आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

१७ वटा कम्पनीको आईपीओ बजारमा आउने

१७ वटा कम्पनीको आईपीओ बजारमा आउने

आर्थिक, समाचार
विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर आईपीओ बजारमा आउने भएको हो । चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् । धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो ब...
गीतकार तथा समाजसेवी यसु थापाद्धारा‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी

गीतकार तथा समाजसेवी यसु थापाद्धारा‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी

आर्थिक, समाचार
लामो समयदेखि बेल्जियममा  बस्दै आएकी यसोदा थापा(यसु)ले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।समाजसेवामा सक्रिय थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २६ मा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।उनले एनआरएनए बेल्जियमको महिला संयोजक, उपाध्यक्ष, सल्लाहकार लगायतको पदमा रहेर ५ कार्यकाल काम गरेकी छन् । उनी बेल्जियमका विभिन्न संस्थाहरु इन्द्र धनुष क्लब,क्षेत्री समाज बेल्जियम, कास्की समाज लगायतमा आवद्ध भै समाजसेवामा निरन्तर लागि पर्दै आईरहेकी छिन । साहित्य तथा कला क्षेत्रमा उनको योगदानले राष्ट्रिय अन्तरराष्ट्रिय अवार्ड समेत जित्न सफल भएकी छिन । विगतमा एनआरएनएमा वसेर आफुले गरेका केही योगदानका कारण आफुलाई थप जिम्मेवारी वहन गर्न बेल्जियमवासी गैर आवासीय नेपाली समुदायहरुको माग बम...
शेयर बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४

शेयर बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४

आर्थिक, समाचार
 शेयरको दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४ पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा गत मंगलबारसम्म सेयर किनबेच गरेका महिला लगानीकर्ताको संख्या हो यो । अघिल्लो वर्षको तुलनामा यस वर्ष सेयरको दोस्रो बजारमा २ लाख ३५ हजार महिला लगानीकर्ता थपिएका छन् । अघिल्लो आर्थिक वर्षको असारमा दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ६५ हजार ८ सय ४१ थियो । अहिले यो दोस्रो बजारमा कुल लगानीकर्तामध्ये महिला करिब ३८ प्रतिशत छन् । प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्नेको संख्या पनि जोड्दा सेयर बजारमा महिला लगानीकर्ताको संख्या अझै बढ्छ । आईपीओमा लगानी गरेपछि त्यो सेयर बिक्री गर्न दोस्रो बजारमा जानुपर्छ । यसकारण दोस्रो बजारमा सूचीकृत लगानीकर्तालाई सक्रिय लगानीकर्ता भनिन्छ । पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीको अभिलेखमा बिहीबारसम्म ३७ ल...
अवैध मोबाइल बन्द गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ देखि लागू गर्ने

अवैध मोबाइल बन्द गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ देखि लागू गर्ने

आर्थिक, समाचार
अवैध मोबाइल बन्द गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ देखि लागू गर्ने भएको छ । साउन १ पछि अवैध मोबाइललाई चरणबद्ध रूपमा बन्द गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । कर नतिर्ने उद्देश्यले भन्सार छलेर र चोरी पैठारीका अवैध मोबाइल नियन्त्रणका लागि एमडीएमएस सफ्टवेयर प्रणाली स्थापना गर्न लागिएको प्राधिकरणको भनाइ छ । ‘एमडीएमएस प्रणाली सुरु भएपछि सबै अवैध मोबाइल एकै पटक बन्द हुने होइनन्, हामी अवैध मोबाइल चरणबद्ध रूपमा पत्ता लगाएर बन्द गर्छौं,’ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘यसका लागि तीन–चार महिना लाग्न सक्छ ।’ एमडीएमएस प्रणालीलाई टेलिकम कम्पनीहरूको प्रणालीसँग गाभ्ने काम सकिएको छ । अहिले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई प्रणाली सञ्चालनका लागि तालिम दिने काम भइरहेको उनले बताए । यो प्रणाली राख्न मोबाइल आयातकर्ताहरूले लामो स...
युनियन लाइफ इन्स्योरेन्सको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुल्ला

