आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो

अन्तराष्ट्रिय
कात्तिक २८ काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ४३ हजार ५ सय ८२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार ५८ पुगेको हो । त्यस्तै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार नाघेको छ । विश्वमा एकैदिन ९ हजार ५ सय ४६ जना संक्रमतिको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४ सय ७६ पुगेको हो । विश्वमा तीन करोड ७१ लाख ७१ हजार ५ सय ५० जना संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ । ...
फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा

फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २८ काठमाडौं । फिफाका उपाध्यक्ष ग्रेग क्लार्कले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । ६३ बर्षे ग्रेगले यूइएफले पदमा रहनका लागि आग्रह गर्दा पनि उनले पदबाट राजीनामा दिएका छन् । गत बर्ष युइएफएको सहयोगमा फिफाको उपाध्यक्षमा निर्वाचित भएका ग्रेगले यसअघि २०२३ सम्म बस्ने बताएको थिए । उनले वर्षको एक लाख ९० हजार पाउन्ड तलब पाउने गरेका थिए । अब ग्रेगले फिफाको भोटिङ राइट्सपनि गुमाएका छन् । उनले यूइएफएविरुद्ध नराम्रो कमेन्ट गरेको आरोप लागेको छ । क्लार्क फिफाको चुनावमा युएइफएबाट उपाध्यक्षमा लड्ने तेस्रो उपाध्यक्ष हुन । ...
विश्वकप छनौटका लागि नेपालले खेल्न बाँकी खेल मार्च र जुनमा, तालिका सार्वजनिक

विश्वकप छनौटका लागि नेपालले खेल्न बाँकी खेल मार्च र जुनमा, तालिका सार्वजनिक

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २७ काठमाडौं । नेपालले प्रतिष्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु आगामी बर्षको मार्च र जुन महिनामा हुने भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादे...
रुसले भन्यो: हाम्रो कोरोना भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी देखियो

रुसले भन्यो: हाम्रो कोरोना भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी देखियो

अन्तराष्ट्रिय
एजेन्सी । रुसले आफ्नो कोरोनाविरुद्धको खोप स्पुतनिक भीले कोरोनाबाट ९२ प्रतिशतसम्म जोगाउने दाबी गरेको छ। रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो। अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको खोपले कोरोनाबाट ९० प्रतिशतसम्म जोगाउने दाबी भइरहँदा त्यसको दुई दिनमै रुसले स्पुतनिक भी खोप कोरोनाविरुद्ध ९२ प्रतिशतसम्म प्रभावकारी रहेको बताएको हो। संसारका अरू मुलुकभन्दा पहिला कोरोना भ्याक्सिन बनाउने लक्ष्यका साथ रूसले तेस्रो चरणको परीक्षण बिनै खोपलाई स्वीकृति दिएको हो। त्यसपछि रूसले तेस्रो चरणको परीक्षण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित हो। उनीहरूलाई भ्याक्सिनका दुबै डोज लगाइएको थियो। भ्याक्सिन विकासमा महत्वपूर्ण भूमिका खेलेको र संसारभर वितरणको...
कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने

कोरियाली राष्ट्रपति मूनले बाइडेनसँग फोनवार्ता गर्ने

अन्तराष्ट्रिय
सियोल, २६ कात्तिक दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले यसैसाता अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग फोनवार्ता गर्नु हुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको जनाएको छ ।दुबै नेताबीच द्वीपक्षीय मामिलाका विविध विषयका साथै कोरियाली प्रायःद्वीपको शान्ति प्रक्रियाको प्रयास, आर्थिक तथा अन्य क्षेत्रको विस्तार, जलवायु परिवर्तनका बारेमा कुराकानी हुनेछ । राष्ट्रपति मूनले आइतबार राष्ट्रपति–निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिस दुबैलाई ट्वीटर मार्फत बधाई दिनु भएको थियो ।मूनले दुबै देशबीच निरन्तर सम्वाद स्थापित गर्न संचारका विविध साधनको प्रयोग गर्नु भएको छ ।(रासस–योनहाप) ...
अमेरिकाले  करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री युएईलाई बिक्री गर्ने

अमेरिकाले करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री युएईलाई बिक्री गर्ने

अन्तराष्ट्रिय, समाचार
संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार यूएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बिमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले उक्त सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार जारी गरिएको विज्ञप्तिमा युएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ । पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएईलाई अत्याधुनिक हातहतियार र लडाकू बिमान उपलब्ध गराउनु...
आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २६ काठमाडौं । आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो । यल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का कप्तान विराट कोहलीलाई फ्रेन्चाइजीले एक सिजनका लागि १७ करोड भारु दिन्छ । यद्यपि, सीजनको लीलामीमा अष्ट्रेलियाली तेज बलर पेट कमिन्स सबैभन्दा महँगा १५.५ करोड भारुमा बिकेका थिए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो । कमिन्स सबैभन्दा महँगा विदेशी खेलाडी पनि हुन् । ...
दिल्लीलाई पहिलो पटक उपाधि जित्ने मौका, मुम्बईलाई पाचौँ पटक:आईपीएल

दिल्लीलाई पहिलो पटक उपाधि जित्ने मौका, मुम्बईलाई पाचौँ पटक:आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २५ काठमाडौं । आईपीएलको यो सीजनको अन्तिम म्याच आज रहेको छ । यो सीजनको अन्तिम म्याचमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । रोहित शर्माको मुम्बई छैटौँ पटक आईपीएलको फाइनल खेलिरहेको छ । जसमा ४ पटक (२०१३, २०१५, २०१७, २०१९) मा उपाधि जितेको छ । श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्लीमा ब्याटिङको जिम्मेवारी शतकवीर शिखर धवन र कप्तान अय्यरको काँधमा छ । धवनले सीजनमा ५०० भन्दा धेरै रन बनाइसकेका छन् । धवनले चेन्नई र पञ्जावविरुद्ध (१०१, १०६) रनको नटआउट पारी खेलेका थिए । ...
ट्रम्पले चुनाव हार्नुका १० कारण

ट्रम्पले चुनाव हार्नुका १० कारण

अन्तराष्ट्रिय
कात्तिक २५ काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले ऐतिहासिक जीत हात पारेका छन् ।उनको जीतको साथै राष्ट्रपति डोनाल्ड ट्रम्पले हार व्यहोरेका छन । ट्रम्पले कानूनी लडाईं लड्ने समेत बताएका छन् । उनले सर्वोच्च अदालतमा मुद्दा समेत हालेका छन् । तर उनलाई सोचेजस्तो राहत नमिल्ने बताइएको छ ।यस्तो अवस्थामा ट्रम्प सत्तामा रहिराख्ने आश लगभग सकिएको छ । उनको प्रदर्शन भने एकदमै राम्रो रहेको थियो । रेकर्ड तोडिएको भोटिङमा उनले धेरै जनमत पनि पाए । तर त्यो भोट जीतका लागि पर्याप्त रहेन । ट्रम्पले २१४ इलेक्टोरल भोट पाउँदा अर्का उम्मेद्वार जो बाइडेनले २९० इलेक्टोरल भोट पाए । १. लीकबाट हटेर चल्न खोज्नु रिपब्लीकन उम्मेद्वार डोनाल्ड ट्रम्पको हारको सबैभन्दा ठूलो कारण उनी लीकबाट हटेर चल्नुलाई लिइएको छ । तर उनले यसरी नै आफ्नो पहिलो चुनाव जितेका थिए । तर यस पटक सोचेज...
बिहार विधान सभाको निर्वाचनको मत गणना आजबाट : नितिश कुमार र मोदीलाई ठूलो धक्काको आंकलन

बिहार विधान सभाको निर्वाचनको मत गणना आजबाट : नितिश कुमार र मोदीलाई ठूलो धक्काको आंकलन

अन्तराष्ट्रिय
कात्तिक २५ काठमाडौं । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ । यसको नतिजा आज रातिसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा नीतीश कुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन पार्टी चुनावी मैदानमा रहेकोमा यी दुई पार्टीबीच कडा टक्कर हुने बिश्लेषण गरिएको छ । बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् । यदि प्रक्षेपण मेल खाएका बिहारमा तीन कार्यकालदेखि सत्ताको बागडोर सम्हालि रहेका वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धनले ठूलो धक्का ब्यहोर्नुपर्ने छ । शनिबार तेस्रो चरणको विधान सभा निर्वाचन सम्पन्न भएको थियो । बिहार बिधानसभामा कुल २४३ सीट रहेकोमा सरकार गठनका...