आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय पुगेको छ । विदेशमा १ सय ६० र नेपालमा ४० जनाको मृत्यु भएको छ । विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएर विदेशमा कूल मृत्यु १६० पुगेको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र यूएईमा ५ जनाको निधन भएको हो । कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ । शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य समितिका संयोजक सापकोटाले डिसीनेपाललाई बताए । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार विदेशमा जम्मा कोराना...
बनारसमा केश मुण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक !

बनारसमा केश मुण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक !

अन्तराष्ट्रिय, अपराध, समाचार
काठमाडौं। गएको बिहीबार भारतमा केश मुण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ। भारतीय प्रहरीको हवला दिँदै बीबीसी नेपाली सेवाले प्रकाशित गरेको समाचारमा केश मुण्डन गरिएका युवक भारतीय भएको जनाएको छ। गएको विहीबार एक युवककको जबरजस्ती केश मुण्डन गरिएको र ती व्यक्तिले नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाएको भिडियो भाइरल बनेको थियो। र ती युवक नेपाली रहेको र जबरजस्ती भारतीय एक धार्मिक संगठनले त्यस्तो गरेको बताइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपाल नै रहेको बताएको केही दिनपछि वाणरसीमा सो घटना भएको थियो। भारतीय प्रहरीले सो भिडियो बनाएको आरोपमा चारजनालाई शुक्रबार पक्राउ गरेको थियो। सो प्रकरणमा शनिबार थप दुईजना पक्राउ परेको बीबीसीले जनाएको छ। सो प्रकरणका मुख्य आरोपी भनिएका अरुण पाठक अझै फरार रहेको वाणरसी प्रहरीले जनाएको छ। नेपाली युवक भनिए...
बलिउड अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना

बलिउड अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना

अन्तराष्ट्रिय, समाचार
पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएको भोलिपल्ट ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो । अमिताभ र अभिषेक शनिबारै नानावटी अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या र आराध्यालाई भने त्यसको एकदिन पछि आइतबार कोरोना संक्रमण पुटि भएको खबर बाहिरिएको थियो । उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण घरमै क्वारेन्टिनमा राखिएको थियो । तर अहिले ऐश्वर्यामा केही लक्षण देखिएकोले आमाछोरी नै अस्पताल भर्ना भएका हुन् । अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरु गरिएको जनाएको छ । ...
आफ्ना दिमागको शल्यक्रिया भईरहदा पनि वृद्धाले पकाइरहिन् पकौडा

आफ्ना दिमागको शल्यक्रिया भईरहदा पनि वृद्धाले पकाइरहिन् पकौडा

अन्तराष्ट्रिय, समाचार
एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ । इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । डाक्टरले उनको शल्यक्रिया गर्नुपर्ने बताए । तर शर्त एउटा थियो कि शल्यक्रिया गर्दा महिला सुत्नु हुँदैन । डेली मेलका अनुसार मध्य इटलीमा अवस्थित अजिन्डा ओसपेडाली रियुनिटी अस्पतालका न्यूरोसर्जरी डिपार्टमेन्टका डा .रोबर्टो ट्रिगनानीले उक्त शल्यक्रिया गरेका हुन् । डाक्टरले शल्यक्रिया गर्दा जागा हुने बताएपछि महिलाले आफ्नै तरिकाले जागा हुने इच्छा व्यक्त गरिन् । यस्ता शल्यक्रियामा बिरामी प्यारालाइसिस हुने वा अट्याक आउने भएकाले बिरामीलाई सकेसम्म जागा नै राख्ने गरिन्छ । अपरेशन थिएटरमा बिरामीको बे...
भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ कोरोना संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ कोरोना संक्रमित थपिएका छन् । यो भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथ्यांक हो । पछिल्लो २४ घण्टामा भारतमा ६ सय ६ जनाले ज्यान गुमाएका छन् । यो संगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ८ सय ७६ पुगेको छ । त्यहाँ अहिले ३ लाख ३१ हजार सक्रिय संक्रमितहरु छन् भने ६ लाख १२ हजार भन्दा बढी उपचारपछि ठिक भैसकेका छन् । भारतमा अहिलेसम्म २४ हजार ९ सय १५ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । ...
बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको बिटक्वाइनको नामबाट ट्वीटर ह्याक

बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको बिटक्वाइनको नामबाट ट्वीटर ह्याक

अन्तराष्ट्रिय, आर्थिक, समाचार
काठमाडौं । बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ । अरबपति व्यापारी बिल गेट्स, एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याक भएको छ । ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने उल्लेख छ । बिल गेट्सको अकाउन्टमा लेखिएको छ, ‘जसले पनि मलाई समाजमा फर्काउने कुरा गरिरहन्छ । अब त्यो समय आइसकेको छ । तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर दिन्छु ।’ टेस्लाका प्रमुख एलन मस्कको अकाउन्ट पनि पोष्ट गरिएको ट्वीटमा आगामी एक घण्टासम्म बिटक्वाइनमा पठाइएको पैसा दोब्बर फिर्ता दिइने उल्लेख छ । बिटक्वाइनको ठेगानाको लिंकसँगै गरिएको ट्वीटमा लेखिएको छ, ‘म कोरोना महामारीका कारण दान गर्दैछु ।’ यसअघि पनि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा, डेमोक्रेटिक पार्टीका राष्ट्रिपति उम्मेदवार जो बाइडेन, विश्वका ठू...
अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्याको कोरोना परीक्षण समेत पोजेटिभ

अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्याको कोरोना परीक्षण समेत पोजेटिभ

अन्तराष्ट्रिय, मनोरन्जन
मुम्बई– बलिउड अभिनेता अमिताभ बच्चान तथा उनका छोरा अभिनेता अभिषेक बच्चन कोरोना परीक्षणको नतिजा पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना भैरहेको अवस्थामा अभिषेककी धर्मपत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन तथा उनकी छोरी आराध्याको कोरोना परीक्षण समेत पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नवभारत टाइम्सका अनुसार हिजो ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । तर आज उनीहरुको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनपछि अहिले ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उता अभिनेता अनुपम खेरको परिवारमा समेत चार जनालाई कोरोना पोजेटिभ पाइएको छ । ...
अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
२८ असार, काठमाडौंः भारतीय सिनेमाका अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् । बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत आफू र बुबा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘बुबा र मलाई कोरोना भाइरसको संक्रमण भएको पुष्छि छ । हामीमा सामान्य लक्षण देखिएका थिए । अहिले हामीलाई अस्पताल भर्ना गरिएको छ । बलिवुडका दर्शकहरुले अभिताम र अभिषेक प्रति हार्दिक स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, बच्चन बाबु छोराका अनुसार उनीहरुको परिवारका अन्य सदस्यको पनि कोराना परिक्षण भएको छ र नतिजा आउन बाँकी छ । ...
अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाए

अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाए

अन्तराष्ट्रिय, राजनीति, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन्। कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले अन्ततः सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिनका लागि महत्वपूर्ण हुने बताएको मास्क लगाउन लगातार अस्वीकार गर्दै आएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएपछि तथा ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित भएपछि मास्क लगाएका हुन् । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् । मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मल...
कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
रियो डे जानेरो- विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ । ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुदै आएको छ । ...