देशमा नयाँ गठबन्धनको संस्कार हुर्कंदै
-डा.डिआर उपाध्याय,
अब मुलुक सुशासन तर्फ अघि बढनु पर्छ । यो हामी सबैको चाहाना हो । आज देशमा निर्वाचन सम्पन्न भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । अब मुलुकले निकास पाउँछ की पाउँदैन भन्ने आम जनताको चाहाना छ । नयाँ सरकार गठन संगै देशमा एक खालको उत्साह बढेको छ । यो सबैले स्वीकार गर्न सक्नु पर्छ । खै किन हो अहिले जनतामा एक खालको उत्साह छ । तर नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले यो बिषयमा गम्भिर बन्नु पर्ने आबश्यकता भने देखिएको छ । संसदमा नयाँ सांसद पनि आइसकेका छन । अब संसदले कस्तो भूमिका खेल्ने ? अब सांसदहरूले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणमा संसदमा सशक्त भूमिका खेल्नु पर्छ । यो नै आजको महत्वपूर्ण बिषय हो । आज मुलुकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।
आज देशमा नयाँ गठबन्धनको संस्कार हुर्...








