आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

ट्रकले ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते, धनगढीमा उपचार हुँदै

भदाै २८ काठमाडौं– राष्ट्रिय क्रिकेट टीमका तीव्र गतिका बलर ललित भण्डारी सवारी दुर्घटनामा घाइते भएका छन् ।आइतबार बेलुका कञ्चनपुरको झलारीमा मोटरसाइकलमा सवार भण्डारीलाई ट्रकले ठक्कर दिँदा घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार विपरित दिशाबाट आएको ट्रक र मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका हुन् । उनीसँगै सवार करन ठगुन्ना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।क्रिकेटर भण्डारीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

´घाइतेको अहिले इमर्जेन्सीमा उपचार भइरहेको छ। प्रारम्भिक रिपोर्ट नआइ केही भन्न सकिन्न,` निसर्ग अस्पतालका एक डाक्टरले बताए।ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको झलारी प्रहरी प्रमुख धिरेन्द्र रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *