मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

कलाकारले नै आफ्नो क्रेज घटाए :यमप्रसाद ओली,प्रोडक्सन डिजाइनर

कलाकारले नै आफ्नो क्रेज घटाए :यमप्रसाद ओली,प्रोडक्सन डिजाइनर

अन्र्तवार्ता, समाचार
पहिला-पहिला चलचित्रमा प्रोडक्सन डिजाइनर राख्ने चलन थिएन, जसका कारण फिल्म छायाँकनमा बाधा-अड्चन आउँथ्यो । प्रोडक्सन डिजाइनरले आफ्नो डिजाइनमा काम गर्न थालेपछि निर्मातासँगै होल टिमलाई ठूलो राहत मिल्न थालेको डेढ दशकदेखि प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आइरहेका यमप्रसाद ओली बताउँछन् । अहिले फिल्म निर्माणका लागि आवश्यक सम्पूर्ण उपकरणसहितको प्रोडक्सन हाउसहरु नेपालमै खुलेका कारण ठूलो जनशक्तिले रोजगारी पाइरहेकोमा खुसी व्यक्त गर्दै उनले सानो–सानो कुराका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको सुनाए । एकपछि अर्को चलचित्रमा व्यस्त बनिरहेका ओली फिल्मकर्मीको पहिलो रोजाइमा पर्ने प्रोडक्सन डिजाइनर हुन् । ओलीले आभास, होस्टेल रिटर्नस, बिजुली मेशिन, रुदाने, पुरानो बुलेट, सानो मन, सुखानी सहादत, रिलेसन, प्रोड्युसर, स्कुल, होस्टेललगायतका फिल्ममा काम गर्नुका साथै दर्जनौं म्युजिक भिडियो, लघुचलचित्रहरु, विज्ञ...
कोरोनालाई डा.डिआरको चिठी

कोरोनालाई डा.डिआरको चिठी

समाचार, स्वास्थ्य
डा डीआर उपाध्याय,अप्रिय कोरोनालाई चिठी,अप्रिय कोरोना , के भनोैं , बन्द कोठा भित्र बसेर दिनहरु बिताईरहेको छु । लेख रचना र गीत लेखेर भए पनि समय कटाईरहेको छु । तिमी संग भेट हुन्छ की भनेर घरको गेट सम्म पुगेको छैन । बिश्व मानव जातीलाई तिमीले यति त्रास बनाएका छौ की त्यो भनि साध्य छैन । कोरोना तिमी कस्तो छौ , कुन रगंको छौ । मलाई थाहा छैन । यति थाहा छ , तिमी संग मेरो भेट भयो भने मेरो मात्र ज्यान होइन सिंगो परिवार र समाजको ज्यान जोखिममा जान सक्छ । त्यसैले म घरवाट बाहिर निस्केको छैन र अरुलाई पनि ननिस्कन अनुरोध गरेको छु । कोरोना , तिमी संग मेरो भेट भएन भने कुनै हालतमा मेरो र मेरो परिवारका साथै समाज संग तिम्रो भेट हुने छैन । विश्वलाई गाँज्दै गर्दा नेपालमा पनि दिनैपिच्छे तिम्रो प्रभाव फैलिइरहेको छ। संक्रमितको संख्या बढिरहेको छ। मृतक थपिइरहेका छन्। अप्रिय कोरोना , तिमीले बिश्व मानव जातीलाई कति दु...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘गए तिम्रा यादहरू…’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, शाहस साक्यको एरेञ्ज र दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक भएको हो । रोशिकको निर्देशन/छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा नयन सिंह, परूषोत्तम सानु, रूपा सुनार, रजिना भित्रीकोटीलगायतका फिचर्ड हुनुहुन्छ । https://youtu.be/cRtbBfpPhRM गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् । डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पन...
विश्वको गित‘तिमी माछी फेवातालको’सार्वजनिक (भिडियो)

विश्वको गित‘तिमी माछी फेवातालको’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कोरसमा खेल्ने कलाकारको एउटै सपना हुन्छ – लिडमा खेल्ने कतिको यो सपना पुरा हुन्छ भने कतिको सपनामै सिमित हुन्छ। यहि फ्रन्टलाईनमा देखिने चाहको कथालाई एउटा म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ। चर्चित छायाँकार अमृत सुनुवारले निर्देशन गरेको यस म्यूजिक भिडियो ‘तिमी माछी फेवातालको’ लाई यहि कोरसको सपनालाई प्रस्तुत गर्न खोजिएकोछ। उक्त म्यूजिक भिडियोमा कलाकार दिक्पाल कार्की र श्रष्टी खड्काको अभिनय रहेको छ। एक सुटिङ्गको परिवेसमा दिक्पाल र श्रीष्टी कल्पनामा डुबेर आफै नायकनायिकाको सपनामा रमाएको र पछि प्याकअप हुँदा आफ्नै दुनियाँमा फर्केको कथाबस्तु रहेको छ। https://youtu.be/WNi0Cc_GA6E गीतको रचना गीतकार डा. अनिल बरालको रहेको छ। गीतलाई संगीतकार आनन्द राईले संगीत भरेका छन् भने स्वर विश्व नेपालीको रहेको छ। आवेश बज्राचार्यले छायाङ्कन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका छन्। भिडियोम...
अत्यावश्यक खाद्य वस्तु घुम्ती सेवामार्फत बिक्री हुने:उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-साल्ट ट्रेडिङ

