आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न

हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न

समाचार, समाज
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्पदामध्ये १२ वटामा कुनै क्षति नभएको अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । “हाल बनिरहेका सम्पदाको काम नसकी काम गर्नु नहुने भएकाले २० सम्पदाको काम अझै शुरु हुन सकेको छैन, माजुदेगअघि कामदेव मन्दिर छ, माजुदेग पुनःनिर्माण नसकी कामदेव मन्दिरको काम गर्न सकिँदैन”, उनले भने । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले...
बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध

बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध

समाचार, समाज
यूरोपेली मुलुक बेलायतबाट नेपाल आउन प्रतिबन्ध लागेको छ । नेपाल सरकारले बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सुचना जारी गर्दै बेलायतबाट वा बेलायत ट्रान्जिट भएर आउने कुनै पनि यात्रु नबोक्न निर्देशन दिएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् । ...
बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

समाज
काठमाडौं ,पुस ७। बुढानिलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ।बुढानिलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो।करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन्। नगरपालिकाको स्वास्थ्य ,शिक्षा ,धर्म संस्कृति ,बालबालिका ,महिला तथा जेष्ठ नागरिकहरुका विभन्न मुद्दा तथा सरोकारका विषयहरुमा नीति निर्माण ,योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयन जस्ता महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने सो समितिमा संयोजक ढकाल संगै वडा नं ४ का अध्यक्ष राजु खड्का ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका ...
निर्वाचन आयोगले चुनाव घोषणा भएकोले मतदाता नामावली संकलन रोक्ने

निर्वाचन आयोगले चुनाव घोषणा भएकोले मतदाता नामावली संकलन रोक्ने

समाचार, समाज
निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न रोकेको छ। आयोगको सोमबार बसेको बैठकले चुनाव घोषणा भएको भन्दै अर्को व्यवस्था नभएसम्म मतदाता नामावाली रोक्ने निर्णय गरेको छ। आयोगले निर्णयपछि जिल्ला निर्वाचन कार्यालयहरुलाई परिपत्र पठाउँदै मतदाता नामावली संकलन रोक्न निर्देशन दिएको छ। अब नयाँ निर्वाचन कानून आएपछि सोही व्यवस्थाअनुसार मतदाता नामावालीबारे निर्णय हुनेछ। चुनाव घोषणा नभएको अवस्थामा १८ वर्ष पुगेका नेपाली नागरिकहरले वर्षभरी नै मतदाता नामावाली फार्म भर्न पाउँछन्। ...
मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र  ४२ मेगावाट उत्पादन शुरु

मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र ४२ मेगावाट उत्पादन शुरु

समाचार, समाज
म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र उत्पादन शुरु गर्ने तयारी गरेको छ। माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र विद्युत्गृहमा उपकरण जडान सकिएको छ। निर्मित संरचना र जडान भएका उपकरणको परीक्षण शुरु गरिएको आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले बताए। “संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ”, उनले भने “बनाएका र जोडिएका संरचना ठीक भए नभएको परीक्षणको चरणमा छौँ।” बाँधको यसअघिनै परीक्षण भइसकेको छ। सुरुङ, क्यानल र पेनस्टकको परीक्षणका लागि कार्यतालिका बनाइएको छ । त्यसपछि विद्युत्गृहको परीक्षण गरिने इञ्जिनीयर खड्काले बताए। सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङ २०७६ वैशाखमा जोडिएको थियो । नारच्याङको बेँसीगाउँस्थित...
बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित

समाचार, समाज
बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल जेसिजको भलबारी, बुटवलमा शनिबार सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशन नेपाल जेसिजको बर्ष २०२० का शाखाहरु मध्ये सामुदायिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत नेपाल भरी उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो । बेलबारी शाखालाई सन् २०२० जनवरीमा समेत उत्कृट शाखाको रुपमा सम्मानित गरेको थियो । बर्ष भरिमा सर्वाधिक ४७ वटा कार्यक्रम सञ्चलन गरेको बेलबारी जेसिजलाई देशभरका शाखाहरुमध्येबाट उत्कृष्ट शाखाको रुपमा सम्मानित गर्दा समुदायमा थप काम गर्ने प्रेरणा पाप्त भएको जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताउनुभयो । ५ बर्ष अघि स्थापना भएको बेलबारी जेसिजले छोटो अवधिमा सर्वाधिक लोकप्रिय काम मार्फत यो उपलब्धि हासिल गरेको हो  ...
बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबार (आज) देखि भक्तजनका लागि खुला

बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबार (आज) देखि भक्तजनका लागि खुला

समाचार, समाज
विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ। कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए। बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्ने पनि उनले जानकारी दिए। नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ। मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो। ब...
डिसेम्बर १८ अन्तर्राष्ट्रिय आप्रवास दिवस

डिसेम्बर १८ अन्तर्राष्ट्रिय आप्रवास दिवस

समाचार, समाज
आप्रवासीहरु जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइँदै आइएको छ। कामका लागि परदेश जाने र उनका परिवारको अधिकारका लागि यो दिवस नेपाल लगायत विश्वभरी आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई यो दिवसका रुपमा मनाउन थालिएको हो। यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएका छन्। तर नेपालमा वर्षेनी आप्रवासी दिवस मन...
समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा ३२ विपन्न परिवारलाई राहत बितरण

समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा ३२ विपन्न परिवारलाई राहत बितरण

समाचार, समाज
बिवाहित महिलाहरुको हितमा ऐक्यवद्धता जनाउदै पिडित महिलाहरुको सहयोगार्थ उनीहरुको हित तथा संरक्षण हेतु क्रियाशिल संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले कमैयामुक्त बस्तीका ३२ विपन्न परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ । उक्त संस्थाकी केन्द्रिय अध्यक्ष तथा गीतकार यमु शर्मा सुब्बाले आफ्नो बैवाहिक बर्षगॅाठको अवसर पारेर कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को कमैयामुक्त बस्ती झलारीमा आर्थिक अवस्था कमजोर अति विपन्न,गर्भवती तथा सुत्केरी एवं जेष्ठ नागरिकलाई लक्षित गरि करिव ३२ जनालाई प्रती व्यक्ति एक थान न्यानो कम्वल,१ क्रेट अण्डा,२ किलो पोषण लिटो,विस्कुट,२वटा सावुन लगायतको सामाग्री वितरण गरिएको थियो । ‘मानव सेवा नै माधव सेवा’ हो भन्दै कोरोना महामारीका बेला सानो सहयोग भए पनि समस्यामा परेकाहरुलाई मलहम होस भनेर जाडोयाम सुरु भएसँगै कमजोर आर्थिक अवस्था भएका सुत्केरी ...
भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

समाचार, समाज
भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो। अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणालि नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए। जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न याताय...