आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पुटिनले बाइडेनलाई बधाई दिएनन्

कात्तिक २४ काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई विश्वभरका नेताले शुभकामना दिइरहेका छन्।

रिपब्लिकन उम्मेदवार तथा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर बाइडेनले चुनाव जितेका हुन।

राष्ट्रपति बन्न चाहिने २७० इलेक्टोरल मतभन्दा बढी मत बाइडेनले प्राप्त गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

बाइडेनले अमेरिकी सत्ता सम्हाल्ने भएपछि धेरैमा उत्साह छ। अमेरिका र चीन बीचको तनाव कम हुने ठानिएको छ भने केही नीतिहरुमा परिवर्तन हुनसक्छ। र ट्रम्पको बिदाईबारे धेरैले खुशीयाली मनाइरहेका छन्।

यद्धपी ट्रम्पले अझै हार स्वीकार गरेका छैनन। ट्रम्पका वकिलले चुनावमा धाँधली भएको प्रमाण आफूहरुसँग रहेको भन्दै काुननी बाटोमा जाने बताइसकेका छन्।

बाइडेनलाई विश्वभरका नेताले बधाई दिईरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने अझै बधाई दिएका छैनन।

रुसी अधिकारीहरुका अनुसार आधिकारिक नतिजा घोषणा नहुदासम्म पुटिनले विजेतालाई बधाई दिने छैनन्।

अन्तिम नतिजा घोषणा भएपछि मात्रै र कानुनी प्रक्रिया पुरा नभएसम्म बाइडेनलाई बधाई नदिने मुडमा पुटिन रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *