बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

सरकारको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय

सरकारको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय

समाचार, समाज
सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन्। स्वास्थ्यको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। अन्तरराष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ । काठमाडौँ–दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौँ–स्तानबुलमा साताको दुई, काठमाडौँ–दुबई...
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो

समाचार, समाज
आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ। केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा आजदेखि लागू भएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सँयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो। आजदेखि उपत्यका निजी सवारी साधान जोडविजोड प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ। यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था गरिएको छ। आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपूर्जाका पसल खोल्न पाइने छ। यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ। बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुल...
ललितपुरका सबै सरकारी एवं सार्वजनिक निकायमा आजदेखि नियमित सेवा प्रवाह

ललितपुरका सबै सरकारी एवं सार्वजनिक निकायमा आजदेखि नियमित सेवा प्रवाह

समाचार, समाज
 जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँका सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ। सहायक प्रजिअ ललितकुमार बस्नेतले आज विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराएका छन। यहाँका तीन गाउँपालिकावासीले बुधबार तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार सेवा लिन पाउने पत्रमा उल्लेख छ। यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ। त्यसैगरी शान्त्ति सुरक्षाको निवेदन र कानूनबमोजिम हुने मुद्दा तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य भने ...
बिरगंज रोट्रयाक्ट क्लबले पायो अन्तराष्ट्रिय अवार्ड

बिरगंज रोट्रयाक्ट क्लबले पायो अन्तराष्ट्रिय अवार्ड

समाचार, समाज
बिरगंज रोट्रयाक्ट क्लबले यस वर्षको उत्कृष्ट परियोजनाको अवार्ड हात पार्न सफल भएको छ ।रोट्रयाक्ट दक्षिण एशिया सम्मेलन रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानद्वारा संयुक्त रुपमा आयोजना गरिएको। सम्मेलनमा रोट्रयाक्ट क्लब बीरगंजले उत्कृष्ट परियोजनाको पुरस्कार तथा दक्षिण पूर्वी एशिया बहुउद्देश्य सूचना केन्द्रले समुदाय सेवा परियोजना पुरस्कार प्राप्त गरेको हो । क्लबले गर्ने एक परियोजना मार्फत बिरगंजमा आयोजना गरेको निशुल्क आंखा उपचार शिविर आयोजना गरेको थियो । सोही आयोजना सफलता पूर्वक सम्पन्न गरेको कारण क्लबले उक्त अवार्ड प्राप्त गरेको हो ।एक साता सम्म संचालनमा रहेको उक्त शिविर क्लबको एक प्रोजेक्टको रुपमा रहेको थियो । उक्त प्रोजेक्टका लागी क्लबले सात दिने निशुल्क आंखा उपचार शिविरको आयोजना गरेको थियो । बिरगंज आसपासका बिरामी समेत उपस्थिती रहेको उक्त शिविरमा करीब बाईस सय जना भन्दा बढिको...
सर्वोच्च अदालतको कोभिड–१९ विरुद्धको खोप पत्रकारलाई प्राथमिकताका साथ दिन अन्तरिम आदेश

सर्वोच्च अदालतको कोभिड–१९ विरुद्धको खोप पत्रकारलाई प्राथमिकताका साथ दिन अन्तरिम आदेश

समाचार, समाज
सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता प्रदान गर्नू ।” आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनु भनिएको छ। अर्थसंसार डटकमका प्रधानसम्पादक तथा अधिवक्ता लिलानाथ घिमिरेले प्रधानम...
उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप, जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप, जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने

समाचार, समाज
काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ। ३ वटै जिल्लाका सिडिओहरुको बैठकले निषेधाज्ञा असार १४ गते सम्म लम्ब्याउने निर्णय गरेको छ। अबको निषेधाज्ञा भने केहि खुकुलो हुने छ। उपत्यकामा जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने निर्णय भएको छ। यस्तै, ३ जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। असार ८ देखि निजी सवारी साधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय तीनै जिल्लाका प्रजिअहरुको बैठकले आइतबार साँझ गरेको हो। त्यसैगरी बारका आधारमा पसलहरु सञ्चालन गर्न दिने निर्णय भएको छ। 437Shares ...
महाकाली नदीमा पानीको बहाव यो यस वर्षकै उच्च

महाकाली नदीमा पानीको बहाव यो यस वर्षकै उच्च

समाचार, समाज
महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ। “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।” महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन्। “विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ”, प्रनानि गुरुङले भने, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ। रु तीन अर्ब ६७ करोडको लागतमा निर्म...
असार ७ गतेपछि निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने

असार ७ गतेपछि निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने

समाचार, समाज
यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो । यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ९सीसीएमसी०लाई दिइएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्मा स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउँछन् । सीसीएमसीमा आबद्ध एक उच्च अधिकारीका अनुसार मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना सङ्क्रमण घटाउने रणनीति हो । निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ । उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायम...
राष्ट्रिय मानव अधिकार आयोगको बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगको बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह

समाचार, समाज
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु

भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु

समाचार, समाज
मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ। जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एकरएक जनाको मृत्यु भएको हो। यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन्। प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्क विहिन छन्। भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन्। यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एकरएक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेलाई स...