बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाचार

राजस्व विभागसँगको मैत्रीपूर्ण फुटवलमा महासंघले ३-१ गोल अन्तरको जित निकाल्यो

खेलकुद, समाचार
काठमाण्डौ, ०७ मङ्सिर – नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागको मैत्रीपूर्ण फुटवल खेलमा महासंघले जित निकालेको छ ।नेपाली सेनाको हेडक्वार्टर स्थित फूटबल मैदानमा विहिबार सम्पन्न खेलमा राजस्व विभागलाई महासंघले ३–१ गोलले पराजित गरेको हो । महासंघको तर्फबाट लक्ष्मी उप्रेतीले २ गोल र रामनाथले १ गोल गरेका थिए । जवाफमा राजस्व विभागले १ गोल मात्र फर्कायो । महासंघ र अर्थमन्त्रालय् आन्तरिक राजस्व विभागको सहकार्यमा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना भएको हो । कर प्रशासन र निजी क्षेत्र बीचको सम्बन्धलाई थप प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त खेलको आयोजना गरिएको खेल संयोजक कृष्ण दुलालले बताए ।...
निर्मला हत्या काण्डः धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ– अनुसन्धानमै छौं

निर्मला हत्या काण्डः धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ– अनुसन्धानमै छौं

अपराध, समाचार, समाज
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बसेका छन् । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्यारालाई कारवाहीको गुहार मागेका निर्मलाका बुवाआमाले हत्यारालाई सार्वजनिक गर्न माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेयता सांसद, नेतादेखि आम सर्वसाधारणको ध्यान त्यहाँ केन्द्रित भएको छ । विहीबार बेलुकासम्म धर्नास्थलको नोटकपीमा करीब एक हजार बढीले न्यायको आन्दोलन भन्दै ऐक्यबद्धता जनाएका छन् । गृहनगरको प्रशासन अगाडि धर्ना बसेका बुबाआमालाई भेट्न पछिल्लो केही दिनयता राष्ट्रियस्तरका नेताको दौडधुप बढी देखिएको छ । धर्नास्...
मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा श्रृंखला खतिवडा

मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा श्रृंखला खतिवडा

मनोरन्जन, समाचार
मंसिर ७, चीनको सान्या सहरमा जारी ‘मिस वल्र्ड –२०१८’ प्रतियोगिताको उत्कृष्ट ३० को सुचीमा नेपाली सुन्दरी श्रृंखला खतिवडा सफल भएकी छिन् । प्रतियोगितामा सामेल १ सय २१ सुन्दरीसँगको प्रतिस्पर्धा पछि उनी उत्कृष्ट ३० मा पर्दै सेमिफाइनलमा पुग्न सफल भएकी हुन । खतिवडा टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुक मार्फत आफू सेमिफाइनलमा पुगेको बताइन । "सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्न्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।" मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी थिइन । २२ वर्षे शृंखला पेसाले एक इन्जिनियर हुन् । यसपटकको मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला यसअघिदेखि नै अगाडि च्हिन। उनी एसियाबाट ...
चिनियाँ महावाणिज्यदूतावासमा आतंकवादी हमला

चिनियाँ महावाणिज्यदूतावासमा आतंकवादी हमला

अन्तराष्ट्रिय, समाचार
इस्लामावाद, मंसिर ७ । पाकिस्तानको कराँची सहरस्थित चिनियाँ महावाणिज्य दूतावासमा भएको आतंकवादी हमलाको प्रयासलाई सुरक्षाकर्मीको टोलीले विफल तुल्याएको छ । शुक्रबार महावाणिज्य दूतावास परिसरमा हतियारसहित प्रवेश गर्न खोजेका लडाकु र सुरक्षाकर्मीबीच केहीबेर घमासान भिडन्तसमेत भएको थियो । घटनामा दुई सुरक्षाकर्मीको मृत्यु भएको जनाइएको छ । सुरक्षा कारवाहीमा हमलाकारीसमेत मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार एक प्रहरी घाइते भएका छन् । घटनामा चिनियाँ महावाणिज्य दूतावासका कर्मचारी तथा कुटनीतिज्ञ सुरक्षित रहेको बताइएको छ । एकाबिहानै महावाणिज्य दूतावास अगाडी विस्फोट भएको थियो । स्थानीय संचारमाध्यमका अनुसार विस्फोट लगत्तै हतियारधारीहरु महावाणिज्य दूतावासभित्र प्रवेश गर्न खोजेका थिए । महावाणिज्य दूतावासको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको टोलीले उनीहरुमाथि जवाफी हमला गरेको थियो । पृथकतावादी स...
नेविसंघका महामन्त्रीलाई हृदयाघात

