कात्तिक १ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को ३३ औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लाेरले ७ विकेटको जित निकालेको छ ।टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको बैंग्लाेरले १९. ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । त्यस्तै विराट कोहलीले ४३ रन बनाएका थिए ।

राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here