आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना

अन्तराष्ट्रिय
कार्तिक २ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका छन्।हिन्दुहरुको महान चाड बडादशैँ शनिबारदेखि सुरु भएको छ। सबैले घटस्थापनामा जमरा राखेर दशैँको सुरुवात गरेका छन्। दशैँलाई असत्यमाथि सत्यको जितको रुपमा लिइन्छ। यसबीचमा राष्ट्रपतिका लागि चुनावमा उठेका डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशासनका पूर्व उपराष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै अमेरिका र विश्वभरका हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका हुन्। उनले ट्वीटमा भनेका छन्,‘हिन्दुपर्व नवरात्री सुरु भएसँगै म र जिल अमेरिका र विश्वभर बसेर यस चाड मनाउनेलाई शुभकामना दिन चाहन्छौं। फेरि एकपटक दुष्टमाथि सत्यको जित होस् र नयाँ सुरुवात सबैको लागि अवसर होस्।’ ...
म्यान्चेस्टर युनाइटेडको शानदार जित

म्यान्चेस्टर युनाइटेडको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २ काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हात पारेको छ ।शनिबार राति युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित दर्ता गरेको हो ।लुकी शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३औं मिनेटमा खेल बराबरीमा ल्याए ।खेलको अन्तिम समयमा मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि  युनाइटेडले फराकिलो जित निकाल्यो ।रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा विन विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए । इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए ।अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन यु...
अर्मेनिया र अजरबैजानबिच युद्धविराम सम्बन्धी नयाँ सम्झौता

अर्मेनिया र अजरबैजानबिच युद्धविराम सम्बन्धी नयाँ सम्झौता

अन्तराष्ट्रिय
कात्तिक २ काठमाडौं । अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको छ।यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबिच नयाँ सहमति बनेको हो । सो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ। गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो।गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको थियो। पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ।तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ। सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो। गएको सेप्टेम्बर २...
शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग

शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग

अन्तराष्ट्रिय
कात्तिक २ काठमाडौं । विश्व हिन्दू महासंघले भने नेपालीको महान् चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ। सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासंघले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो। महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन्। बडादशैँका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेकाे छ । महासंघ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति ...
चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २ काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे ।रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए ।यस अघि टस जितेर पहि...
डिभिलियर्स चम्किएपछि बैंग्लाेरसँग राजस्थान ७ विकेटले पराजित

डिभिलियर्स चम्किएपछि बैंग्लाेरसँग राजस्थान ७ विकेटले पराजित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को ३३ औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लाेरले ७ विकेटको जित निकालेको छ ।टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बैंग्लाेरले १९. ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । त्यस्तै विराट कोहलीले ४३ रन बनाएका थिए । राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए । ...
न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

अन्तराष्ट्रिय
कात्तिक १ काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् ।अधिकांश मतगणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको दलले ६४ सिट ल्याउने अनुमान छ । जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ ।विपक्षी मध्यपन्थी दल नेशनल पार्टीले २७ प्रतिशत मत प्राप्त गरेको र उसले आफ्नो हाल स्वीकार गरिसकेको बताइएको छ। जितपछि आर्डर्नले भनेकी छन्, न्यूजिल्याण्डले करिव ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ ।’ न्यूजील्याण्डको चुनाव प्रणालीका कारण १९९६ देखि हालसम्म कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। तर, यो पटक जेसिकाले ऐतहासिक बहुमत प्राप्त गर्न सकिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। १२० सदस्यी न्यूजील्याण्डको संसदमा बहुमत ल्याउ...
फिलिपिन्समा गयो भूकम्प

फिलिपिन्समा गयो भूकम्प

अन्तराष्ट्रिय
कात्तिक १ काठमाडौं । फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । भूकम्पपछि त्यस क्षेत्रका वासिन्दा त्रासित भएर घर बाहिर निस्कीएका थिए ।भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार धेरै पराकम्पनको संभावना रहेपनि आँधीको चेतावनी भने दिइएको छैन । ...
कोलकाता ८ विकेटले पराजित;आईपीएल

कोलकाता ८ विकेटले पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १ काठमाडौं ।साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।मुम्बईका राहुल ...
विवेक ओबरोयको घरमा प्रहरीको छापा

विवेक ओबरोयको घरमा प्रहरीको छापा

अन्तराष्ट्रिय
असोज ३० काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोयको मुम्बई घरस्थित बेंगलुरु प्रहरीले छापा मारेको छ । ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।भारतीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै आदित्य अल्वा फरार भएको बताएको  छ । प्रहरीले भनेको छ, ‘विवेक ओबरोय उनका आफन्त हुन् र हामीले आल्वासम्बन्धि केही जानकारी पाएका छौं । हामी यो मामिलामा अनुसन्धान गर्न चाहन्थ्यौं त्यसैले अदालतको वारेन्ट लिएर क्राइम ब्रान्चको टीम मुम्बईमा उनको घर गएको हो ।’बेंगलुरुमा आदित्या आल्वाको घरमा पनि अनुसन्धान गरिएको छ । छापामारीको क्रममा बेंगलुरु पुलिसका दुई इन्सपेक्टर बिहिबार दिउँसो करिब एक बजे विवेक ओबरोयको घर पुगेको थियो । विवेक ओबरोयका सालो आदित्य आल्वा कर्नाटकका पूर्वमन्त्री जिवराज अल्वाका छोरा हुन् । आदित्य अल्वामाथि कन्नड फिल्म इन्डष्ट्रिल...