नेविसंघका महामन्त्रीलाई हृदयाघात

राजनीति, समाचार
काठमाडौं, मंसिर ७ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । (रासस)...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्दै

राजनीति, समाचार
काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए । ‘महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ,’ उनले भने । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि उक्त बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो । बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ । (रासस)...
नेकपा सचिवालय बैठक आज, कार्यदलको प्रतिवेदनमाथि छलफल गरीने

नेकपा सचिवालय बैठक आज, कार्यदलको प्रतिवेदनमाथि छलफल गरीने

राजनीति, समाचार
काठमाडौं, मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा तल्लो तहको पार्टी एकीकरण प्रयास टुंग्याउन कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने जानकारी दिइएको छ । कार्यदलले भने हिजो बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो । महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको कार्यदलले जिल्ला, प्रदेश र जनवर्गीय संगठनमा रहने नामको रुजु गरेको थियो । हिजोको बैठकमा प्रस्तुत गरिएको प्रतिवेदन अध्ययन गरी आजको बैठकबाट अनुमोदन गर्ने तयारी छ । साथै, पोलिटब्यूरोमा रहने संख्या र नाम सचिवालयले नै टुंग्याउनेछ । बैठकबाटै केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने समेत बताइएको छ । सचिवालय बैठकमा स्थायी समिति बैठक बोलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।...
डडेल्धुरा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

डडेल्धुरा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

समाचार, समाज
डडेल्धुरा, मंसिर ७ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा भएको बस दुर्घटनामा परी २६ जना घाइते भएका छन् । डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बेलुकी पौने ६ बजेतिर बस दुर्घटना भएको हो । डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पतालले बताएको छ । मृत्यु हुनेमा डोटी दिपायल सिलगढी नगरपालिकाकी ३५ वर्षीया शशी बिक, शिखर नगरपालिका–११ की २५ वर्षीया गोमा भाट जोरा, सोही ठाउँका ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल, १६ वर्षीय रोहित बलायर, नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, २० वर्षीय तिलक खाती, १७...
महिला टी–२० विश्वकप  क्रिकेटमा अस्ट्रेलिया र इंग्ल्याण्ड  फाइनलमा भिड्ने

महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया र इंग्ल्याण्ड फाइनलमा भिड्ने

खेलकुद, समाचार
काठमाडौं, मंसिर ७ । आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन् । शुक्रबार बिहान फाइनलको समीकरण पुरा भएको छ । बिहान भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले खेलमा तीन बल बाँकी छँदा अलआउट हुदै ११२ रन जोड्यो । उता जवाफइ ब्याटिङमा ११३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । यसअघि पहिलो सेमिफाइनलमा आयोजक एवं पूर्व विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल भने आगामी आइतबार एन्टिगुवामा हुनेछ ।...
हुसेन हत्या प्रकरणमा आन्दोलनरतसंग सहमती सडकबाट शव उठाउन सहमत

हुसेन हत्या प्रकरणमा आन्दोलनरतसंग सहमती सडकबाट शव उठाउन सहमत

अपराध, समाचार
सुनसरी दुहबीका फिदा हुसेनको हत्याको विरोधमा उत्रिएका आफन्त,स्थानियबासी र प्रशासनबीच सहमति जुटेको छ। हत्या भएको २४ घण्टा बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवार,आफन्त, स्थानियवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गर्दै आएका थिए। आफन्तले राखेका माग मध्य्ए गृहमन्त्रीको राजीनामा बाहेकका विषयमा सहमति जुटेको बताइएको छ। सहमतिसँगै परिवारजनले सडकबाट शव उठाएका छन्। शव पोस्टमार्टमका लागि लगिएको जिप्रका सुनसरीले बताएको छ। आफन्तहरूले हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत संस्थामा छोरालाई जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजिनामा दिनुपर्ने माग राख्दै विरोध प्रदर्शनमा उत्रेका थिए। बुधबार बिहान मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी इँट्टा भट्टाका फिदा हुसेनको हत्या गरे...