चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु, ३४ राष्ट्रको सहभागिता
काठमाडौं – चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९ को उदघाटन भव्यता का साथ आयोजना गरी सम्पन्न गरियो। काठमाडौं दरबारमार्ग मा रहेको राइजिङ मल मा चौथौं नेपाल अन्तराष्ट्रिय चलिचित्र महोत्सवमा प्रमुख अथिती का रूप मा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसी ज्यू एबम् नेपाल को प्रथम महिला अभिनेत्री भुवन चन्द,त्यसै गरी नेपाल को पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तराष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का बिशेष अतिथि हरुको उपस्थिति मा एबम् नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अधक्ष्य सन्तोष सुवेदीको सभापतित्व मा आयोजना गरिएको थियो।उक्त महोत्सब मा विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशक हरु की उपस्थिति रहेको थियो।उक्त महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसीले महोत्सव को लागि शु...









