नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ कोरोना संक्रमित थपिएका छन् । यो भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथ्यांक हो । पछिल्लो २४ घण्टामा भारतमा ६ सय ६ जनाले ज्यान गुमाएका छन् ।
यो संगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ८ सय ७६ पुगेको छ । त्यहाँ अहिले ३ लाख ३१ हजार सक्रिय संक्रमितहरु छन् भने ६ लाख १२ हजार भन्दा बढी उपचारपछि ठिक भैसकेका छन् । भारतमा अहिलेसम्म २४ हजार ९ सय १५ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
