आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

वुल्भ्ससँग लीड्स युनाइटेड पराजित

वुल्भ्ससँग लीड्स युनाइटेड पराजित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ४ काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।अब मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गोल गरे । किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो । जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ । ...
दीर्घ कोरोना संक्रमण हुँदा चार भिन्न समस्या पारिरहेको हुनसक्ने अध्ययनको निष्कर्ष

दीर्घ कोरोना संक्रमण हुँदा चार भिन्न समस्या पारिरहेको हुनसक्ने अध्ययनको निष्कर्ष

अन्तराष्ट्रिय
कात्तिक ४ काठमाडौं ।कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।दीर्घ कोभिड बेहोरिरहेका मानिसहरूमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख गरिएको बिबिसीले जनाएको छ । अधिकांश मानिसहरूलाई सामान्य कोरोना भाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुने र अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने बताइन्छ। तर यो रिपोर्टका अनुसार हजारौँ मानिसहरू ूनिरन्तरको कोभिडू बाट ग्रस्त भएका छन् बिबिसीले लेखेको छ, “यूकेमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि आगामी महिनाहरूमा बढ्ने देखिन्छ।” सामाजिक सञ्जाल फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुस...
अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए

अर्मेनिया–अजरबैजान युद्धमा ७२९ जना अर्मेनियाली सैनिक मारिए

अन्तराष्ट्रिय
कात्तिक ४ काठमाडौं । अजरबैजान र अर्मेनियाबीचको युद्धमा परी अर्मेनियाका ७२९ जना सैनिक मारिएको अर्मेनियाले जनाएको छ। सोमबार थप २० जना सैनिक जवान मारिएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आधकारिक रुपमा अजरबैजानको भूमि रहेको तर अर्मेनियाको कब्जामा रहेको नार्नो कारबाख क्षेत्रलाई लिएर यी दुई मुलुकबीच युद्ध शुरु भएको चोथो हप्ता भएको छ। यो बीचमा दुई पटक युद्ध विराम घोषणा गरिए पनि युद्ध जारी रहेको छ। युद्धका क्रममा भएको क्षतिबारे अर्मेनियाले जानकारी दिए पनि अजरबैजानले भने हालसम्म भएको क्षतिबारे केही जानकारी दिएको छैन। अजरबैजानका राष्ट्रपतिले युद्ध समाप्त भएपछि सबै जानकारी दिइने बताएका छन्। यसैबीच अजरबैजान–अर्मेनिया युद्धकाबीच आफ्नो भूमिमा कुनै पनि प्रकारले मिसाइल खसे तयसको जवाफ दिने छिमेकी मुलुक इरानले चेतावनी दिएको छ। इरानले जानेर वा गल्त...
पोल्याण्डमा राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाइयो

पोल्याण्डमा राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाइयो

अन्तराष्ट्रिय
वारसा । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ । राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारका प्रवक्ता पिओट्र मुलरले सोमवार दिएको जानकारी अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ । “देशका कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या बढीरहेको हामीले देखेका छौँ, यो अत्यन्त छिटो छिटो वृद्धि भइरहेको छ, ती सवैलाई थेग्न हाम्रो अहिलेको अस्पतालले नसक्ने भएको छ, त्यसैले हामीले अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागिएको हो,” प्रवक्ता मुलरले भने । तर त्यो अस्पतालका लागि चिकित्सक, नर...
चेन्नई ७ विकेटले पराजित;आईपीएल

चेन्नई ७ विकेटले पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ४ काठमाडौं । राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए ।चेन्नईका दीपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्त...
सर्वाधिक कोरोना संक्रमित रहेका ५ देश

सर्वाधिक कोरोना संक्रमित रहेका ५ देश

अन्तराष्ट्रिय
कात्तिक ३ काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड १४ लाख ६ हजार नाघेको छ । हालसम्म संक्रमितको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ८३ लख ५२ हजार बढीमा संक्रमण पुष्टि भएको छ। यसैगरी दोस्रो स्थानमा रहेको भारतमा ७५ लाख ४४ हजार संक्रमण पुष्टि भएको छ । यसैगरी ब्राजिलमा ५२ लाख २४ हजार, रसियामा १३ लाख ९९ हजार र स्पेनमा ९ लाख ८२ हजा संक्रमित रहेका छन्। ...
सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको जित

सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ३ काठमाडौं । आइपीएल टि-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुन: बराबरीमा सकियो ।त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो । सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।यस...
टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ३ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ ।आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे । वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए । खेलको १६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्या...
सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित

सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक ३ काठमाडौं । कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे । यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर ठ्याक्कै १ सय ६३ रन बनायो । हैदरावादले नयाँ ब्याटिङ जोडी उतारेको थियो । यसक्रममा जोनी बियरस्टो र केन विलियम्सनले पहिलो विकेटका लागि ५८ रनको सोझदारी गरे । कोलकाताका लागि भने खाली दुई ब्याट्सम्यानले ३० रनभन्दा माथिको स्कोर बनाए । त्यसमा कप्तान इओन मोर्गनको ३४ र प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३४ रन बनाएका थिए । ...
चुनाव हारे अमेरिका छाड्न पनि सक्छु :  ट्रम्प

चुनाव हारे अमेरिका छाड्न पनि सक्छु : ट्रम्प

अन्तराष्ट्रिय
कात्तिक २ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा पराजित भए आफूले मुलुक नै छाड्न पनि सक्ने बताएका छन् ।नोभेम्बर ३ मा हुने चुनावका लागि विभिन्न स्थानमा प्रचारप्रसारमा पुगिरहेका ट्रम्पले ठट्यौली शैलीमा भने, ‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन।’ म्याकोन, जोर्जियामा चुनावी सभालाई सम्बोधनका क्रममा उनले आफूले चुनाव हारे अमेरिका नै छाड्न सक्ने बताएका हुन्।पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा पनि दिएका छन् । उनले  भने,‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ।’ एजेन्सी चुनावी मिति नजिकिदै जाँदा ट्रम्प र बाइडेनले अभियान तीब्र पारेका छन् । ...