आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

ट्रम्प दम्पतीले भने, ‘बाइडेन विजयी भएको मान्दैनौं, सबै वैध भोट गन्ती होस्’

ट्रम्प दम्पतीले भने, ‘बाइडेन विजयी भएको मान्दैनौं, सबै वैध भोट गन्ती होस्’

अन्तराष्ट्रिय
कात्तिक २४ काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले अमेरिकी चुनावबारे केही मिनेटको अन्तरमा ट्वीट गर्दै चुनावको नतिजा खारेज गरेका छन् । आइतबार ट्रम्प भर्जिनियाको गोल्फ क्लबमा थिए जहाँ उनले बाइडेनलाई बिजेता बताएकोमा मिडियामाथि निशाना साँधे । ट्रम्पले भने, ‘मिडियाले कहिलेदेखि निश्चित गर्न थाल्यो कि हाम्रो अर्को राष्ट्रपति को हुनेछ । पछिल्लो दुई हप्तामा हामी सबैले धेरै कुरा सिकेका छौं ।’ त्यसको केही मिनेटअघि मात्रै ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक ट्वीट गरेकी थिइन् जसमा उनले सबै भोटको गन्ती हुनुपर्ने माग राखेकी थिइन् । सीएनएनमा एक अपुष्ट रिपोर्ट प्रकाशित भएपछि मेलानिया ट्रम्पले ट्वीट गरिन्, ‘अमेरिकीलाई पारदर्शी तरिकाले गरिएको चुनावको अधिकार छ । सबै वैध भोटको गन्ती होस् ।’सीएनएनको रिपोर्टमा मेलानिया ट्रम्पले डोनल्ड ट्रम्पलाई चुनावको नतिजा मान्न...
राष्ट्रपति चुनिएपछि कार्ययोजना बनाउँदै बाइडेन, कोरोना महामारी नियन्त्रण प्राथमिकतामा

राष्ट्रपति चुनिएपछि कार्ययोजना बनाउँदै बाइडेन, कोरोना महामारी नियन्त्रण प्राथमिकतामा

अन्तराष्ट्रिय
कात्तिक २४ काठमाडौं । अमेरिकी राष्ट्रपति चुनिएसँगै जो बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन जुटेका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका बाइडेन ह्वाइट हाउसको बागडोर सम्हाल्नअघि आफ्ना रणनीतिकारहरूसँग कार्ययोजना बनाउन ब्यस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेको छ ।बाइडेनको टोलीका अनुसार अब अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई अनिवार्यरूपमा मास्क लगाउन भनिनेछ। बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्र उकास्ने खालका कार्ययोजना ल्याउने तयारी थालेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले पेरिस सम्झौता पुन: स्वीकार गर्नेछ।यस्तै अमेरि...
चुनाव हारेका ट्रम्पलाई गम्भीर धक्का : श्रीमती मेलानियाले डिभोर्स दिँदै

चुनाव हारेका ट्रम्पलाई गम्भीर धक्का : श्रीमती मेलानियाले डिभोर्स दिँदै

अन्तराष्ट्रिय
कात्तिक २३ काठमाडौं । अमेरिकाको ४६ औँ राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को गम्भीर धक्का लागेको छ । चुनाव हारेर ह्वाईट हाउसबाट निस्किएपछि उनकी श्रीमती मेलानिया ट्रम्पले डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिच्छेद गर्ने भए भएसँगै नमिठो हार व्यहोरेका ट्रम्पलाई अर्को गम्भीर धक्का लागेको छ । डेलीमेलले यो समाचार प्रकाशित गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको दाबी गरेको हो । मेलानियाले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको डेलीमेलले आफ्नो समाचार रिपोर्टमा जनाएको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको मिनेट काउन्ट गरिरहेको डेली मेलको दाबी छ । ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह ...
कंगानाले बाइडेनलाई भनिन् ‘गजनी’, एक वर्ष भन्दा धेरै टिक्दैनन् !

कंगानाले बाइडेनलाई भनिन् ‘गजनी’, एक वर्ष भन्दा धेरै टिक्दैनन् !

अन्तराष्ट्रिय
कात्तिक २३ काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा बहुमतकासाथ विजयी भएका जो बाइडेनमाथि बलिउड अभिनेत्री कंगना रनौतले निशाना साँधेकी छन् । उनले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई गजनी भनेकी छन् । साथै उने बाइडेन सत्तामा एक वर्ष भन्दा धेरै नटिक्ने समेत बताएकी हुन् । साथै अमेरिकाकी नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसमाथि खुशी प्रकट गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, गजनी बाइडेनको त भरोसा छैन, जसको डाटा हरेक पाँच मिनेटमा उड्छ, यति धेरै औषधि उनलाई दिइन्छ, उनी एक वर्ष भन्दा धेरै टिक्न सक्दैनन् । कमला ह्यारिसले नै सत्ता चलाउनेछिन् । जब एक महिला उठ्छिन् तब, हरेक महिलाको लागि बाटो बन्छ, यो ऐतिहासिक दिन चियर्स गर्नुहोस् । कंगनाले आफ्नो ट्वीटमा प्रयोग गरेको शब्द गजनी आमिर आनको फिल्म हो । यो २००८ मा रिलिज भएको थियो । उनले फिल्ममा हरेक पाँच मिनेटमा बिर्सिने भुमिका निभाए...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–१ को बराबरी भए पनि दोस्रो हाफमा बार्सिलोनाले चार गोल थपेको हो । उसका लागि २२ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा सानाब्रियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए । ४९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए । ६० औँ मिनेटमा म्यान्डी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा सीमित भयो । थप खेलाडीका रुपमा मैदान छिरेका लियोनल मेस्सीले ६१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । उनले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि मोरोनले ७३ औँ मिनेटमा रियल बेटिसका लागि दोस्रो गोल गरेका थिए । ९० औँ मिनेटमा गोन्जालेजले गोल गरेपछि बा...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाइटेडको जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेका छन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । उसले पहिलो हाफमा एक गोल खाएर दुई गोल गर्न सफल भयो भने दोस्रो हाफमा उसले थप दुई गोल गरेको हो । यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा एडिन्सन काभानीले एक गोल गरे । एभर्टनका लागि बेर्नार्डले गोल गरे । जितपछि तेस्रो स्थानमा पुगेको चेल्सीको सात खेलबाट १५ तथा १४ औँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको सात खेलबाट १० अंक भएको छ । अरु खेलमा क्रिष्टल प्यालेसले लीड्सलाई ४–१ तथा वेष्ट ह्यामले फुलह्यामलाई १–० ले पराजित गरेका छन्। ...
विश्वभरमा ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जना कोरोनाबाट संक्रमित

विश्वभरमा ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जना कोरोनाबाट संक्रमित

अन्तराष्ट्रिय, समाचार
विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ। हालसम्मको तथ्यांक अनुसार ५ करोड २ लाख ४१ हजार ८ सय ७९ जना कोरोना संक्रमणको चपेटामा परेका छन्। तथ्यांक अनुसार गत २४ घण्टामा मात्र ५ लाख ९२ हजार ५ सयबढी संक्रमितहरु थपिएका थिए। कोरोनाबाट हालसम्म नै सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ। अमेरिकामा मात्र कोरोना संक्रमित हुनेको सख्या १ करोड नाघेको छ। अमेरिकामा हालसम्म १ करोड १ लाख ७७ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै अमेरिकामा गत २४ घण्टामा मात्र १ लाख १९ हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। २ लाख ४३ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र १ हजार बढीको मृत्यु भएको छ। तथ्यांक अनुसार पछिल्लो समय कुनैबेला कोरानो मुक्त भएको फ्रान्समा दैनिक कोरोनाका संक्रमितहरु थपिने दर बढेको छ। फ्रान्समा गत २४ घण्टामा मात्र ८६ हजार ८ सय ५२ कोरोनाका ...
जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित

जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित

अन्तराष्ट्रिय, समाचार
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचन भएका छन् । ७७ वर्षका बाइडेन अमेरिकाको राष्ट्रपतिमध्येकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । यो भन्दा अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्प ७१ वर्षमा राष्ट्रपति बनेका थिए । त्यो रेकर्ड बाइडेनले तोडेका हुन् । उनले २७३ भोट ल्याउँदै बहुमत पाएका छन् । डेमोक्रेट पार्टीका उम्मेद्वार जो बाइडेन संयुक्त राज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। मंगलवार सम्पन्न भएको मत गणनाको नतिजा पछि अमेरिकामा ४६औँ राष्ट्रपतिका रुपमा जो बाइडेन निर्वाचित भएका हुन् । अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिला उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए । ...
५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हाले

५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हाले

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपतिको चुनाव परिणाम लगभग छर्लङ्ग भईसकेको छ । अब मात्र औपचारिक घोषणा बाँकी रहेको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेका जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा धेरै इलेक्टोरल भोटले अगाडि छन् । बाइडेनले २५३ भोट र ट्रम्पले २१४ इलेक्टोरल भोट हालसम्म पाएका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल भोट छन् । जसमा २७० भोट ल्याए बहुमत पुग्नेछ । यसैबीच अमेरिकी चुनावमा सबै रेकर्ड तोडिएको छ । अमेरिकी मतदाताले धेरै संख्यामा भो.ट दिएका छन् । अमेरिकामा ६६.९ प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेका छन् । अझ रोचक कुरा त यो चुनावमा बाइडेनलाई महिलाले धेरै मन पराएका छन् । अहिलेसम्मको परिणामका अनुसार ५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हालेका छन् । त्यस्तै ट्रम्पलाई मात्र ४३ प्रतिशतले भोट हालेका छन् । पुरुष मतदातामा ८ प्रतिशत भोट बाइडेन र ४९ प्रतिशत भोट ट्रम्पको पक्षमा छ । ...
ट्रम्पका मुख्य सहयोगी मेडोजलाई पनि कोरोना संक्रमण

ट्रम्पका मुख्य सहयोगी मेडोजलाई पनि कोरोना संक्रमण

अन्तराष्ट्रिय
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी संक्रमित भएको जनाएका छन् । उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएको शुक्रवार पुष्टि गरिएको छ । अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ । कोरोना भाइरसका कारण मृत्यु भएका र संक्रमित भएकाहरुको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहेका ट्रम्पका मुख्य सहयोगी नै संक्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन । मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा जानु भएको थियो । त्यति बेला उनले मास्क समेत प्रयोग गरेका थिएनन् । त्यसैले उनीबाट धेरै जना प्रभावित...