युनियन लाइफ इन्स्योरेन्सको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुल्ला

आर्थिक, समाचार
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज बिहीवारदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुल्ला गरेको हो ।  आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।   कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री खुल्ला गरेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम...
लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि मारमा उपभोक्ता

लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि मारमा उपभोक्ता

आर्थिक, समाचार
पछिल्लो एक वर्षदेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घरेलु बजारमा बढेको बताए पनि त्यसको असर भने उपभोक्तमा पर्न गएको हो । गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १२९ पुगेको छ । सो अवधिमा ९१ रुपैयाँ रहेको डिजेलको अहिले ११२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ सय ५० रुपैयाँ रहेको ग्यासको मूल्य बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको निगमको दावी छ । तर, निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा अत्यावश्यक वस्तुको ढुवानी लागत महँगो भएको छ र त्यसको मूल्य उपभोक्ताले तिर्नु परेको छ । निगमले लगातार इन्ध...
क्यूभीसी खारेज गर्न सरकारसँग माग

क्यूभीसी खारेज गर्न सरकारसँग माग

आर्थिक, समाचार
 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) खडा गरी एकाधिकार लागु गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउन पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकामा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संघले सीमित व्यक्तिहरूको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनायो । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले भने, ‘कतार ...
नेप्सेमा आज ५ अंकको गिरावट

नेप्सेमा आज ५ अंकको गिरावट

आर्थिक, समाचार
पछिल्लो केहि दिन यता लगातार घटिरहेको नेपाल स्टक ए्क्सचेन्ज (नेप्से)मा आज ५ अंकको गिरावट आएको छ। अघिल्लो दिनभन्दा ५.२४ अङ्क अर्थात् ०.१९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८१८.११ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८३५.३०६ र कममा २८१२.९५८६ पुगेको थियो। आज ४६३१० कारोबारमा १०१३५२०९ कित्ता सेयरको किनबेच भई ४२२४०१८२५५.०९ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२० कम्पनीको सेयर किनबेच भएको हो। ...
आज आइतबार नेप्सेमा सामान्य अंकको गिरावट

आज आइतबार नेप्सेमा सामान्य अंकको गिरावट

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.४८ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ५२ विन्दुमा थामिएको हो ।    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५ अर्ब ५ करोड ३५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन वटा समूह बाहेक अन्य सबै समूह घटेका छन् ।    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा १२ प्रतिशत गुडवील फाइनान्स डिभेञ्चर र ओरियण्टल होटल रहेका छ । गुडवील फाइनान्स डिभेञ्चरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ओरियण्टल होटलको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।            त्यस्तै, आज १०.२५ प्रतिशत डिभेञ्चर र १०.५० प्रतिशत एसबीएल डिभेञ्चरको शेयरमूल्य सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले ...
निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह,तरकारीमा मूल्य वृद्धि

निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह,तरकारीमा मूल्य वृद्धि

आर्थिक, समाचार
पछिल्लो समय तिन-चार गुणाले तरकारीको मूल्य बढ्न थालेको छ । अफसिजनका कारण तरकारीको आपूर्तिमा उतारचढाव हुँदा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।  उनले भने, “निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह बढ्न थालेको छ । अहिले बजार बेलुकीसम्म खोल्न पाइने हुनाले तरकारीको खपत बढ्न  थालेको हो । अझै केही समय  तरकारीको मूल्य उकालो लाग्ने छ ।”  बजारमा तरकारीको उत्पादन र आपूर्तिका आधारमा मूल्य निर्धारण गरिन्छ । खासगरी अहिले तरकारीको उत्पादन कम भएकोले नै मुल्य बढेको हो । अहिले बर्षादको समय भएकोले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमिनमा धान रोप्ने काम भइरहेकोले पनि हरियो तरकारी उत्पादन घटेको श्रेष्ठले बताए ।  यति बेला ठूलो परिमाणमा तरकारी उत्पादन हुँदैन ।  उत्पादन कम भएपनि बजारको माग धानिरहेको उनले जानकारी दिए । ...