बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

बाढीपहिरोले धनजनको क्षति

बाढीपहिरोले धनजनको क्षति

समाचार, समाज
-डा.डिआर उपाध्याय, देशको बिभिन्न स्थानमा लगातार वर्षा हुँदा बाढी तथा पहिरोले धन जनको क्षति पु¥याउँदै गइरहेको छ । अहिले सवैको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित छ । दैविक प्रकोपले देशको बिभिन्न स्थानमा मानवीय क्षेतिका साथै धन जनको क्षति भएको छ, यो दुखद कुरा हो । बाढी पिडीतलाई जसले जे सकिन्छ राहातको ब्यवस्था मिलाउन अव ढिलाई गर्नु हुदैन । विस्थापित नागरिकलाई पुनःस्थापित गर्ने कुरामा सरकारको ध्यान छिटो भन्दा छिटो पुग्नु पर्छ । अहिलेको मनसुनी वर्षा निकै बढी हुन सक्ने संकेत दिइसकेको छ । तर, पनि प्राकृति विपद् रोक्न सकिनेगरी कुनै पूर्व तयारी भएको देखिएन । प्राकृति विपद व्यवस्थापन फितलो देखियो । सकिने जति र सम्भव भए जति प्रयास र अग्रिम व्यवस्थापन हुनु पर्दथ्यो । त्यो देखिएन । लगातार चार दिने अविरल वर्षाले देशका विभिन्न ठाउँमा क्षति पु¥याइसकेको छ । पूर्वनेपालको सिन्धुपाल्चोकमा सात जन...
सभामुख अग्निप्रसाद सापकोटाको  सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन

सभामुख अग्निप्रसाद सापकोटाको सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन

समाचार, समाज
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेका छन् । मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंग विस्तृत जानकारी लिएका छन् । नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे सभामुखलाई संक्षिप्त जानकारी दिएको सभामुख सापकोटाको सचिवालयले जानकारी दियो । लम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेट लगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनुपर्ने बताए । उनले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर ...
प्रधानमन्त्री केपी शर्मा ओलीको बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीको बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन निर्देशन

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए। उनले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही नुरुप कार्य भइरहेको बताए। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए। उनले ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने बत...
‘स्मार्ट लक डाउन’ तर्फ जाने:सिसिएमसी

‘स्मार्ट लक डाउन’ तर्फ जाने:सिसिएमसी

समाचार, समाज
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् । बैठकले वैदेशिक रोजगा...
मेलम्ची नदीको बाढीमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिए

मेलम्ची नदीको बाढीमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिए

समाचार, समाज
मेलम्ची नदीको बाढीमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भेटिएका ७ शवमध्ये ६ जनाको पहिचान खुलेको छ। नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ। मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो। केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन्। बाढीले दर्जनौं पुलहरु बगाएको छ। ...
यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान

यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान

समाचार, समाज
यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो । यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ । यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए । उनले यस ...
भोकालाई कसरी व्यवस्थापन गर्ने ?

भोकालाई कसरी व्यवस्थापन गर्ने ?

समाचार, समाज
-डा.डिआर उपाध्याय, यति बेला मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण गम्भिर संकटमा छ । देशको अर्थतन्त्र डामाडोल छ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको हो ।अस्पतालमा बेड नपाएर वरन्डाहरूमा राखेर बिरामीहरूको उपचार गर्नु पर्ने अवस्था उत्पन्न भयो । देशभरका अस्पतालहरू भरिभराउ भए । अक्सिजनको हाहाकार भयो । उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ । कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन्।कुनै पनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा खासै चासो दिएको देखिएको छैन। यो महामारी र संकटको बेला हो। यो बेला सकारात्मक सोच र जनताको पिर मर्कामा साथ दिने बेला हो ।अहिलेको महामारी नियन्त्रण र रोकथाममा संघीय सरकार देखि स...
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते प्रस्तुत गर्ने

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते प्रस्तुत गर्ने

समाचार, समाज
 काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीवार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, “चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ । त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ । असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ । प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्...
महिला सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्दै नायक संजित भण्डारीको टिम

महिला सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्दै नायक संजित भण्डारीको टिम

समाचार, समाज
‘कोहि पनि भोका नबसुन’ भन्ने नारा बोकेर स्थापना भएको सामाजिक संस्था ईन्ट्रा नेशनल वेलफेयर सर्पोट फाउण्डेशन अफ अमेरिकाका महानिर्देशक रुद्र बानिया तथा नेपालका लोकप्रिय नायक एवं फाउण्डेसनका नेपाल संयोजक दिलिप रायमाझीको अगुवाईमा राजधानी लगायत देशका विभिन्न स्थानमा राहत वितरण कार्य भैरहेको छ ।हाल नेपालमै रहेका समाजसेवी बानिया तथा नायक रायमाझीले कोरोना रोकथाम र न्यूनिकरणका लागी नेपाल सरकारले लागू गरेको लकडाउनको शुरुवाती चरणदेखि नै विपन्न परिवार र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेका छन । अहिलेको विषम परिस्थितीमा कोही नागरिक भोका रहन हुन्न भनेर उक्त फाउण्डेसनका नेपाल सहकर्मीहरु नायक संजित भण्डारी, समाजसेवी बिमला श्रेष्ठ,मोडल निक शर्मा ,नव नायक ओजस थापा,वब श्रेष्ठ तथा भ्वाईस अफ नेपालका बलिया प्रतिस्पर्धी किरण गजमेरको टिमले प्रत्येक दिन राजधान...
सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माण अघि बढाउने

सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माण अघि बढाउने

समाचार, समाज
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ। आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। आयोजनाअन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ। सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेडवर्कको ठेक्का लाग्ने उनले बताए। उनले भने, “सडक नबनेसम्म सुन्दरीजलमा काम गर्न सकिने भएपनि याङ्ग्री वा लार्के खोलामा गर्न सकिँदैन।” आयोजनाको पहिलो चरणअन्तर्गत अहिले मेलम्ची खोलामा ‘हेडवर्क’ निर्माण भइरहेको छ। ...