै जाँदा देशभर भोकमरीको आवाज उठ्न थालेको छ । वैशाख दोस्रो साता देखि सुरु भएको निषेधाज्ञाले आम नागरिक समस्यामा छन । नागरिकले जोहो गरेको खाद्यान्न पनि सकिँदै छ । भोकमरीबाट जनतालाई जोगाउँन सवै सचेत बन्नुपर्छ। अघिल्लो चरणको महामारीबाट पाठ सिकेर पूर्व तयारी गर्न अव ढिलाई गर्न...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

आर्थिक
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...