आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ। ...
कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर

कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर

अन्तराष्ट्रिय, स्वास्थ्य
 कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था गम्भीर बनेको छ। अमेरिकी न्युज च्यानल सीएनएनसले स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ट्रम्पको स्वास्थ्य अवस्थामा समस्या देखिएको हो। ट्रम्पको स्वास्थ्यमा सुधारका लागि अबको ४८ घण्टा निकै महत्वपूर्ण मानिएको छ। यद्यपी शनिबार विहानै ट्रम्पको उपचारमा संलग्न डा. सीन कनले राष्ट्रपतिले स्वस्थ महशुश गरेको बताएका थिए। ट्रम्प र उनकी श्रीमती मेलानियालाई दुई दिन पहिला कोरोना पोजेटिभ देखिएको थियो। यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४९ लाख ८ हजार ६८७ पुगेको छ। हालसम्म २ करोड ५९ लाख ८९ हजार ७५९ जना निको भएका छन् भने ७९ लाख ३६ हजार ९३८ जना संक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट १० लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ। ...
कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
नेता थापाले असोज १५ गते बिहीबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणको शनिबार आएको रिपोर्ट अनुसार नेता थापालाई कोरोना पोजिटिभ देखिएको र आफ्नो सम्र्पकमा आएकाहरुलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् । थापाले शनिबार राति ९ः४८ मा ट्वीट गर्दै अगाडी भनेका छन् हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ, अहिले म घरमै आइसोलेसनमा छु, कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नेछु् । ...
ठूलो संख्यामा बालुवाटारमा सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण

ठूलो संख्यामा बालुवाटारमा सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण

समाचार, स्वास्थ्य
 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। अधिकारीहरुका अनुसार करिब ७० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि हुनेमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी छन्। सचिवालयमै कार्यरत केही सवारी चालक र सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। केहीको रिपोर्ट आउनै बाँकी छ। प्रधानमन्त्रीको सुरक्षाको पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने संक्रमण नदेखिएको र केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। यसअघि आजै प्रधानमन्त्री ओलीका सचिवालयका ३ सल्लाहकार र एक स्वकीय सचिवमा गरि चार जना सदस्यमा संक्रमण पाइएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रधानमन्त्रीका ...
प्रधानमन्त्रीका तीन सल्लाहाकार कोरोना संक्रमित

प्रधानमन्त्रीका तीन सल्लाहाकार कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पनि पसेको छ। प्रधानमन्त्री ओलीका तीनजना सल्लाहाकार र प्रमुख स्वकीय सचिवसमेत कोरोना संक्रमित भएका छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराई र प्रेस सल्लाहाकार सूर्य थापा कोरोना संक्रमित भएका छन्। थापा र भट्टराईले सामाजिक सञ्जालमार्फत आफूहरु संक्रमित भएको जनाएका छन्। यस्तै प्रधानमन्त्री ओलीका स्वकीय सचिब इन्द्र भण्डारी पनि संक्रमित भएका छन्। उनीहरु सबैको गएको शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा उनीहरुमा संक्रमण देखिएको हो। प्रधानमन्त्री ओलीका निकटका व्यक्तिहरुमा कोरोना देखिएपछि उनको पनि परीक्षण गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ। ...
२१२० कोरोना संक्रमित थपिए, २ हजार ४४ निको भए

२१२० कोरोना संक्रमित थपिए, २ हजार ४४ निको भए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा देशभरमा थप २ हजार १२० जना संक्रमित थपिएकाे बताए।  प्रवक्ता गाैतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ। त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जानको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको सख्या ५२८ पुगेको छ। ...
सुरक्षित गर्भपतन

सुरक्षित गर्भपतन

शिक्षा, समाचार, स्वास्थ्य
असोज १६ काठमाडौं । गर्भपतन भन्नाले गर्भमा रहेको भ्रुण वा बच्चा जन्मिनु भन्दा लगावै नष्ट हुनु वा खेर जानुलाई बुझाउँदछ । यो प्रकृया दुई किसिमले हुन्छ । पहिलो आफै हुने गर्भपतन हो भने दोस्रो औषधी तथा उपकरण प्रयोग गरि गराइने गर्भपतन । मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट तालिम तथा योग्यता प्राप्त स्वास्थ्य कर्मी वा चिकित्सको सल्लाह र सहयोगमा गर्भवतीको अनुमतिमा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । यदि कोही कसैले चिकित्सकको सल्लाह बिनानै औषधी पसलहरुबाट गर्भपतनका औषधी खाने वा अन्य विधि प्रयोग गरेर गर्भपतनका औषधी खाने वा अन्य विधि प्रयोग गरेर गर्भपतन गराइन्छ वा गराउन खाजिन्छ भने त्यस्तो अवस्था भनेको असुरक्षित गर्भपतन हो । जसले गर्दा गर्भवती आमालाई रक्क्त अल्पत्ता वा मृत्यु र भ्रुण अवस्था बच्चामा खराबी वा वितलाङ्ग बच्चा जन्मिने जस्ता जटिलताहरु आउन सक्छन् । नेपाल विश्वमा नै उच्च मातृमु...
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

समाचार, स्वास्थ्य
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृतक संख्या १ लाख ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ । ...
१५५९ जनामा कोरोना पुष्टि,७ जनाको मृत्यु  १०५७ डिस्चार्ज

१५५९ जनामा कोरोना पुष्टि,७ जनाको मृत्यु १०५७ डिस्चार्ज

समाचार, स्वास्थ्य
 बुधबार देशभर एक हजार ५५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५५९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ। यस्तै आज काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। गत २४ घण्टामा १२ हजार ...
सङ्क्रमणको जोखिम कम गर्न सरकारले चालेको कदमको मात्र भर परेर हुँदैन: :डा. डीआर उपाध्याय

सङ्क्रमणको जोखिम कम गर्न सरकारले चालेको कदमको मात्र भर परेर हुँदैन: :डा. डीआर उपाध्याय

समाचार, स्वास्थ्य
कोरोना भाइरसको सङ्क्रमणको दिनप्रतिदिन बढ्दो छ । मंगलबार उपत्यकामा मात्रै ९ सय ३४ सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको सबैभन्दा बढी सङ्ख्या हो । यस्तै मंगलबार देशभरमा १ हजार ५ सय १३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मंगलबारसम्म कुल सङ्क्रमितको सङ्ख्या २३ हजार २ सय ६४ पुगेको छ भने देशैभरका कुल सङ्क्रमितको सङ्ख्या ७६ हजार २ सय ५८ र सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३ सय ९६ पुगेको छ । मंगलबार काठमाडौं ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा १८ हजार ८ सय ७७, ललितपुरमा दुई हजार ३ सय ४६ र भक्तपुरमा दुई हजार ३७ सङ्क्रमित पुगेका छन् । यतिवेला उपत्यकाको जनजीवन सामान्य देखिए पनि काठमाडौं हटस्पट बन्दै गएको पछिल्लो कोरोना सङ्क्रमितले पुष्टि गर्दछ । देशभर सक्रिय कोरोना भाइरस स...