चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ‘उपभोक्ता अधिकार सद्भावनादूत’मा नियुक्त
काठमाडौं । चर्चित कलाकार किरण केसी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सद्भावनादूतमा नियुक्त भएका छन । कलाक्षेत्रमा मात्र नभै समाज परिवर्तनका लागी दृढ विश्वास सहि दिशानिर्देश र निरन्तर कार्य संचालन तथा निष्पक्ष निर्भय कानून कार्यान्वयन एवं सचेतना अभिवृद्धिमा उतिकै सक्रिय रहेका कारण केसीलाई विभागको सद्भावनादूतमा नियुक्त गरिएको छ ।मनोरन्जन क्षेत्रमा रहेर लाखौ करोडौ आमदर्शकको मन जितिसकेका कलाकार केसीको ‘असल सोच विचारले स्नेह र हितपूर्ण स्वच्छ विचार अनि मैत्रीभावले खबर आदान प्रदान गर्न महत्वपूर्ण अभिभारा वहन गर्ने हेतु आफुलाई दिएको उक्त जिम्मेवारीले थप उर्जा मिलेको र यस पुण्यकार्यलाई आफू निश्पक्ष रुपमा व्यवहारमा उतार्न सदा तत्पर रहने’ कुरा केसीले बताए ।
‘अखाद्य वस्तुको प्रयोगले मानवीय स्वास्थ्यमा पर्ने नकरात्मक असरले एक व्यक्तिलाई मात्र नभई सम्पूर्ण परिवारकै स्...









