आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

आज देशभरमा २ हजार ५९ जना,काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित थपिए

आज देशभरमा २ हजार ५९ जना,काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित थपिए

समाचार, स्वास्थ्य
 शुक्रबार देशभर २ हजार ५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ५९ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ६७६ पुगेको छ। हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ६८० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ। यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ। गत २४ घण्टामा १३ हजार २७९ जनाक...
बढ्दो कोरोना भाइरस संक्रमणप्रति सचेत बनौं:डा.डिआर उपाध्याय

बढ्दो कोरोना भाइरस संक्रमणप्रति सचेत बनौं:डा.डिआर उपाध्याय

समाचार, स्वास्थ्य
बढ्दो कोरोना भाइरस संक्रमणप्रति सचेत बनौं कोरोना भाइरस संक्रमणको दरले सीमा नाग्दै छ । यसको रोकथाम र नियन्त्रणमा आफै लाग्नु पर्ने आबश्यकता देखियो । महिनौंको ‘लकडाउन’ र निषेधाज्ञाले पनि कोरोना भाईरस नियन्त्रणमा आउन सकेन । मुलुकको अवस्था झन्–झन् डरलाग्दो बन्दै छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गइरहेको छ । संक्रमणको गति यसरी बढनु भनेको डर लाग्दो संकेत हो । सरकारले प्रभावकारी कदम चाल्नु पर्ने आबश्यकता देखियो । यदि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने परिस्थिति भयावह हुने संकेत स्पस्ट देखिएको छ । त्यसैले, सरकारले रोकथाम र नियन्त्रणका लागी उपाय अपनाउनुपर्छ । नागरिकले पनि पर्याप्त सतकर्ता अपनाउनु पर्ने जरुरी छ । सक्रिय संक्रमित संख्या २५ हजार नाघि सक्यो । लामो समयसम्म काठमाडौं उपत्यका सुरक्षितजस्तै थियो । अहिले संक्रमणको दर बढेको देखदा स्थिती डर लाग...
मुख्यमन्त्री पौडेलको स्वकीय सचिवलाई संक्रमण पुष्टि

मुख्यमन्त्री पौडेलको स्वकीय सचिवलाई संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो। काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ। परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बसेको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुझिएको छ। सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताइन्। सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०-१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन्। काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ। ‘मुख्यमन्त्रीज्यूले विगतदेखि नै पर्याप्त सामाजिक दूरी र उच्च सावधानी अपनाएर आफ्ना कार्य गर्दै आउनुभएको छ, त्यो निरन्तर रहन्छ’, मुख्यमन्त्रीका ...
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा ९४ हजार २ सय ५३ जना कोरोना संक्रमित भएका छन् ।
कोरोना भाइरसको उच्च जोखिम रहेकोले काठमाडौं उपत्यकामा ओहोरदोहोर नगर्न आग्रह

कोरोना भाइरसको उच्च जोखिम रहेकोले काठमाडौं उपत्यकामा ओहोरदोहोर नगर्न आग्रह

समाचार, स्वास्थ्य
सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै ओहोरदोहोर नगर्न सचेत गराएको छ । मन्त्रिपरिषद्‌का निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोर गर्दा संक्रमण फैलिन सक्ने भन्दै सतर्क रहन आग्रह गरे । ४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भए थप जोखिम बढ्ने बताउँदै मन्त्री ज्ञवालीले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन अपिल गरे । ...
थप १ हजार ५५१ जनामा कोरोना, निको भए २ हजार ३४०

थप १ हजार ५५१ जनामा कोरोना, निको भए २ हजार ३४०

समाचार, स्वास्थ्य
मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।  त्यस्तै यस अवधिमा २ हजार ३४० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।  त्यस्तै थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ।  ...
बिरामीहरु गेटबाट फर्कन नपरोस् :स्वास्थ्यमन्त्रीको निर्देशन,

बिरामीहरु गेटबाट फर्कन नपरोस् :स्वास्थ्यमन्त्रीको निर्देशन,

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् । सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिए । देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै सो निर्देशन दिएका हुन् । चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न भनेका थिए । कोभिड १९ विरूद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड १९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमि...
विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्वमा एकैदिन दुई लाख ६२ हजार २ सय ९४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार ४ सय ९२ पुगेको छ । त्यस्तै विश्वमा एकैदिन ४ हजार २ सय ७ जना संक्रमितको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८ सय ४९ पुगको छ । त्यस्तै दुई करोड ६८ लाख ५९ हजार ३ सय ६१ संक्रमित उपचारपछि निको भएका छन् । ...
काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। ...
गम्भीर प्रकृतिका संक्रमित बढ्दै,२ सय ६० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत

गम्भीर प्रकृतिका संक्रमित बढ्दै,२ सय ६० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत

समाचार, स्वास्थ्य
केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् । हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । न...