कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार
कात्तिक २५ काठमाडौं । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।
उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले तयार पारेका खोप ६ देशका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको थियो ।
त्यसले प्रभावकारी काम गरेको थियो। सुरक्षासम्बन्धी कुनै किसिमको समस्या आएको थिएन । ती कम्पनी सक्दो छिटो खोपलाई विश्व बजारमा पुर्याउन चाहन्छन् । त्यसका लागि यो महिना (नोभेम्बर) अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन् ।
यो खबरसँगै विभिन्न प्रतिक्रिया आएका छन् । केहीले यो सुनेपछि ...








