आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प

डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प

समाचार, समाज
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिए। भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको बताइएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिक कोलाहल गर्दै घर बाहिर निस्किएका थिए । भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । रासस ...
इलाममा लोपोन्मुख पाटेबाघ फेला परेको छ

इलाममा लोपोन्मुख पाटेबाघ फेला परेको छ

समाचार, समाज
इलाममा लोपोन्मुख पाटेबाघ फेला परेको छ । इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन । कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ । चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ । नेपालमा पाटेबाघको संख्या २३५ छ । रासस ...
सरकारले सवारी साधनको विवरण १५ दिनभित्र महालेखा कार्यालयमा  अभिलेखीकरण गराउन निर्देशन

सरकारले सवारी साधनको विवरण १५ दिनभित्र महालेखा कार्यालयमा अभिलेखीकरण गराउन निर्देशन

समाचार, समाज
 सरकारले सवारी साधनको विवरण १५ दिनभित्र महालेखा कार्यालयमा  अभिलेखीकरण गराउन निर्देशन दिएको छ । सरकारी सवारी साधनको प्रयोगलाई व्यवस्थित गर्न सबै मन्त्रालय तथा निकायहरूलाई सवारी साधनको विवरण सो अवधिभित्र ‘पब्लिक एसेट म्यानेजमेन्ट सिष्टम’ (पीएएमएस) मा प्रविष्ट गर्न निर्देशन दिएको हो । साथै चारपाङ्ग्रे सवारी साधन तथा तिनको प्रयोगकर्ताको पूर्ण अद्यावधिक विवरण तीन दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन समेत निर्देशन दिएको छ । र यसको अनधिकृत प्रयोग रोक्न समेत निर्देशन दिएको हो ।  गते २२ गते प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका मुख्य सचिव बैठकले गरेको निर्णय मन्त्रालयहरूले आफू मातहतका विभाग तथा कार्यालयहरूलाई आज शुक्रबार यस्तो निर्देशन दिएका हुन् ।  हालसम्म सरकारी सम्पत्तिको अभिलेखीकरण नहुँदा कुन मन्त्रालय तथा निकायसँग कति सवारी साधन छ भन्ने विवरण सम्बन्धित मन्त्...
बालाचतुर्दशी पर्व आज पशुपतिनाथ मन्दिरमा दीपदान गर्न नपाइने, दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने

बालाचतुर्दशी पर्व आज पशुपतिनाथ मन्दिरमा दीपदान गर्न नपाइने, दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने

समाचार, समाज
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले बताए । आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गर्ने...
नेपाल विद्युत प्राधिकरणले  आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने

नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने

समाचार, समाज
 नेपाल विद्युत प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ । ...
काठमाडौँ महानगरपालिका (कामपा) ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने

काठमाडौँ महानगरपालिका (कामपा) ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने

समाचार, समाज
काठमाडौँ महानगरपालिका (कामपा) ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सहमतिपत्र अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा करीब रु १७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने छ । हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ क्षेत...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान हुस्सुका कारण प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान हुस्सुका कारण प्रभावित

समाचार, समाज
काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान करिब ६ः३० बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि अर्थात बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए । “बिहान एक मात्र अन्तर्राष्ट्रिय...
हप्तामा दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव

हप्तामा दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव

समाचार, समाज
हप्तामा दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठन गरिएको बिदा अध्ययन सम्बन्धी समितिले तयार पारेको प्रतिवेदनमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सार्वजनिक गरिएको छ। सो समितिले प्रारम्भिक प्रतिवेदन तयार पारी आवश्यक सुझावका लागि बिहीबार सार्वजनिकसमेत गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सो समितिका संयोजक भट्टराईले यो प्रतिवेदन प्रारम्भिक भएको र त्यसमा सुझावका लागि सार्वजनिक गरिएको जानकारी दिए। उनले अन्तिम प्रतिवेदन पनि छिट्टै तयार हुने बताए। प्रतिवेदनमा भनिएको छ, ‘विविध पक्षहरुमा गरिएको विश्लेषणबाट हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी र कार्यालय तथा संस्थाहरुको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनम सहयोग...

कोभिड–१९ का कारण चैतदेखि बन्द भएको नेपाल भारत उडान खुल्ने

समाचार, समाज
 कोभिड–१९ का कारण चैतदेखि बन्द भएको नेपाल भारत उडान खुल्ने भएको छ । एयर बबल उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान गर्ने गरी सहमति दिएको भारतीय राजदूतवासले जानकारी दिएको छ । केही समय अगाडि नेपालले भारतको दिल्ली उडान गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा नेपालले भारतसँग नियमित उडान खुला विषयमा पत्र पठाएको थियो । भारतको एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले उडान गर्ने पाउने गरी सहमति दिएको हो। नेपालसँग भारतले दसैंअगाडि नै एयर बबल उडान गर्ने प्रस्ताव पठाएको थियो। तर, उक्त समयमा नेपालले सहमति दिएको थिएन । एयर बबल उडानमा भारतीय र नेपाली नागरिक मात्रै हुनु पर्नेछ। ...
गत चैत ७ गतेदेखि बन्द भएको  सदर चिडियाखा बिहीबार (आज)देखि खुल्ने

गत चैत ७ गतेदेखि बन्द भएको सदर चिडियाखा बिहीबार (आज)देखि खुल्ने

समाचार, समाज
विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा बिहीबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ । चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको र अनलाइनमार्फत पनि लिन सकिने जानकारी दिए । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । भिडभाड व्यवस्थापन गर्न एक पटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्त...