अत्यावश्यक खाद्य वस्तु घुम्ती सेवामार्फत बिक्री हुने:उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-साल्ट ट्रेडिङ

आर्थिक, समाचार
काठमाडौं । निषेधाज्ञाका बेला अत्यावश्यक खाद्य वस्तु अभाव भए सम्पर्क गर्न साल्ट ट्रेडिङले सर्वसाधरणलाई आग्रह गरेको छ । काठमाडौं उपत्याकाभरि जुन सुकै स्थानमा खाद्यवस्तु र ग्यास अभाव भए कम्पनीले घुम्ती सेवामार्फत बिक्री गर्ने साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले जानकारी दिइन् । सहुलियत दरमा दाल, चामल, चिनी, तेल, गेडागुडी तथा एसटीसी ग्यास सर्वसाधरणको आवश्याकताअनुसार बिक्री गरिने श्रेष्ठले जानकारी दिइन् । ‘आफ्नो टोल क्षेत्रमा खाद्यवस्तु अभाव भए स्थानीय जनप्रतिनिधि वा टोलका मानिसहरुले सामूहिक रुपमा साल्ट ट्रेडिङमा सम्पर्क गर्न सक्नेछन्,’श्रेष्ठले भनिन् । यसअघि लकडाउनको समयमा घुम्ती सेवामार्फत सहुलियतको खाद्यवस्तु बिक्री गरेको कम्पनीले यसपटक भने ग्राहकको माग बमोजिम मात्रै बिक्री थाल्ने तयारी गरेको जनाएको छ । ...
युवतीमाथि एसिड छ्याप्ने २ जना जेल चलान

युवतीमाथि एसिड छ्याप्ने २ जना जेल चलान

अपराध, समाचार
काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड छ्याप्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । ८ साउनमा सीतापाइलामा ओखल्ढुंगाकी युवती पवित्रा कार्कीलाई मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए । उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहको इजालसले कार्कीमाथि एसिड हान्‍ने दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहत कोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरूलाई कारागार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो । ...
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। मार्चपछि त्यहाँ एक दिनमा यति धेरै संक्रमित देखिएको पहिलोपटक हो। त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने आशंका व्यक्त गरेका छन्। उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन्। मन्त्री लिपले जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन्। नयाँ संक्रमित १६६ वटा चर्चले संयुक्त रूपमा आयोजना गरेको प्रार्थना सभामा सहभागी व्यक्ति हुन्। उनीहरूको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमति भएको हुन सक्ने अनुमान गरिएको छ। ...
निषेधाज्ञाले काठमाडौं उपत्यका बिहानैदेखि सुनसान

निषेधाज्ञाले काठमाडौं उपत्यका बिहानैदेखि सुनसान

राजनीति, समाचार, समाज
निषेधाज्ञाको काराण आज बिहानैदेखि काठमाडौं उपत्यका सुनसान देखिएको छ। कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ। बुधबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको हो। स्थानीय प्रशासनको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्। ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ। अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व...
सञ्चारकर्मीलाई लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

सञ्चारकर्मीलाई लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

राजनीति, समाचार
सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौं उपत्यकामा समाचार संकलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ। विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार संकलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका छन्। सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ। सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ। कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बढ्दै गएपछि आज राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्।...
उपत्यकामा १६९ सहित ६८१ कोरोना संक्रमित थपिए

उपत्यकामा १६९ सहित ६८१ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
काठमाडौं। उपत्यकामा १६९ सहित कोरोनाका ६८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ६ सय ८१ जना कोरोनाका संक्रमितहरु थपिएको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्र १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १३४ भक्तपुरमा ८ जना र ललितपुरमा १७ जना कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका हुन्। प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो। नेपालमा हालसम्म ५ लाख ५४ हजार ३ सय ८२ जनाको पीसीआर २८ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो नेपालको प्रति दशलाखमा १८ हजार ९ सय ९८ हो। कोरोनाबाट गत २४ घण्टामा १२० जना निको भएको डा. गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म जम्मा १७ हजार ७ सय जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना सं...