विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)
असार २३ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । केही समय अघि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको यो गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रिएशन मार्फत सार्वजनिक गरिएको हो ।
‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको हो । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत निर्देशन रहेको छ भने देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
एल्बममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । यो गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारी रेकर्ड गरिएको हो ।
डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्र...








