नेताहरु अवसरको खोजीमा
-डा.डी.आर.उपाध्याय खनाल,
काठमाडौं । बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं संचार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्को तिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ की भन्ने अडकलवाजी सुरु हुन थालेको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरेका छन ।
राजनीतिमा कति खेर के हुन्छ कुनै ठेगान नै हुदैन । नेताहरु अवसरको खोजीमा छन । अवसरवादी राजनीतिले मुलुक पछाडी परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागी कहिले यता कहिले उता गरिरहेका छन । निष्ठाको राजनीति हराउदै गएको छ । मुलुक बनाउने र ढृड इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिले सम्म देशको लागी सोच्ने र देश बनाउने न...









