मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

जटिल परिस्थितीमा डटेर सामना गर्नुको विकल्प छैन : उर्मिला श्रेष्ठ, अध्यक्ष- नेपाल महिला चेम्बर

जटिल परिस्थितीमा डटेर सामना गर्नुको विकल्प छैन : उर्मिला श्रेष्ठ, अध्यक्ष- नेपाल महिला चेम्बर

आर्थिक, समाचार
काठमाण्डौं, २८ भाद्र – नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताएकी छिन् । आईतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदान प्रदान बिषयक वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताको रुपमा बोल्ने क्रममा उनले सो कुरा राखेकी हुन । अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सिर्जित प्रतिकुल अवस्था, यस माझमा आफुले भोगेका अनुभव साथै महिला उद्यमशिलताको क्षेत्रमा परेको असर बारे विस्तृत रुपमा वर्णन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९, कोरोना भाईरसका कारण विश्व बजार नै प्रभावित बनेको अवस्थामा यस जटिल परिस्थितीको डटेर सामना गर्नुको विकल्प नभएको उल्लेख गरिन । अध्यक्ष श्रेष्ठले प्राय जसो महिला उद्यमीहरु हस्तकलाजन्य उद्योग, व्युटीपार्लर, टेलरिङ, फिटनेश सेन्टर, होम स्टे, नर्सिङ होम आदी संचालन गर...
राष्ट्रपतिलाई भेटेर उद्योगीले भने : अर्थतन्त्र चलायमान हुने वातावरण होस्

राष्ट्रपतिलाई भेटेर उद्योगीले भने : अर्थतन्त्र चलायमान हुने वातावरण होस्

समाचार
भदाै २८ काठमाडौं। उद्योगी व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा हटाएर व्यवसाय तथा बजारहरु सञ्चालन गर्न माग गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेर व्यवसायीहरुले लकडाउन वा निषेधाज्ञा बाहेकका विपल्पहरु अवलम्बन गरी संक्रमण रोकथाम गर्न आग्रह गरे। नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसँग भएको भेटमा विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो। छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यस अघि पनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सृजना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधीभन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेक...
रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

समाचार
भदौ २८ वासिङ्टन। रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ । भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ । भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् ।बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पुर्वानुमानका बारेमा अध्ययन गरेको हो । अध्ययनमा ४० देखि ७९...
सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २० जना अझै बेपत्ता (सूचीसहित)

सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २० जना अझै बेपत्ता (सूचीसहित)

समाचार
भदाै २८ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ धुम्थाङमा पहिरो जाँदा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज न्यौपानेका अनुसार पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको हो । आइतबार दिउँसोसम्म फेला परेका ११ जनाकै सनाखत भइसकेको इन्सपेक्टर न्यौपानेले जानकारी दिए ।पहिरोमा पुरिएर मृत्यु हुनेमा नागपूजे गाउँकी ६३ वर्षीय भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीय ज्ञानीमाया प्रधान छन् । यस्तै, भिरखर्क विक टोलकी २३ वर्षीय जुनु विक, २४ वर्षीय सुकुलाल विक, ८ वर्षीय सन्देश विक छन् ।नेवार टोलकी ६९ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीय हिरामाया श्रेष्ठ छन् । अन्य २ जनामा उमेर नखुलेका ज्ञानीमाया प्रधान र ल्याङ्सी शेर्पा छन् । ११ जनाको शव फेला परेपनि अझै २० जना बेपत्ता रहेका इन्सपेक्ट...
डीआर उपाध्याय र सन्तोष श्रेष्ठको विश्व कीर्तिमानी गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक

डीआर उपाध्याय र सन्तोष श्रेष्ठको विश्व कीर्तिमानी गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक

मनोरन्जन, समाचार
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’  सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ । विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो । एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुवात हुन्छ । मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुवात हुन्छ । तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुवात हुन्छ । यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा पहिलो इतिहास हो । यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम...
‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’

‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’

समाचार
भदाै २८ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो । भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ । ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ । भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । साइत हे...
तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित

तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित

समाचार
भदाै २८ कञ्चनपुर । लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन्।निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा धर्ना दिएका छन्। पारिश्रमिकका लागि सम्बन्धीत निकायसँग हारगुहार गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको शिक्षक नरेन्द्रसिंह भण्डारीले बताए।“यसअघि पनि सम्बन्धीत निकायमा मेहतन गरेर कमाएको पैसा माग्न गुहार गरेका थियौँ”, उनले भने,“कहिँबाट सहयोग नमिलेपछि स्थानीय सरकारकोमा आएका हौँ।” संस्थागत विद्यालयका शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले गत बिहीवार कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला नगरपालिकाले बिना जानकारी तोडेपछि शिक्षकले आइतबार भीमदत्तनगरपालिकाको मुल गेटमा धर्ना दिएको शिक्षक भण्डारीले बताए। “कोरोना भाइरसका कारण चैत्...
धादिङमा सेनाका २७ सहित ३१ जनामा कोरोना संक्रमण

धादिङमा सेनाका २७ सहित ३१ जनामा कोरोना संक्रमण

समाचार
भदाै २८ काठमाडाैं । धादिङमा आज (आइतबार) ३१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गल्छीका २१ वर्षका तीन, २० वर्षका चार, ३० वर्षका तीन, ३५ वर्षका चार, १९ वर्षका दुई, ३४ वर्षका दुई, २७ वर्षका दुई, ३३ वर्षका दुई, ३६ वर्षका दुई, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले जानकारी दिए । गल्छीका २८ जना कोरोना सङ्क्रमण भएकामध्ये बैरेनीमा रहेको श्री नं ६ बाहिनी अड्डा (सेनाको ब्यारेक) मा कार्यरत २७ र एकजना गल्छी–६ निवासी रहेको ज्ञवालीले बताउनुभयो । सेनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेकबाट बाहिर जान रोकिएको छ । यसअघि सो ब्यारेकका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक टे«सिङको आधारमा गरिएको परीक्षणमा धेरै जनामा...
कोरोनालाई जितेर सोल्टी होटलको आइसोलेसनबाट घर फर्किए काठमाडौंका मेयर शाक्य

कोरोनालाई जितेर सोल्टी होटलको आइसोलेसनबाट घर फर्किए काठमाडौंका मेयर शाक्य

समाचार
भदाै २८ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनालाई जितेर घर फर्केका छन् ।कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य साझ रिर्पोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।उनी श्रीमतीसँगै आइतबार घर भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोल्टी होटलको आइसोलेसनमा बसेका थिए । शाक्यको सचिवालय स्रोतले उनी कोरोना संक्रमणमुक्त भएपनि केही दिनमा मात्रै काममा फर्कने बताइएको छ । ...
कुकुरले चितुवा मारे

कुकुरले चितुवा मारे

समाचार
भदाै २८ । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ । गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुगेका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिए । ‘घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभुँडी समेत निस्किएको अवस्थामा फेला परेको छ’, उनले भने, ‘चितुवालाई आक्रमण गर्ने दुई वटा कुकुर गम्भीर घाइते भएका रहेछन् ।’ जङ्गल नजीकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने सहायक वन अधिकृत नेपालीले जानकारी दिए । चार वयस्क...