मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

मेलम्चीको पानी यो दशैंमा पनि काठमाडौं नआउने

मेलम्चीको पानी यो दशैंमा पनि काठमाडौं नआउने

समाचार
भदाै २३ काठमाडौं । केपी ओली नेतृत्वको सरकार बनेलगत्तै काठमाडौंवासीले मेलम्चीको पानी खान पाउने घोषणा गरिएको थियो । प्रधानमन्त्री ओली मात्रै होइन, खानेपानीमन्त्री विना मगरले वर्षेनी मेलम्चीको पानी दशैंमा आउने बताउँदै आएकी थिइन् । ९७ प्रतिशतभन्दा पूरा निर्माण भइसकेर पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने हो भन्ने अझै निश्चित छैन । तीन महिनाअघि मात्रै पनि मन्त्री मगरले दशैंसम्म पानी काठमाडौंवासीले खान पाउने बताएकी थिइन् । तर, भदौको अन्तिम साता आएर अझै तीन महिना पानी नआउने समाचार आएको छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ। खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो। अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्‍याउने लक्ष्य लिइ...
आज पनि कोरोनाबाट ६ जनाको ज्यान गयो, देशभर ज्यान गुमाउनको संख्या ३ सय ६ पुग्यो

आज पनि कोरोनाबाट ६ जनाको ज्यान गयो, देशभर ज्यान गुमाउनको संख्या ३ सय ६ पुग्यो

समाचार
भदाै २३ काठमाडौँ । नेपालमा आज कोरोनाबाट ६ जनाको ज्यान गएको छ । सोमबरा ११ जनाले ज्यान गुमाएकोमा आज भने ६ जनाले ज्यान गुमाएसँगै दशेभर कोरोनाकाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । त्यस्तै नेपालमा आज ९०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमितको संख्या ४८१३८ पुगेको छ । आज देशभर १०६११ जनाको पिसिआर परिक्षण गरिएकोमा ९०२ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज २२८७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२९६४ पुगेका छन् । ...
नेपालमा थप  २४ घन्टा ९०२ जनामा कोरोना पुष्टि

नेपालमा थप २४ घन्टा ९०२ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
भदाै २३ काठमाडाैं । मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।  ...
दरबार हाइस्कूलको भवन हस्तान्तरण

दरबार हाइस्कूलको भवन हस्तान्तरण

समाचार
भदाै २३ काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ ।  गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो । आज यहाँ चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरेका हुन् ।  उक्त भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको बताइएको छ  ।  काठमाडौं महानगरपालिका—२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा निर्माण गरिएको यो चार तले भव्य भवन ४० कक्षा कोठाको छ ।  दरबार हाई स...
पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

समाचार
भदाै २३ काठमाडौं । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ। सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको सभाइभल र रिभाइभल को योजना अगाडि ल्याएको हो । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित सङ्घ संस्था एवं अग्रजपर्यटन व्यवसायी समेतलाई सल्लाहकारको रुपमा समेटीबोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको बोर्डले जनाएको छ। महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायिलाई एउटै छातामुनि ल्याएर पुनःरुत्थानको कामलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाइएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय ...
निषेधाज्ञामा पनि धमाधम बन्दैछ ‘धरहरा’

निषेधाज्ञामा पनि धमाधम बन्दैछ ‘धरहरा’

समाचार
भदाै २३ काठमाडाैँ । काठमाडाैँ उपत्यकामा निषेधाज्ञा लागू भएपछि बजार पसल र कलकारखाना बन्द भइरहेका बेला पुरातात्विक महत्वको धरहराको पुनर्निर्माण भने धमाधम भइरहेको छ। धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले धरहराको १० औँ तलाको ढलान अन्तिम चरणमा पुगिसकेको जानकारी दिए। उनका अनुसार कामदारले निषेधाज्ञामा पनि धरहराको काम जारीराखेका छन्। साढे चार वर्ष पहिलेकाे भूकम्पले भत्किएकाे धरहरा गत वर्ष पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि पुननिर्माण सुरु भएको थियो। ...
विवादित रेलमार्गको  ठेक्का  रद्द

विवादित रेलमार्गको ठेक्का रद्द

समाचार
भदौ २३ काठमाडौं । रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग अन्नतः पछि हटेको छ । विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको हो ।प्रक्रिया पूरा नगरी सेटिङमा ठेक्का लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएको लगायतका कारणले ठेक्का विवादित बनेपछि विभाग निर्णयबाट पछि हटेको हो । ट्रयाक बनाउने खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम समेत नभएको भन्दै विभागको चर्को आलोचना हुँदै आएको थियो ।संसदको विकास तथा प्रविधि समितिले पनि विभागको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया रोक्न निर्देशन दिंदै आएको थियो । विभागले आज एक सूचना जारी गर्दै गत असार १४ र १७ गते अह्वान गरिएका ठेक्का रद्द गरेको जनाएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत रेलका लागि लिक बिछ्याउने ट्रयाक बनाउन विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ...
भदौ २४ पछि निषेधाज्ञा थप नहुने

भदौ २४ पछि निषेधाज्ञा थप नहुने

समाचार
भदाै २३ काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका प्रजिअले भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्। भदौ तीन गतेबाट सुरु भएको निषेधाज्ञालाई २४ गतेसम्मलाई लम्ब्याइएको छ। उपत्याकका तीनवटै जिल्लाका प्रजिअहरुले कोरोना खोजिम कम गर्न दशैंसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका छन्। तर उद्योगी र व्यावसायीले भने अब निषेधाज्ञा लम्ब्याउन नहुनेमा जोड दिएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र व्यापारीसँग छलफल गरेका थिए। उक्त छलफलमा व्यापारीले निषेधाज्ञा नलब्याउन आग्रह गरेका थिए। व्यावसायीको आग्रहलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताएका थिए। प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट मानिसको ज्यान बचाउनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै सरकार मध्यमार्गी बाटोमा हिँड्ने बताएका थिए।सोमबार नेकपा अध्यक्ष समेत रहेका प्रधा...
काठमाडौं महानगरपालिकामा ४ हजार कोरोना संक्रमित, ७ हजार कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं महानगरपालिकामा ४ हजार कोरोना संक्रमित, ७ हजार कन्ट्याक्ट ट्रेसिङमा

समाचार, स्वास्थ्य
भदाै २३ काठमाडौं। काठमाडौं महानगरपालिकामा करिव ४ हजार कोरोनाका संक्रमित भेटिएका छन्। महानगरको शहरी स्वास्थ्य महाशाखाले उपलब्ध गराएको विवरण अनुसार भदौ २० गतेसम्ममा ३ हजार ७ सय ६३ जना कोरोनाका संक्रमितहरु रहेका छन। यस्तै उक्त रिपोर्ट तयार पार्दासम्म २७ जनाले कोरोनाका कारण ज्यान समेत गुमाएका छन्। काठमाडौं महानगरपालिका भित्रका ३२ वटा वडा मध्ये सबैभन्दा बढी वडा नं. १५ स्वयम्भूमा ३ सय १५ जना कोरोनाका संक्रमितहरु भेटिएका छन्। यस्तै वडा नम्बर १६ बालाजुमा २ सय ६७ जनामा कोरोना संक्रमण भएको छ। ४१४ जना ठेगाना नखुलेकाहरु पनि काठमाडौं महानगरभित्र बसोबास गर्ने कोरोनाका संक्रमितहरु भेटिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वडा नं १ नक्सालमा १ सय, वडा नं २ लाजिम्पाटमा ३१ जना, वडा नं. ३ महाराजगञ्जमा २२९ जना, वडा नं ४ धुमबराहीमा १२० जना, वडा नं. ५ हाडीगाउँमा ६७ जना, वडा नं ६ वौद्धमा ५४ जना, वडा नं....
केलियन एमबाप्पेमा कोरोना भाइरस संक्रमण पुष्टि

केलियन एमबाप्पेमा कोरोना भाइरस संक्रमण पुष्टि

अन्तराष्ट्रिय, खेलकुद, समाचार
काठमाडाैं । युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गएको हप्ता पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो । ...