सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै ओहोरदोहोर नगर्न सचेत गराएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोर गर्दा संक्रमण फैलिन सक्ने भन्दै सतर्क रहन आग्रह गरे ।
४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भए थप जोखिम बढ्ने बताउँदै मन्त्री ज्ञवालीले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन अपिल गरे ।
