मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

२०२० को ८ महिनामा पौने दुईलाख पर्यटक नेपाल आए

२०२० को ८ महिनामा पौने दुईलाख पर्यटक नेपाल आए

समाचार
भदाै २९ काठमाडौं। कोरोना महामारीका बीच नेपालमा २०२० को ८ महिनामा पौने दुईलाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अध्यागमन विभागका अनुसार गत जनवरीदेखि अगस्टसम्म १ लाख ७७ हजार ६७५ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईका अनुसार यो अवधिमा नेपाल घुम्न आउने विदेशी पर्यटकहरु मध्ये धेरै भारतीय रहेका छन्। जनवरीमा भारतबाट १६ हजार ८०० पर्यटक नेपाल आएका छन्। यस्तै फेबु्रअरीमा ६ हजार २२५ भारतीय नेपाल आए भने, मार्चमा ६ हजार ७५३ जना भारतीय पर्यटक नेपाल आएका थिए। यस्तै अप्रिलमा २ जना, मेमा ७ जना, जुनमा २६, जुलाईमा ४१ र अगस्टमा २३ जना भारतीय पर्यटक नेपाल आएका थिए। कोरोना महामारीका कारण मार्चमा नेपालमा लकडाउन घोषणा गरिएपछि पर्यटकहरुका लागि नेपाल आउने बाटोमा ताला लागेको थियो। तर, पनि छिटपुट रुपमा केही पर्यटकहरु नेपाल आएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेक...
Government places high priority to child rights, says Minister Gurung

Government places high priority to child rights, says Minister Gurung

समाचार
Sept 14 Kathmandu :Minister for Women, Children and Senior Citizens Parbat Gurung said the government has placed high emphasis on the protection of child rights from policy, legal and structural fronts. In a message delivered on the occasion of the National Children’s Day, Minister Gurung noted that the campaign of building ‘street children free country’ has been intensified to protect the rights of poor and helpless children. “A zero tolerance policy has been adopted against any forms of violence meted out against children. The government is firmly committed to book the perpetrators involved in the violence against children. Necessary arrangement has been made for strong collaboration among the local, state and federal governments to that end”, reads the message. Nepal has ratifie...
कोरोनाका कारण यो वर्षको दशैँ अघिल्ला वर्षहरुजस्तो नहुने संभावना बढ्यो, दशैंको दक्षिणा अब मोबाइलबाटै

कोरोनाका कारण यो वर्षको दशैँ अघिल्ला वर्षहरुजस्तो नहुने संभावना बढ्यो, दशैंको दक्षिणा अब मोबाइलबाटै

समाचार
भदाै २९ काठमाडाैं । नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर केही बैंकले दक्षिणा मोबाइल बैंकिङबाटै प्रदान गर्न सकिने स्किमसहितको प्रडक्ट बजारमा ल्याउने तयारी गरेका छन् । नगदको डिजिटल कारोबारलाई प्रोत्साहनमा जोड दिइरहेका बैंकहरूले यस्तो प्रडक्टको तयारी गरेका हुन् । यद्यपि विगतका वर्षहरूमा समेत सानिमा बैंक, एनआईसी एशिया बैंक लगायतले यस्तै प्रकृतिका प्रडक्ट बजारमा ल्याएका थिए । यसबाहेक दशैं नजिकिँदै गर्दा बैंकहरूले डिजिटल माध्यमबाट किनमेल गर्दा पनि विभिन्न छूट दिने गरेका थिए । गतवर्षको दशैंमा दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउने व्यवस्था गरेको सानिमा बैंकले यसपटक पनि यस्तो प्रडक्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । हरेक चाडपर्वलाई लक्षित गर्दै प्रडक्ट निकाल्दै आएको बताउँदै बैंकका प्रडक्ट शाखा प्रमुख विक्रम श्रेष्ठले यस वर्षको दशैंमा पनि मोबाइलबाट दक्षिणा पठाउने स्किम ल्याउनेबार...
कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

समाचार
भदाै २९ काठमाडाैं । ‘अब नेपाल लोडसेडिङमुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन । कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बने । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋणको भार र...
उपत्यकाका सबै अदालतमा सेवा विस्तार

