आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने

यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने

समाचार, समाज
यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । सबै क्षेत्र खुल्दै गएपछि सवारी साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो । जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ । जोरबिजोरका रूपमा सवारी चलाउने ...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा  अनिवार्य मास्क लगाउन सबैलाई आह्वान

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा अनिवार्य मास्क लगाउन सबैलाई आह्वान

समाचार, समाज
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको हो। संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ। विगतमा खुल्लारुपमा क्रिसमस मनाउन पाइएको भएपनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन संगठनले विशेष जोड गरेको छ । क्रिसमस मनाउने क्रममा हेलचक्रयाइँ गरियो भने युरोपभरी नै कोरोनाभाइरसको महामारी फेरी अझ बढ्ने खतरा भएको तर्फ चिन्ता व्यक्त गरिएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्यसम्वन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टि...
९ महिनादेखि भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट खुला

९ महिनादेखि भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट खुला

समाचार, समाज
 ९ महिनादेखि भक्तजनका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट खुला भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत ९ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको थियो । प्राचीनकालदेखि नियमित रुपमा नियमित रुपमा भक्तजनले दर्शन गर्न पाइरहेकामा ९ महिनादेखि रोकिएकाले मंगलबन क्षमा पूजा गर्दै आजबाट मन्दिर दर्शन खुला गरिएको हो । क्षमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेकी थिइन् । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । “महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न...

नेपाली बगानमा पाँच अलैँचीको जात पहिचान

समाचार, समाज
नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ । अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो । केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपच...
काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार, समाज
काठमाडौँको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना२क ३२३ नम्बरको निसान गाडी आज बिहान अनियन्त्रित हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गाडी सडकदेखि २५० मिटर तल खसेको थियो । गाडीका चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । ...
करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा आइतबार विहान ९ बजेदेखि पुनः संचालनमा

करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा आइतबार विहान ९ बजेदेखि पुनः संचालनमा

समाचार, समाज
करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको हो आइतबार विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा बिहान ७ बजेदेखि नै यात्रु तथा भक्तजनहरु अत्यन्त उत्साहका साथ गेटमा आई लाईनमा बसि सकेका थिए । लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर र बजार खुलेसंगै केबुलकारबाट मन्दिर दर्शन गर्न जाने भक्तजनहरुको भीड लागेको हो ।  केबलकारले यात्रुहरुलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने आदि व्यवस्था मिलाईएको छ ।   केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वत...
पुस १ गते बुधबारदेखि पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला,मङ्गलबार बिहान क्षमा पूजा

पुस १ गते बुधबारदेखि पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला,मङ्गलबार बिहान क्षमा पूजा

समाचार, समाज
नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । “महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम...
यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

राजनीति, समाचार, समाज
डा.डिआर उपाध्याय मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो तर जनताले अहिले सम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । हरेक राजनीतिक परिर्वनमा जनताको प्रत्यक्ष सहभागी हुँदै आएको छ । परिवर्तन पछि जनताले आफूले सोचेको काम नभए पछि असन्तुुष्टी व्यक्त गर्दै आएका छन् र अहिलेको वर्तमान अवस्थामा पनि जनता सन्तुष्टी छैनन् । जब सम्म जनता सन्तुष्टी हुँदैनन् तब सम्म जनताले व्यवस्था परिवर्तनको प्रश्न उठाई रहन्छन् । यो निराशाको संकेत हो । जनतालाई निराशा आउन दिनु हँुदैन् । जनता निराश हुनु भनेको राम्रो कुरा होइन् । यवस्था प्रतिको खतराको घण्टी हो । आजको युग भनेको प्रविधि र सञ्चारको युग हो । अहिले नेपाली जनतालाई ठग्ने, ढाट्ने, छल्ने र भ्रमको राजनीति गर्ने हिजोको जस्तो आजको अवस्था छैन । यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझ्नु जरुरी छ । राजनीतिक दलका नेताहरुले जनतालाई भ¥याङ बनाएर सत्तामा पुगेका छन् । जब सत्...
अझै दुई महिना नखुल्ने नयाँ सवारी चालक अनुमतिपत्र

अझै दुई महिना नखुल्ने नयाँ सवारी चालक अनुमतिपत्र

समाचार, समाज
नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। उनका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको छ । उनले भने, “त्यसपछिको अवस्था हेरेर निर्णय गरिनेछ।” लामो समयसम्म अवरुद्ध भएकाले तत्काल खुलाउँदा सेवाग्राहीको धेरै भीड हुनसक्ने देखिएको प्रवक्ता डा भुसालले बताए। नयाँ अनुमतिपत्रका लागि परीक्षा लिने र वितरणको काम प्रदेश सरकारले गर्ने भए पनि छाप्ने काम र त्यसको ‘अनलाइन सिस्टम’ विभागसँग हुन्छ। त्यसैल...
बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते

बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते

समाचार, समाज
बझाङमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार बा३क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । टिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । ...