शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

समाचार

भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले नचाए दर्शकलाई

भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले नचाए दर्शकलाई

मनोरन्जन, समाचार
भारतको कालेबुङमा गायिका सारिका घिमिरे र गायक योगेश काजीले दर्शकलाई नचाएका छन् । भारतको कालेबुङ्मा भएको ‘भ्यालेन्टाइन भोइस अफ दि इयर’को तेस्रो सिजनको अन्तिम प्रतियोगितामा नेपालबाट गएका गायक योगेश र सारिकासँग दर्शक झुमेका हुन् । सामाजिक संस्था हु केयर्सको आयोजनामा भएको कार्यक्रममा क्लिफ ब्याण्डको पनि प्रस्तुति रहेको थियो भने विशेष आकर्षण नेपालबाट गएका गायक योगेश र सारिका थिए । उनिहरुको प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । गायक थुप्देन भोटिया, ल्हमु भोटिया, कमल उपासकलगायतका निर्णयक रहेको उक्त प्रतियोगितामा दश जना प्रतियोगिले अन्तिम प्रतिस्पर्धामा आ-आफ्ना प्रस्तुति दिएका थिए । रजनी सुन्दासले भ्यालेन्टाइन्स भोइस आफ दी इयर तेस्रो सिजनको उपाधि जित्न सफल भएकी थिइन । उनले २५ हजार नगदसहिद विभिन्न गिफ्ट ह्याप्र हात पार्न सफल भएकी थिइन ।   हु केयर्सका प्रवक्त सुमन ग...
राजदूत डा. अन्जना शाक्यबाट इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश

राजदूत डा. अन्जना शाक्यबाट इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश

मनोरन्जन, समाचार
इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अन्जना शाक्यले इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोह माझ उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन । इजरायली राष्ट्रपति कार्यालयद्वारा आयोजित समारोहमा नेपाली राजदूत शाक्यलाई अति विशिष्ट सम्मान दिईएको थियो । त्यस अवसरमा राजदूत डा. शाक्यलाई विशिष्ट सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । समारोहमा राजदूत डा. शाक्य र इजरायली राष्ट्रपति रेउभेन रिभ्लिनबीच आधा घण्टा भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा डाक्टर शाक्यले राष्ट्रपति रिभ्लिन समक्ष नेपालका सातवटै प्रदेशमा इजरायलको सेन्टर अफ एक्सिलेन्सी अर्थात इजरायली प्रविधिको तालिम केन्द्र खोल्नका लागि प्रस्ताव गरिन । राजदूत डा.शाक्यले इजरायली उच्च प्रविधिको कृषि, सूचना–प्रविधि, कम्प्युटर इञ्जिनियरिङ, मेडिकल, शिक्षा तथा...
रोजिन शाक्यको कोरियोग्राफीमा सिङ्गापुरमा ‘हेरिटेज पेजेन्टस् २०१९’ प्रारम्भ

रोजिन शाक्यको कोरियोग्राफीमा सिङ्गापुरमा ‘हेरिटेज पेजेन्टस् २०१९’ प्रारम्भ

मनोरन्जन, समाचार
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै प्रतियोगिताले गति पाएको हो । प्रतियोगिताका लागि सो दिन सम्म नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स, सेन्ट्रल एशिया, कजाकिस्तान, केन्या, नाइजेरिया, क्यामरुन लगायतका मुलुकका प्रतिस्पर्धीहरु आइपुगेका छन् । अन्य सहभागिहरु आउने क्रममा रहेका छन् । सहभागिहरुलाई कार्यक्रम आयोजक संस्था ई प्लानेट प्रा.लि.का अध्यक्ष सन्तोष सापकोटाले स्यास पहि¥याइदिएका थिए । प्रतियोगिताको ग्राण्ड फिनाले यही फेब्रुअरी १६ तार...
गायक सन्तोस परियारकाे ‘मेरी आमा’ बाेलकाे गीत सार्बजनिक (भिडियो सहित)

गायक सन्तोस परियारकाे ‘मेरी आमा’ बाेलकाे गीत सार्बजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं— २८, माघ । लामाे समयदेखि संगीतमा सक्रिय हिमांशु रायमाझीकाे शव्दमा गायक सन्तोस परियारकाे "मेरी आमा" बाेलकाे गीत सार्वजनीक भएकाे छ। गीतमा स्वर र संगीत सन्तोष परियारकाे नै रहेकाे छ। संगीत संयाेजन प्रसन परियारले गरेका छन् । गीतमा फराज अर्पणकाे छायांकन रहेकाे छ। रश्मि भट्ट, स्याम राेक्का, विशाल थापा, हिमांशु रायमाझी र स्वयम् सन्तोस परियारकाे नै अभिनय रहेकाे छ। भिडियाे व्यवस्थापन बिक्रम तामाङ्गले गरेका छन् भने अहिलेका ब्यस्त निर्देशक दिलिप समनकाे निर्देशन रहेकाे छ। याे भन्दा अघि गायक सन्तोस परियारकाे महल र याे जुनीमा भन्ने गीत बजारमा आई सकेकाे छ। रायमाझीले पनि चर्चित गायक कमल खत्री र नेपालआईडल बुद्ध लामाकाे स्वरमा आफ्नाे गीत निकालि सकेकी छिन्। मेरीआमा गीतले दर्शक स्राेताकाे मन जित्ने कुरामा निर्माण पक्ष विस्वस्त छ। भिडियोः https://youtu.be/rEBC-lecK7Y...
डीपीएलमा धनगढीविरुद्द अत्तरिया ५ रनले विजयी

डीपीएलमा धनगढीविरुद्द अत्तरिया ५ रनले विजयी

खेलकुद, समाचार
काठमाडौं— २८, माघ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत जारी तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले दिएको ९६ रनको लक्ष्य पुरै २० ओभर सकिँदा पनि धनगढीले भेटाउन सकेन । उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढीको यो लगातार दोस्रो हार हो । फाप्ला मैदानमा ९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीका लागि राजु रिजाले नटआउट २६ रन बनाएपनि धनगढीलाई जिताउन सकेनन् । धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए भने सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान दिपेन्द्र ऐरीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । यस्तै युवा खेलाडी दिपेन्द्र रावतले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । पहिलो इनिङ्समा अत...
भारतीय कंग्रेसकी प्रियंका गान्धीले सुरु गरिन् निर्वाचन अभियान

भारतीय कंग्रेसकी प्रियंका गान्धीले सुरु गरिन् निर्वाचन अभियान

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— २८, माघ । गत महिना औपचारिक रूपमा भारतीय कंग्रेसको राजनीतिमा होमिएकी प्रियंका गान्धी पहिलोपटक सोमबार सार्वजनिक कार्यक्रममा देखा परेकी छिन् । प्रियंकाको स्वागतमा हजारौँ प्रशंसक सडकमा उत्रिएका थिए । आगामी मे महिनामा हुने निर्वाचनमा प्रियंकाले कंग्रेस पार्टीलाई थप ऊर्जा दिने प्रशंसकहरूले विश्वास गरेका छन् । पहिलोपटक लखनउको कार्यक्रममा सहभागी प्रियंका गान्धी आफ्ना दाजु तथा कंग्रेस पार्टीअध्यक्ष राहुल गान्धीसँगै लखनउमा आयोजित कार्यक्रममा सहभागी भइन् । उनलाई समर्थकले ताली बजाएर स्वागत गरेका थिए । दुई साताअघि उनलाई राहुलले पार्टी महासचिवमा नियुक्त गरेका थिए । उनलाई आफ्नै हजुरआमा तथा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग तुलना गर्न थालिएको छ । उत्तर प्रदेशको लखनउमा आयोजित भव्य कार्यक्रममा सहभागीले ‘राहुल गान्धी र प्रियंका गान्धी दीर्घायु रहून्’ भन्ने नारा लगाउँदै अभिवादन गरेका थि...
बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

अपराध, समाचार, समाज
नवलपुर— २८, माघ । नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका -४ का वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली -२ स्थित जंगलमा ती महिलालाई करणी गरेको आरोप लागेको हो । बैशाख ३० गते युवतीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् । घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ । घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै म...
सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

सार्क सम्मेलनमा आएका विदेशी पाहुनाका लागि ओछ्याइएको रातो कार्पेटमा समेत भ्रष्टाचार

आर्थिक, समाचार, समाज
काठमाडौं— २८, माघ । किन्न खोजिएको कम्पनीको स्पेसिफिकेसन तोकेर टेन्डर नेपाली सेनाका लागि एक थान हेलिकोप्टर खरिद गर्न दुई वर्षअघि सरकारले रकमान्तर गरी एक अर्ब ६८ करोड रुपैयाँ निकासा दिएको थियो । सेनाको नीति तथा योजना निर्देशनालयले इटालीको अगस्ता कम्पनीसँग हेलिकोप्टरको मूल्य पहिल्यै मागेको थियो । अगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर सेनाले टेन्डर माग्यो । खरिद हुने हेलिकोप्टरको विशेषता पनि अगस्तासँग मात्र मिल्ने गरी राखिएको थियो । अगस्ताको हेलिकोप्टर उपलब्ध गराउन इटालीकै कम्पनी लियोनोर्डो एसपिएले मात्र टेन्डर हाल्यो । तर, १६ असार ०७३ को मन्त्रिपरिषद् बैठकले प्रतिस्पर्धा सुनिश्चित गरेर मात्र हेलिकोप्टर खरिद गर्न स्वीकृत दिएको थियो । तर, सेनाले प्रतिस्पर्धाविनै एउटै कम्पनीको कोटेसनका आधारमा एक करोड ३९ लाख ८४ हजार २ सय ४३ युरोमा हेलिकोप्टर किन्यो । यसरी तत्कालीन व...
पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

अपराध, समाचार, समाज
कास्की— २८, माघ । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । (रासस)...
सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

अपराध, समाचार, समाज
सुनसरी— २८, माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए । (रासस)...