उपत्यकाका सबै अदालतमा सेवा विस्तार

समाचार
भदाै २९ काठमाडाैैं । सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञापछि खुम्चिएको अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना (कोभिड–१९) जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा मात्र सुनुवाइ गरेका थिए । आइतबारदेखि सेवा विस्तार गरेका हुन् तर अझै पनि केही सेवा भने स्थगन नै रहेका छन् । सर्वोच्च अदालतले आइतबारदेखि सबै प्रकृतिका रिट तथा पुनरावेदन निवेदन दर्ता र सुनुवाइ सुरु गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । दर्तासँगै प्रारम्भिक सुनुवाइ, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा सरकारका तर्फबाट दर्ता भएका पुनरावेदनको सुनुवाइ अदालतले प्रारम्भ गरेको छ । यस्तै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसारको थुनछेक उपरको निवेदनको सुनुवाइ पनि सर्वोच्चले प्रारम्भ गरेको छ । सोही दफा अन्तर्गतको प्रतिवेदनको सुनुवाइ, मिलापत्र, मुद्दा फिर...
विषम स्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

विषम स्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

समाचार
भदाै २९ काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताएकी छिन् । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज (२९ भदौ) सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तरराष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको जनाइन । यस वर्षको सो दिवस ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ आज सोमबार मनाइँदै छ । ‘गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र बनाउन तीनै तहका सरकार,...
आज राष्ट्रिय बाल दिवस मनाइँदै, प्रधानमन्त्रीद्वारा शुभकामना

आज राष्ट्रिय बाल दिवस मनाइँदै, प्रधानमन्त्रीद्वारा शुभकामना

समाचार
भदौ २९ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताउनुभएको छ । ‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्य...
काठमाडौंबाट साताको तीन उडान गर्दै कतार एयरवेज

काठमाडौंबाट साताको तीन उडान गर्दै कतार एयरवेज

समाचार
भदाै २८काठमाडौं । कतार एयरवेजले काठमाडौंबाट साताको तीन उडान गर्ने जानकारी दिएको छ । एयरवेजले सेप्टेम्बर ५ देखि सुरु गरेको उडानलाई पुरानै तालिकाअनुसार सञ्चालन गर्ने घोषणा गरेको हो । काठमाडौंबाट कतार एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर बिमान र एयरबस ए ३२० एयरक्राफ्टले उडान गर्नेछन् । ती उडानमा सरकारको निर्देशन अनुसार नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठन, विकास परियोजनाका साझेदार तथा नेपालमा कार्यरत सबै दूतावासका कर्मचारीले यात्रा गर्न पाउनेछन् । साथै, नेपाल आउने सबै यात्रीले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्ने एयरवेजले जनाएको छ । ...
ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै

ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै

समाचार
भदाै २८ काठमाडौं– राष्ट्रिय क्रिकेट टीमका तीव्र गतिका बलर ललित भण्डारी सवारी दुर्घटनामा घाइते भएका छन् ।आइतबार बेलुका कञ्चनपुरको झलारीमा मोटरसाइकलमा सवार भण्डारीलाई ट्रकले ठक्कर दिँदा घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार विपरित दिशाबाट आएको ट्रक र मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका हुन् । उनीसँगै सवार करन ठगुन्ना पनि घाइते भएको प्रहरीले जनाएको छ । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।क्रिकेटर भण्डारीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ´घाइतेको अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। प्रारम्भिक रिपोर्ट नआइ केही भन्न सकिन्न,` निसर्ग अस्पतालका एक डाक्टरले बताए।ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको झलारी प्रहरी प्रमुख धिरेन्द्र रावलले जानकारी दिए । ...
विद्युत् सेवा अवरुद्ध

विद्युत् सेवा अवरुद्ध

समाचार
भदाै २८ सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउस पछाडि पेनस्टिक पाइप फुट्दा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । पाइप फुटेर विद्युत् आयोजना अवरुद्ध भएपछि जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालकाका अधिकांश बस्ती अन्धकार भएका छन् । शनिबार बेलुका एक्कासी पावर हाउसमा पानी आपूर्ति गर्ने पाइप फुटेपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजनाले जनाएको छ । असजिलो स्थानको पाइप फुटेपछि मर्मत गर्न पनि समय लाग्ने भएको छ । आयोजनाका प्राविधिक गब्बर लामासहितको टोलीले पावर हाउसमा पाइप फुटेको स्थानमा मर्मत जारी राखेको जनाइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै जनजिवन प्रभावित भएको छ । ...