शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

निर्वाचन आयोगले चुनाव घोषणा भएकोले मतदाता नामावली संकलन रोक्ने

निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न रोकेको छ। आयोगको सोमबार बसेको बैठकले चुनाव घोषणा भएको भन्दै अर्को व्यवस्था नभएसम्म मतदाता नामावाली रोक्ने निर्णय गरेको छ।

आयोगले निर्णयपछि जिल्ला निर्वाचन कार्यालयहरुलाई परिपत्र पठाउँदै मतदाता नामावली संकलन रोक्न निर्देशन दिएको छ।

अब नयाँ निर्वाचन कानून आएपछि सोही व्यवस्थाअनुसार मतदाता नामावालीबारे निर्णय हुनेछ। चुनाव घोषणा नभएको अवस्थामा १८ वर्ष पुगेका नेपाली नागरिकहरले वर्षभरी नै मतदाता नामावाली फार्म भर्न पाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *