आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख १४ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख १४ हजार नाघ्यो

अन्तराष्ट्रिय
कात्तिक ३० काठमाडौं । भारतमा एकैदिन ४१ हजार ६ सय ५९ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।यसरी भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख १४ हजार ९ सय २ पुगेको छ । त्यस्तै भारतमा एकैदिन कोरोना संक्रमणबाट ४ सय ४९ जनाको मृत्यु भएको छ ।यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २९ हजार ६ सय ७४ पुगेको छ । यसरी ८२ लाख ३ हजार ७ सय ३७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ८१ हजार ४ सय ९१ जना संक्रमित उपचार छन् । ...
जर्जिया जितेपछि बाइडेनको ३०६ मत

जर्जिया जितेपछि बाइडेनको ३०६ मत

अन्तराष्ट्रिय
कात्तिक ३० काठमाडौं । अमेरिकी राष्ट्रपतिमा यसअघि नै निर्वाचित जो बाइडेनले जर्जिया राज्यमा पनि जित हासिल गरेको अमेरिकी सञ्चारमाध्यमहरूले प्रक्षेपण गरेका छन् ।सन् १९९२ पछि जर्जियामा जित हासिल गर्ने उनी पहिलो डेमोक्र्याटिक हुन् । मतगणनाका क्रममा विवाद भएपछि जर्जियामा हातैले फेरि गणना गरिएको थियो । जर्जियामा जित हासिल भएसँगै बाइडेनको विजय फराकिलो भएको छ । बीबीसीका अनुसार बाइडेनको पक्षमा अब ३ सय ६ इलेक्टोरल मत पुगेको छ । बाइडेनले प्राप्त गरेको इलेक्टरल कलेज मत चार वर्षअघि ट्रम्पले ल्याएको बराबर छ । कान्तिपुरमा खबर छ । ...
२४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

२४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

अन्तराष्ट्रिय
कात्तिक ३० काठमाडौं । पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन् । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ४४ हजार ३६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ४६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ७६६ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८०६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेतर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ जनाको हस्पिटलमा उपचार भइरहेको छ । ...
अमेरिककाका  राष्ट्रपति जो बाइडेनले हिन्दुहरुको महान चार्ड दिपावलीका अवसरमा दिए शुभकामना

अमेरिककाका राष्ट्रपति जो बाइडेनले हिन्दुहरुको महान चार्ड दिपावलीका अवसरमा दिए शुभकामना

अन्तराष्ट्रिय, समाचार
अमेरिककाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले हिन्दुहरुको महावन चार्ड दिपावलीका अवसरमा शुभकामना दिएका छन्। उनले ट्वीटरमाफर्त लाखौं हिन्दु, जैन, बौद्धिस्टहरुलाई दिपावलीको शुभकामना दिएका छन्। बाइडेन हालै भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निर्वाचित भएका छन्। तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरिसकेका छैनन्। अमेरिकामा नयाँ राष्ट्रपतिले आगामी जनवरी २० मा शपथ लिने छन्। ट्रम्पले हार स्वीकार नगरेर कानूनी लडाईँ लडे अमेरिकाले ४६ औं राष्ट्रपति पाउन केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। ३ नोभेम्बरमा भएको चुनावमो मतगणना १३ नोभेम्बरमा सकिएको छ। ५३८ इलोक्टरल कलेज भोट मध्ये बाइडेनले ३०६ मा जित हात पारेका छन् भने ट्रम्पले २३२ मा जित हात पारेका छन्। अमेरिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलोक्टरल कलेज जित्न आवश्यक हुन्छ। ...
फोटो र भिडियोको ‘फ्रि स्टोरेज’ सुविधा हटाउँदै गुगल, किल चाल्यो गुगलले यस्तो अप्रिय निर्णय ?

फोटो र भिडियोको ‘फ्रि स्टोरेज’ सुविधा हटाउँदै गुगल, किल चाल्यो गुगलले यस्तो अप्रिय निर्णय ?

अन्तराष्ट्रिय
कात्तिक २८ काठमाडौं । गुगलले ५ वर्ष अघिदेखि निशुल्क रुपमा दिएको गुगल फोटोको ‘फ्रि स्टोरेज’ सुविधा हटाउने तयारी गरेको छ । गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको ५ वर्षमा करिब ४ ट्रिलियन फोटो सुरक्षीत गरिसकेको जनाउँदै अब भने प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न नपाउनेगरी तयारी सुरु गरेको गुगलले जनाएको छ । यो नयाँ नियम अर्को वर्षको जुन १ देखि लागू हुने बताइएको छ । यद्यपी यो मिति भन्दा अगाडी स्टोरेज गरिएका फोटोहरु भने सुरक्षीत हुने र त्यसउपरान्त स्टोरेज गरिएका निकै कम तस्विरहरुले मात्र स्थान पाउनेछन् । यो नयाँ परिवर्तनले पछि अपलोड हुने फोटोहरुमा भने ठूलो प्रभाव पर्ने नै छ । तर यदी कसैले सशुल्क आफ्ना फोटो भिडियो ब्याकअप स्टोरेज गर्न चाहेमा उनीहरुले सदस्यता लिएर स्टोरेज भने गर्न सक्नेछन् । एजेन्सी ...
चिनद्वारा बाइडेनलाई बधाई

चिनद्वारा बाइडेनलाई बधाई

अन्तराष्ट्रिय
कात्तिक २८ काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई आगामी कार्यकालका लागि चीनले बधाई तथा शुभकामना दिएको छ। बहालवाला राष्ट्रपति तथा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पलाई पराजित गरेर बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका थिए। अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई विश्वभरका नेता तथा देशहरुले शुभकामना दिएका छन्। तर, चीन र रुसले आधिकारिक नतिजाको प्रतिक्षा गरेको भन्दै बाइडेनलाई शुभकामना दिएका थिएनन्। शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङले बधाई तथा शुभकामना दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने अझै बधाई सन्देश दिएका छैनन। ...
इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना

इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना

अन्तराष्ट्रिय
जेरुसलेम । इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ। इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् । बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन् । केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ। एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकप्टर इज...
नेपाल आज बंगलादेशसँग भिड्दै ;अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल

नेपाल आज बंगलादेशसँग भिड्दै ;अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २८ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज (शुक्रबार बंगलादेशसँग बंगबन्धु रङ्गशालामा भिड्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिष्पर्धा गर्दैछ । मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे शुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मंसिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन । बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने ...
बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

अन्तराष्ट्रिय
वासिङटन । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन् । यो जितसँगै राष्ट्रपति–निर्वाचित भएका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गरेका छन् । अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गर्नु भएको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् । चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले ड...
भारतमा ह्वात्तै घटे कोरोना संक्रमित र मृतक

भारतमा ह्वात्तै घटे कोरोना संक्रमित र मृतक

अन्तराष्ट्रिय
 कात्तिक २८ काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १२ लाख ९९ हजार २६७ जनाको मृत्यु भएको छ भने ५ करोड ३० लाख ८५ हजार ७६२ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ७२ लाख १० हजार १६० जना संक्रमण मुक्त भएका छन् भने ९५ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच विश्वमा बिहीवार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । हिजो मात्रै विश्वमा ६ लाख ४३ हजार ४३ जना संक्रमित थपिएका छन् भने ९ हजार ६६९ जनाको मृत्यु भएको छ । यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख २८ हजार ६८६ जनाको मृत्यु भएको छ भने ८७ लाख २७ हजार ९०० जनालाई संक्रमण भएको छ । त्यस्तै ८१ लाख १३ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ८५ हजार ८६९ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।...