मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

बिरामीमा कोरोना पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल

बिरामीमा कोरोना पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल

समाचार, स्वास्थ्य
भदाै २२ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल गरिएको छ ।अस्पतालमै उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको अस्पतालका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए । अस्पतालका अनुसार अघिल्लो हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका वडानम्बर ११ बस्ने ८२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको को हो ।संक्रमित पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमा भएको अस्पतालले जनाएको छ । अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामी, उनकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको छ । ...
केएमसीले सबैभन्दा सस्तो शुल्कमा पीसीआर परीक्षण गर्ने

केएमसीले सबैभन्दा सस्तो शुल्कमा पीसीआर परीक्षण गर्ने

आर्थिक, समाचार, स्वास्थ्य
भदाै २२ काठमाडाैं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमै सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने भएको छ ।केएमसीले सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै पीसीआर गर्ने अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए । सरकारले अहिले कोरोना परीक्षणका लागि पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो । अध्यक्ष शर्माका अनुसार नेपालमै सस्तो दरमा अस्पतालले कोरोना परीक्षण गरिदिएर सरकारलाई सहयोग गरेको हो ।साउन १ गतेदेखि केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । डा. शर्मा भदौ १५ गते अस्पतालको अध्यक्षको रुपमा नियुक्ति भएका हुन् । ...
शिव लिंगलाई टुक्रा टुक्रा पार्ने  इन्जिनियरको निधन

शिव लिंगलाई टुक्रा टुक्रा पार्ने इन्जिनियरको निधन

समाचार
भदाै २२ काठमाडाैं । रेलवेको ट्रायक बनाउनका लागि मजदुरले जमिन खन्ने क्रममा एउटा शिव लिंग फेला पर्यो । शिवलिंग भेट्टाएपछि मजदुरले काम रोके र उक्त ट्रयाकका इन्जिनियर ब्रिटिश रोर्बट हेनरीलाई यो सबै कुरा भने । तर इञ्जिनियरले उक्त शिव लिंगलाई ढुंगा मात्रै भएको भन्दै फोडेरै रेलवे ट्रयाक संचालनमा ल्याउने निर्णय गरे । घटना हो भारतको झारखण्डको गोइककेराको ।झारखण्डमा अंग्रेजको शासन ताकाको समयका ति इञ्जिनियरले हिन्दु धर्ममा आस्था नराख्ने भएका कारण मजदुर र स्थानीयले शिवलिंगको बारेमा सबै बताए पनि हातमा लिएर टुक्रा टुक्रा बनाइदिएको केही समयमा नै ति इञ्निियरको मृत्यु हुन पुग्यो । जसका कारण उक्त काम नै लथालिंग बन्यो । विज्ञानलाई समेत चुनौती दिएको घटनाका कारण सरकारले उक्त रेलवे ट्रयाक नै बदल्यो । जहाँ अहिले शिव मन्दिरको निर्माण गरिएको छ । महादेवशाल धाम नाम दिइएको उक्त मन्दिरमा अहिले दिनकै ठूलो सं...
३०१ जना नेपाली कतारबाट कोरोनाका कारण अलपत्र परेका स्वदेश फर्किए

३०१ जना नेपाली कतारबाट कोरोनाका कारण अलपत्र परेका स्वदेश फर्किए

समाचार
भदाै २२ काठमाडौं । कतारबाट ३०१ नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अलपत्र परेका ३०१ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।आइतबार हिमालय एयरलाइन्सको उडानबाट १५६ जना तथा सोमबार हिमालय एयरलाइन्सबाटै १४५ नेपाली स्वदेश फर्किएका हुन् । उनीहरु सबैको पिसिआर परिक्षण गरिएको र सबैको रिर्पोट नेगिटिभ आएको बताइएको छ ।अब हिमालय एयरलाइन्सको दोहा(काठमाण्डौ लागि सेप्टेम्बर ८ र २३ मा उडान गर्ने तय भएको बताइएको छ । ...
मेडिकल स्टुडेन्टलाई स्वयम सेवकका रुपमा खटाइने

मेडिकल स्टुडेन्टलाई स्वयम सेवकका रुपमा खटाइने

समाचार, स्वास्थ्य
भदाै २२ काठमाडौं। कोरोना भाइरस महामारी विरुद्धको लडाईँमा मेडिकल स्टुडेन्टलाई पनि खटाइने भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयले आइतबार देशभर अध्ययनरत मेडिकल स्टुडेन्टलाई स्वयम सेवकका रुपमा सम्झौता गरेर खटाउने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वयम सेवक खटाउने विषयमा निर्णय भएको जानकारी दिए। उनले एमबीबीएसमा अध्ययनरत, हेल्थ असिस्टेन्ट, नर्सिंग र मेडिसिनका विद्यार्थीलाई सम्झौता गरेर स्वयम सेवकका रुपमा खटाउने निर्णय भएको जानकारी दिए।देशमा कोरोना संक्रमितहरुो संख्या तिब्र रुपमा बढिरहेको र जनशक्ति अभाव हुन थालेपछि सरकारले स्वयम सेवक खटाउने निर्णय गरेको हो। ...
राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष

राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष

आर्थिक, समाचार
देश कोरोनाले अस्त व्यस्त छ, कोरोना भाईरस संक्रमण रोकथामका लागी भनी सरकारले निषेधाज्ञा जारी गरेको पनि लामै समय भैसकेको छ, यदपि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नागरिकको जिवनस्तरमा निकै ठूलो असर परेको छ । दैनिक गुजारा गरेर खानेहरुको अवस्था निकै भयावह बनेको अवस्था छ । नजिकिदै गरेको चाडपर्वमा यसले झन कस्तो असर पार्ने हो हामी सहजै अनुमान लगाउन सक्छौ । तथापी आफ्नो पेशा गरेर खाने व्यबसायीको अवस्था पनि त्यतिकै डरलाग्दो अवस्था बनेकै छ । यसको असर सौन्दर्य व्यबसायीहरुलाई त झनै सोझै देखिन्छ , अन्य व्यबसायले सामान्य कारोवार गर्ने स्थिती भए पनि सरकारले सौन्दर्य व्यबसायलाई संचालन गर्ने अनुमति दिएको छैन । तर पनि केहि यस पेशामा सक्रिय सौन्दर्य व्यबसायी मेक सम्बन्धि ज्ञान लिन ईच्छुकहरुलाई सहज वातावरण बनेपछि तालिम प्रदान गर्ने उद्देश्यले केहि व्यबसायीहरु प्रर्वद्धिन योजनाहरु लिएर आएका छन । यसैको...
नबिल बैंकका ५ कर्मचारी सहित २४ जनामा कोरोना संक्रमण

नबिल बैंकका ५ कर्मचारी सहित २४ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भदौ २१ वीरगञ्ज । आइतबार वीरगञ्जमा एकै बैंकका ५ कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए।नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा पर्साका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा नबिल बैंक वीरगञ्ज शाखाका पाँच जना कर्मचारीसमेत रहेका छन्। यसअघि पनि नबिल बैंकका ८ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका २२ जना, कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरी गुल्मका २ जना, कालिकामाई गाउँपालिका ४ का ५३ वर्षका एक पुरुष, जगरनाथपुर गाउँपालिकाका १६ वर्षकी एक किशोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। ...
भर्खरै सकियो बैठक भोलिबाट लकडाउन ७७ जिल्लामा यस्तो हुने

भर्खरै सकियो बैठक भोलिबाट लकडाउन ७७ जिल्लामा यस्तो हुने

समाचार
भदाै २१ काठमाडाैं । सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्। मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन्। अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो। उहाँले मन्त्रालयले आफ्नै नेपालमा क...
थानकोटमा डिजेल बाेकेर आएकाे ट्याङ्कर पल्टियाे

थानकोटमा डिजेल बाेकेर आएकाे ट्याङ्कर पल्टियाे

समाचार
भदाै २१ काठमाडाैं । चन्द्रागिरि ३ थानकोट स्थित नेपाल आयल निगम थानकोट डिपाे नजिक माेडमा अति प्रज्वलनशिल पदार्थ डिजेल बाेकेकाे ट्याक्टर दुर्घटना भएकाे छ ।रक्साेल डिपाेबाट थानकाेट डिपाेमा अनलाेडका लागि ल्याएकाे ट्याङ्कर बाटामा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई डिजेल बाेकेकाे गाडी पल्टिएको नेपाल पेट्राेलियम ट्याङ्कर चालक संघका कार्यालय सचिव बादल लामाले बताए । ना ७ ख ७३९ नम्बर ट्याङ्कीले २० केएल (२० हजार लिटर ) डिजेल रक्साेल डिपाेबाट थानकाेट डिपाेमा ल्याउदै थियाे अचानक ड्याम्म आवाज  आयाे के भएकाे रहिछ भनेर घरवाट हेर्दा डिजेल ट्याङ्की उतानाे परेछ एक स्थानीयले भने ।” उक्त ट्याङ्कर चालक सुरेश बिक भने सकुशल रहेकाे चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।गाडी दुर्घटना हुदा गाडीकाे पाँच च्याम्वर मध्य दुई च्यावर ४ हजार लिटर डिजेल पाेखिएकाे छ । नजिकै निगमकाे डिपाे भएपनि ठुलाे दुर्घ...
वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

समाचार, स्वास्थ्य
सरकारले राजधानीको महाबौद्धमा रहेको वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए ।  यस्तै  त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो । ...