शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

फोटो र भिडियोको ‘फ्रि स्टोरेज’ सुविधा हटाउँदै गुगल, किल चाल्यो गुगलले यस्तो अप्रिय निर्णय ?

कात्तिक २८ काठमाडौं । गुगलले ५ वर्ष अघिदेखि निशुल्क रुपमा दिएको गुगल फोटोको ‘फ्रि स्टोरेज’ सुविधा हटाउने तयारी गरेको छ । गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको ५ वर्षमा करिब ४ ट्रिलियन फोटो सुरक्षीत गरिसकेको जनाउँदै अब भने प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न नपाउनेगरी तयारी सुरु गरेको गुगलले जनाएको छ ।

यो नयाँ नियम अर्को वर्षको जुन १ देखि लागू हुने बताइएको छ । यद्यपी यो मिति भन्दा अगाडी स्टोरेज गरिएका फोटोहरु भने सुरक्षीत हुने र त्यसउपरान्त स्टोरेज गरिएका निकै कम तस्विरहरुले मात्र स्थान पाउनेछन् ।

यो नयाँ परिवर्तनले पछि अपलोड हुने फोटोहरुमा भने ठूलो प्रभाव पर्ने नै छ । तर यदी कसैले सशुल्क आफ्ना फोटो भिडियो ब्याकअप स्टोरेज गर्न चाहेमा उनीहरुले सदस्यता लिएर स्टोरेज भने गर्न सक्नेछन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *