कात्तिक ३० काठमाडौं । भारतमा एकैदिन ४१ हजार ६ सय ५९ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।यसरी भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख १४ हजार ९ सय २ पुगेको छ ।
त्यस्तै भारतमा एकैदिन कोरोना संक्रमणबाट ४ सय ४९ जनाको मृत्यु भएको छ ।यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २९ हजार ६ सय ७४ पुगेको छ ।
यसरी ८२ लाख ३ हजार ७ सय ३७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ८१ हजार ४ सय ९१ जना संक्रमित उपचार छन् ।
