मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ मा

नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ मा

राजनीति, समाचार
भदाै २२ काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार (२६ भदौ)मा हुने भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडलसहितको छलफलले २६ भदौमा स्थायी कमिटी बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । स्थायी समितिको बैठक १३ साउनमा स्थगित भएको थियो ।  ...
जग्गाको कित्ताकाट फुकुवा

जग्गाको कित्ताकाट फुकुवा

आर्थिक, समाचार
सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । यसअघि जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध फुकुवा गरी सम्बन्धित कार्यालयहरुलाई परिपत्र समेत जारी गरेको हो । १८ भाद्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाट फुकुवा गर्ने मन्त्रिस्तरीय निर्णय गरेकी हुन् । त्यसपछि १९ भाद्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्र पठाउँदै यसअघि कृषियोग्य जग्गाको खण्डीकरणबारेको पूर्व निर्णयहरु बदर गरिएको पत्र पठाएको थियो । विभागहरुले जिल्ला र स्थानीय तहका कार्यालयहरुलाई परिपत्र जारी गरी कित्ताकाट खुलाइएको जानकारी दिएका थिए । यसअघि कृषियोग्य जमिनको खण्डीकरण रोक्न तत्कालिन भूमि व्यवस्थामन्त्री गोपाल दहितले २०७४ साउनमा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । कित्ताकाट खोल्नुमा जग्गा कारोबारीहरुको स्वार्थ गाँसिएको बताइएको छ । घरजग्गा व्यवसायलाई बढाएर सरकारले कोरोना कहरमा आ...
चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजारमाथि

समाचार, स्वास्थ्य
भदाै २२ चितवन। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ। आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको हो। चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका आठ, तनहुँका दुई र नवलपुरका एक जना रहेका छन्। हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ६५७ जना पुगेको छ। यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन्। इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या चार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १८० जना कोरोना सङ्क्रमणमुक्त भए...
१७ औँ निजामती सेवा दिवस आज मनाइँदै

१७ औँ निजामती सेवा दिवस आज मनाइँदै

समाचार, समाज
काठमाडौं । आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। कोभिड– १९ जोखिमका कारण सरकारले यसपटक कुनै औपचारिक कार्यक्रम राखिएको छैन । सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन भनिएको बताए। मन्त्रालयले कोभिड– १९ प्रकोप नभएको ठाउँमा भने कार्यक्रम गर्न भनेको छ । यसपटक निबन्ध र कविता प्रतियोगिता मात्र केन्द्रले राखेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीको दायित्व भएको बताए। उनले निजामती सेवामा संलग्न कर्मचारीको सेवा प्रवाहक...
सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’  बाहिरियो यस्तो रहस्य

सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’ बाहिरियो यस्तो रहस्य

अन्तराष्ट्रिय, समाचार
भदाै २२ काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आ;त्मह;त्या गरे । त्यसपछि उनको आ;त्मह;त्या प्रकरणबारे अनुसन्धान भईरहेको छ ।अहिले सीबीआईले उनको आ’;त्मह;त्या प्रकरण अनुसन्धान गरिएको छ । सुशान्त आ;त्मह;त्या प्रकरणमा एकपछि अर्को खुलासा भईरहेको छ। सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले सुशान्तका लागि ड्रग्स मगाउने गरेको पनि स्विाकारेकी छन् । साथै अन्य खुलासा पनि भईरहेका छन् ।ड्रग्स कनेक्सनमा सम्मिलित ६ जनालाई अहिले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रियाबा भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डासहित अन्य रहेका छन् । यसैबीच सुशान्तको मृ;त्यु भन्दा एक दिन पहिला सुशान्तले आफ्ना तीन रोटविलर्स (कुकुरको एक प्रजाती) अमर, अकबर र एन्थनीको नाममा फण्ड्स पठाएका थिए । यो कुरा अनुसन्धानको क्रममा पत्ता लागेको बताइएक...
भदौ २४ पछि निषेधाज्ञा नहुने प्रधानमन्त्रीको संकेतः

भदौ २४ पछि निषेधाज्ञा नहुने प्रधानमन्त्रीको संकेतः

समाचार
भदाै २२ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधी थप नहुने संकेत गरेका छन्।सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिएका हुन्। निषेधाज्ञा अन्त्य भएपछि मात्रै आयोजना गर्ने भनिएको स्थायी कमिटी २६ गते राख्न सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच सहमति भएको हो।‘अहिले तेस्रो हप्तामा चलिरहेको निषेधाज्ञा २४ गतेसम्म रहन्छ, त्यसपछि यही स्वरुपमा निषेधाज्ञा नगर्ने तयारी अुनसार नै संभवतः २६ गते स्थायी कमिटी बैठक राखिएको हो’, प्रधानमन्त्री ओली निकट नेकपाका एक नेताले भने। पछिल्लो पटक काठमाडौं उपत्यकामा तीन हप्तादेखि निषेधाज्ञा जारी रहेपनि कोरोना संक्रमितको संख्या घटेको छैन। अर्कोतिर बजार व्यवसाय ठप्प हुँदा सयौं मानिस बेरोजगार भए...
संविधानको मूल्य र मान्यता बिपरित कोही जानु हुँदैन:डा. डीआर उपाध्याय

संविधानको मूल्य र मान्यता बिपरित कोही जानु हुँदैन:डा. डीआर उपाध्याय

राजनीति, समाचार
डा. डीआर उपाध्याय कोरोना भाइरस (कोभिड-)को रोकथाम र नियन्त्रण गर्न भन्दै पहिला लकडाउन र पछि निषेधाज्ञा साथै कुनै क्षेत्रमा सिल गरिएको छ । विगत ६ महिनादेखि यो कहरका कारण आम मानिसको दैनिकी ठप्प हुने अवस्थामा पुगेको छ । कोरोना कहरसँग सामुहिक लडाई लडनुपर्ने अवस्थामा देशको राजनीनि भने तरंगित भइरहेको छ । कहिले के त कहिले के विषयमा देशको राजनीति तंरगित हुने गरेको छ । जनचासोका विषय भन्दा आपसि खिचातानी र अनेक बखेडामा राजनीति हुने गरेको छ । आम जनाताको कहरमा राहत पुग्न सकिरहेको छैन् । दिनानुदिन जीवन कष्टकर बनिरहेको छ । यस्तैमा पछिल्लो समयमा आएर मन्त्रिपरिषद हेरफेर हुने कुराले चर्चा पाएको छ । कोरोना भाईरसको जोखिम बढिरहेको र यससँग सामूहिक लडाई लडनु पर्ने बेलामा मन्त्रिपरिषद हेरफेर गर्ने कुराले बेमौसमी बाजा बजिरहेको अनुभूति भईरहेको छ । यति बेला सर्वसाधरण जनताको चुल्हो निभिइरहेको अवस्था छ । बिहान, ...
‘डान्सिङ वीथ द स्टार नेपाल’ को प्रसारण असोज २ गतेदेखि

‘डान्सिङ वीथ द स्टार नेपाल’ को प्रसारण असोज २ गतेदेखि

मनोरन्जन, समाचार
काठमाण्डौं । बिश्व नम्बर एक डान्सिङ रियालिटी सो डान्सिङ वीथ द स्टारको नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार नेपाल’को प्रसारण असोज २ गतेबाट सुरु हुने भएको छ । कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हरेक शुक्रबार र शनिबार साँझ ८ बजेदेखि हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ कोरोना कहरकै बिचमा मनोरञ्जन प्रदान गर्ने हेतुले प्रसारण सुरु हुन लागेको हो । ‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं ।’ २६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्...
जनता मात्र भाेकै किन ? त्यसैले   राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामकाे प्रस्ताव

जनता मात्र भाेकै किन ? त्यसैले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामकाे प्रस्ताव

आर्थिक, समाचार
भदाै २२काठमाडौं । पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उनले उक्त कुरा उल्लेख गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् : पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो? सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो! आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंट...
कोरोना संक्रमण नियन्त्रण गर्न नाकामा सेना परिचालन गर्ने रणनीति

कोरोना संक्रमण नियन्त्रण गर्न नाकामा सेना परिचालन गर्ने रणनीति

समाचार
भदौ २२ काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भिœयाउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए । ‘चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई उपत्यका भित्र्याउनुपर...