आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

भारतमा एकैदिन २२ हजार भन्दा बढि कोरोना संक्रमित, ३७७ जनाको मृत्यु

भारतमा एकैदिन २२ हजार भन्दा बढि कोरोना संक्रमित, ३७७ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा कोरोनाबाट दिन प्रति दिन मृत्यु हुने मानिसको संख्या बढदै गएको छ । त्यस्तै भारमा एकैदिन ३७७ जनाभन्दा बढीको मृत्यु भएको छ । योसंगै मृत्यु हुने मानिसको संख्या १८ हजार २२५ पुगेको छ । भने एकैदिन २२ हजार संक्रमित फेला परेका छन् त्यस्तै संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ ।  सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये ३ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । ...
विश्वभर कोरोना भाइरसको संक्रमणको नयां रेकर्ड ,एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

विश्वभर कोरोना भाइरसको संक्रमणको नयां रेकर्ड ,एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। गएको २४ घण्टामा अमेरिकामा मात्रै साढे ५६ हजारमा संक्रमण देखिएको छ। त्यसैगरी ब्राजिलमा झण्डै ४८ हजार र भारतमा झण्डै २२ हजारमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ। संक्रमण तीब्र बन्न थालेपछि अमेरिकाका कतिपय राज्यले लकडाउनलाई पुनः कडाई गर्न थालेका छन्। गएको २४ घण्टामा विश्वभर पाँच हजार एक सय ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार दुई सय ३२ पुगेको छ। यो शुक्रबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ६ सय नाघेको छ। अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै अम...
न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले दिए राजीनामा

न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले दिए राजीनामा

अन्तराष्ट्रिय, राजनीति, समाचार
न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन् । लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो । आफू पदमा रही रहे सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्री प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएका हुन् । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रण लिनमा सफल भएको थियो । त्यहाँ कुल संक्रमितको संख्या १५ सय २८ रहेकोमा २२ जनाको ज्यान गएको छ । गएको महिना भाइरस फ्रि भएको भन्दै देशभित्र लागु गरिएका सब...
टिम क्रुलको अर्को ठूलो गल्तीका कारण बुधबारको खेलमा आर्सनलको शानदार जित

टिम क्रुलको अर्को ठूलो गल्तीका कारण बुधबारको खेलमा आर्सनलको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
नर्विच सिटीका गोलरक्षक टिम क्रुलको अर्को ठूलो गल्तीका कारण इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ४–० ले पराजित गरेको हो । पुछारको नर्विचको प्रिमियर लिगमै रहने चाहना थप धुमिल भएको छ । आर्सनलका लागि पिएर एमरिकले ३३ र ६७ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ग्रानेट जाकाले ३७ औँ तथा सिड्रिक सोर्सले ८१ औँ मिनेटमा गोल गरे । डच गोलरक्षक क्रुलले एमरिकको पहिलो गोलमा आफ्नै पेनाल्टी एरियामा पोजिसन गुमाए । सिड्रिकले पेनाल्टी एरियाको बाहिरबाट गोल गरेका हुन् । पराजित भएको पुछारको नर्विचको ३२ खेलबाट २१ अंक छ । जितपछि सातौँ स्थानको आर्सनलको भने ३२ खेलबाट ४६ अंक भएको छ । लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा तेस्रो स्थानमो लेस्टर सिटी एभर्टनसँग २–१ ले पराजित भयो । अर्को खेलमा ...
इरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को मृत्यु,मृतकको संख्या बढ्न सक्ने

इरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को मृत्यु,मृतकको संख्या बढ्न सक्ने

अन्तराष्ट्रिय, अपराध, समाचार
इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ । यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ । इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट ग्यास लिकका कारण भएको बताएको छ । टिभीमा प्रसारण गरिएको तस्बिरमा आकाशमा धुँवा उडिरहेको देखिएको छ । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ । अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा धेरैजसो महिला रहेका छन् । यसअघि सेनाको क्याम्पमा पनि ठूलो बिस्फोट भएको थियो । यसको कारण पनि ग्यास लिक नै बताइन्छ । ...
भारतले चिनियां एप्समा रोक लगाए लगतै,चीनमा भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध

भारतले चिनियां एप्समा रोक लगाए लगतै,चीनमा भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध

अन्तराष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो । तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन । चिनियाँ सरकारले भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् । त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ । त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी) टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ । भीपीएन एक शक्तिशाली उपकरण हो, जसले प्रयोगकर्ताहरुलाई सरकारी इन्टरनेट जडानका साथै निजी नेटवर्कहरु निर्माण गर्ने अनु...
विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि,३० वर्षीय दुलाहाको मृत्यु

विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि,३० वर्षीय दुलाहाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भयो। यसको मुख्य कारण थियो, विवाह समारोह। पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये सोमबार ८० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमितमध्ये ३० वर्षीय दुलाहाको मृत्यु भएको छ। सफ्टवेयर इन्जिनियरसमेत रहेका दुलाहा विवाहका लागि १२ मेमा पटनाबाट आफ्नो गाउँ डिहपाली पुगेका थिए। सोही यात्राका क्रममा उनमा कोभिड–१९को लक्षण पाइएको थियो। तर परिवारले उनलाई क्वारेन्टाइनमा राख्नुको साटो विवाह गराए। विवाहको दुई दिनपछि उनको अवस्था बिग्रँदै गयो र पटनाको एम्स अस्पतालमा लैजादै गर्दा मृुत्यु भयो। दुलाहाको निधनपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। यो घटनापछि जिल्ला प्रशासनले विवाहका सबै सहभागीको कोरोना परीक्षण गर्ने निर्णय ग¥यो । त्यसक...
चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला,महामारीको रूप लिन सक्ने

चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला,महामारीको रूप लिन सक्ने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्। यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्। प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’ ‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’ बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञा...
महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी:डब्ल्यूएचओ

महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी:डब्ल्यूएचओ

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ । ६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण विश्वव्यापी अर्थव्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको मान्यता राखेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने धारणा व्यक्त गरेका छन् । सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उ...
फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै,नाम बदल्ने घोषणा

फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै,नाम बदल्ने घोषणा

अन्तराष्ट्रिय, आर्थिक, समाचार
चर्चित ब्युटी क्रिम फेयर एण्ड लभ्लीको नाम परिवर्तन हुने भएको छ । गोरोपनालाई बढावा दिने भन्दै विज्ञापन गर्दै आएको फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै निर्माता कम्पनी युनिलिभरले फेयर एण्ड लभ्लीको मार्केटिङको तरिका तथा ब्राण्ड नाम बदल्ने घोषणा गरेको हो । बिहिबार एक विज्ञप्ती जारी गर्दै युनिलिभरले आगामी केही हप्तामै फेयर एण्ड लभ्लीको ब्राण्ड नाम परिवर्तन हुने जनाएको छ। साथै अब आफ्ना उत्पादन तथा विज्ञापनहरुमा गोरो वा गोरोपन जस्ता शव्दहरुको प्रयोग नगर्ने पनि युनिलिभरले घोषणा गरेको छ । छालाको सौन्दर्य सम्बन्धी उत्पादनहरुमा सुन्दरताको मानकलाई लिएर मानिसहरुको सोँच बदलिइरहेको भन्दै उसले अब यसमा सबै तप्कालाई सामेल गरिने जनाएको छ । छालाको सौन्दर्य प्रशाधन सम्बन्धी आफ्ना विश्वस्तरीय उत्पादनहरुका विषयमा आफु पूर्णरुपमा सचेत रहेको भन्दै युनिलिभरले अब सबै रङ तथा प्रकारको छालालाई ध्य...