मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

साझा बस उपत्यकामा छिट्टै चल्ने

साझा बस उपत्यकामा छिट्टै चल्ने

आर्थिक, समाचार
काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् । सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ । सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ । ...
चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा  ‘सकिन’ सार्वजनिक (भिडियो सहित)

चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा ‘सकिन’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल तथा गायक किरण माईकलको स्वरमा रहेको गीत 'सकिन'को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आत्रेय प्रडक्सन नामक यूट्यूब च्यानलबाट सार्वजनिक गीतको भडियोमा गायक विनोद , किरन तथा विकास लामीछानेको साथमा मोडल सुरविना कार्कीको अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=h_fP8tfxBC4&feature=share&fbclid=IwAR3ztUh6jxS_fVkMnTRosAineC89Z9wHkH-bl_qnKDhcufF7AM3fG9_fTYc सुदिप आत्रेयको शव्दमा तयार पारिएको गीतको संगीत बिनोद तथा किरण माईकलकै रहेको छ भने म्यूजिक प्रोडुसर प्रमोद परियारको रहेको छ । फराज अर्पणको छायांकन,निर्देशन तथा सम्पादन रहेको भिडियोले युवा पुस्तामा देखिएको दुव्र्यसनीको लतमा फसेका युवाहरुको कथा बोकेको छ ।  ...
आत्महत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

आत्महत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

अपराध, समाचार
काठमाडौं । आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाउन लागेको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’ ...
आपत्तिजनक रिपोर्टलाई लिएर जीन्यूजको नेपालीसँग क्षमायाचना

आपत्तिजनक रिपोर्टलाई लिएर जीन्यूजको नेपालीसँग क्षमायाचना

राजनीति, समाचार
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’ तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन । ...
नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

आर्थिक, राजनीति, समाचार
काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका व्यवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ। सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन्। यसका साथै  प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ। बैठकपछि उनले भने, ‘प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेश गर्ने प्रस्ताव मन्...
कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
रियो डे जानेरो- विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ । ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुदै आएको छ । ...
जाजरकोटकाे बारेकोटमा पहिराेले घर बगाउँदा १२ बेपत्ता

जाजरकोटकाे बारेकोटमा पहिराेले घर बगाउँदा १२ बेपत्ता

समाचार, समाज
 बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उहाँकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन्। त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन्। त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए। घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए।...
चर्चित गायक प्रकाश सपूतको ‘नमस्कार’बोलको गीत सार्वजनिक (भिडियो सहित)

चर्चित गायक प्रकाश सपूतको ‘नमस्कार’बोलको गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। लोकप्रिय गायक प्रकाश सपूत नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘नमस्कार’बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा प्रकाशको शब्द, संगीत र स्वर छ। भिडियोमा प्रकाशकै मुख्य अभिनय छ। भिडियोलाई प्रकाशका भाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन्। भिडियोमा अनिल के. मानन्धरको छायाँकन, प्रविण भट्टको सम्पादन छ। प्रकाशले यो गीतलाई परिस्थितिको गीत भनेका छन्। उनी भन्छन् ‘कोरोना नआएको भए र लकडाउन नभएको भए यो गीत बन्ने नै थिएन्।’ प्रकाश गीतका शब्दहरुले जिवनप्रती सकारात्मक उर्जा प्रदान गर्दै हरेक समयमा, हामीसंग जे छ त्यसमै खुशी रहन प्रेरित गर्ने बताउँछन्। हेर्नुहोस् भिडियो : https://www.youtube.com/watch?v=1RAx6TBWSTg&feature=emb_logo ...
अभिविन्द र वर्षा अभिनित छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (भिडियो सहित)

अभिविन्द र वर्षा अभिनित छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ। चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द खनिया र वर्षा भण्डारीको अभिनय हेर्न सकिन्छ। त्यस्तै अनिकेत अधिकारी र प्रख्यात घिमिरेले समेत यसमा अभिनय गरेका छन्। कोरोना भाइरस (कोभिड -१९)को संक्रमण रोक्न गरिएको लकडाउनका कारण एक मध्यमवर्गीय युवामा परेको आर्थिक समस्यालाई छोटो चलचित्रमार्फत देखाउन खोजिएको छ। चलचित्रले सहरमा डेरा गरी बस्ने अधिकांश युवाको अहिलेको समस्या बोलेको छ। ‘लक डाउन’लाई निमा शेर्पाले छायांकन तथा सम्पादन गरेका हुन। ...
‘ज्योतिषी’ अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

‘ज्योतिषी’ अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

अपराध, समाचार
काठमाडौं । आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् । एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी यस अघि २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए । ...